
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, ३० कात्तिक । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महीनामा भारतबाट ३० लाख छ हजार किलो फलफूल आयात गरेको छ । सो नाका भएर गत आवको सोही अवधिमा २२ लाख ५३ हजार किलो फलफूल आयात गरिएको थियो । चालु आवको साउनदेखि असोजसम्ममा गत आवभन्दा सात लाख ५२ हजार किलो बढी फलफूल आयात भएको भन्सार प्रमुख निमान्स अधिकारीले जानकारी दिनुभयो । चालु आवको तीन महीनामा रु दुई करोड १६ लाख ४० हजार राजश्व सङ्कलन भएको छ । गत आवमा सो अवधिमा एक करोड ३८ लाख राजश्व सङ्कलन भएको थियो । विराटनगर नाका भएर भारतबाट नरिवल, बदाम, आलमण्ड, ओखर, पेस्ता,…
काठमाडौँ, ३० कात्तिक । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ का केही प्रावधान अन्य कानूनसँग बाँझिएकाले सरकार उक्त ऐन संशोधनको तयारीमा रहेको छ । स्थानीय तह सञ्चालनका लागि ल्याइएको उक्त ऐन सङ्घ र प्रदेशका केही ऐन र कानूनसँग बाझिएकाले संशोधनको तयारीमा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । संशोधनका लागि मन्त्रालयले जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घसँग छलफल गरेको छ । “शुरुमा हतार–हतारमा स्थानीय तह सञ्चालनका लागि ऐन ल्याइयो”, उहाँले भन्नुभयो, “अहिले सङ्घ र प्रदेशका विभिन्न कानून बन्दा उक्त ऐनसँग बाभिए, त्यसैले संशोधन गर्न थालेका हाँै ।” उहाँका अनुसार वन, भूमिसुधार, शिक्षा…
भद्रपुर, ३० कात्तिक । कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ । मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकालाई समेटेर ‘सुपारी जोन’ कार्यक्रम लागू गरिएको जोनका प्रमुख राजेन्द्र खरेलले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थापना भएको ‘सुपारी जोन’मा किसानलाई सुपारी खेतीतर्फ आकर्षित गर्नका लागि अनुदान तथा प्रोत्साहन दिन चालु आवमा रु ३० लाख विनियोजन गरिएको छ । जिल्लामा सुपारीको व्यावसायिक खेतीबाट २० हजार कृषक लाभान्वित भएको खरेल बताउनुहुन्छ ।…
दमक, ३० कात्तिक । दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ घर भएका २२ वर्षीय गोकुल लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा परेर गम्भीर भएका दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताउनुभयो । पाँचथरको रविबाट दमकतर्फ आउँदै गरेको अदुवा बोकेको मे१त ८०२५ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । राति १२ बजेतिर भएको दुर्घटनाबाट मालवाहक ट्र्याक्टर सडकदेखि १५० फिट…
विराटनगर, ३० कात्तिक । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई शक्तिशाली एवं बलियो बनाउन प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक कार्यक्रममा उहाँले विश्व जनमत तयार गर्ने पत्रकारिता क्षेत्र स्वच्छ र मर्यादित हुनुपर्छ भन्दै राज्यलाई जिम्मेवार बनाउन पत्रकारिता क्षेत्र झन जिम्मेवार बन्नुपर्छ भन्नुभयो । उहाँले सत्य र तथ्ययुक्त समाचार सम्प्रेषण गरेर असल समाज निर्माण गर्न पत्रकारिता क्षेत्रको भूमिका अग्रणी छ भन्दै जिम्मेवार पत्रकारिताका लागि प्रदेश सरकार सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रदेशसभाका सदस्य जयराम यादवले विकासमा जनसहभागिता बढाउन र…
दार्चुला, ३० कात्तिक । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ । धामी एक होटल नजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको मृतकका काका धरमसिंह धामीले बताउनुभयो । घर परिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजन शोकमग्न भएका छन् । धामीका ८ र ४ वर्षीय दुई छोरा र तीन वर्षीय छोरी छन् । छोरी जन्मेपछि विदेशमा धन कमाउने अभिलाषा लिएर गएका धामीको मृत्युको खबरपछि पुरै गाउँ शोकमा…
बागलुङ, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आउनुभएका उहाँले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिनुभएको हो । नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा नेता शर्माले राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङ जिल्लालाई समृद्ध बनाउन ठूलो भूमिका निर्वाह गर्ने भएकाले सरकारले बजेट अभाव हुन नदिने र छिटो काम नसक्ने ठेकेदारलाई सरकारले कारवाही गर्न पछि नहट्ने बताउनुभएको थियो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेकपा…
कञ्चनपुर, ३० कात्तिक । निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ । सबै प्रमाण नष्ट भएकाले पनि अपराधी पत्ता लगाउन डिएनए सहारा बन्न सक्ने निचोडमा प्रहरी पुगेको छ । शंकाको घेरामा परेकाको बिस्तारै डिएनए जाँच गर्दै जान्छौँ, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने । अहिले पनि केहि जना शंकाको घेरामा रहेको उनको भनाई छ ।अहिले संख्या नभिनिहालुँ, केही व्यक्ति शंकाको घेरामा छन् । उनीहरुको डिएनए जाँन हुन सक्छ ।, डिएनए जाँच वैज्ञानिक कुरा भएकाले यसलाई आधार मान्ने उनी बताउँछन् । आजको नागरिक…
काठमाडौं, ३० कात्तिक । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्। उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो।आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ। त्यही अधिकार प्रयोग गर्दै दिल्लीले सन् २०१९ का लागि १४ खेलाडी सुरक्षित गर्दा सन्दीप पनि परेका हुन् । दिल्लीले रिटेनसम्बन्धी जानकारी सन्दीपलाई बिहीबार बिहानै गराएको थियो ।
इलाम, ३० कात्तिक । माङसेबुङ गाउँपालिकामा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गरिने भएको छ । मुलुककै पहिलोपटक उक्त गाउँपालिकाको एउटा वडामा लिम्बु भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न लागिएको हो । संविधानले स्थानीय भाषालाईसमेत कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएकाले यस्तो निर्णय गरिएको छ । लिम्बु बाहुल्य माङसेबुङ ५ मा वडा समिति आयोजनामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र संघसंस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।