
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १५ भदौ । प्रधानमन्मत्री केपी शर्मा ओलीले उपत्यका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ५० दिन बित्दा पनि चाबहिल–जोरपाटी सडकखण्डका खाल्डाखुल्डी नपुरएिको छैन । प्रधानमन्त्रीले असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव, सडक विभागका प्रमुखलाई कार्यालयमा बोलाएर कंलकी–थानकोट, चाबहिल–जोरपाटी(बौद्ध सडक तत्काल स्तरोन्नतिसहित कालोपत्रे गर्न निर्देशन दिएका थिए । तर, अझै स(साना खाल्डाखुल्डी यथावत रहेको र पानी जमेको भेटिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । साथै विज्ञप्तिमा विद्युत र टेलिफोनका पोल तथा तार हटाउने कार्य प्रतिवद्धता जनाएअनुसार नभएको उल्लेख छ । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौँ, १५ भदौ । नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गर्नुभकोे छ । भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिनुभएका उहाँले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गर्नुभएको हो । केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गर्नुभएकोे विश्व कीर्तिमानलाई समेत तोड्नुभएको छ । न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य दिनुभएकोे थियो । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर वक्तव्य दिनुभएको न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले जानकारी दिनुभयो । निरन्तर…
काठमाडौँ, १५ भदौ । सरकारले ८ वटा कडा रोग लागेका बिरामीको उपचारमा विपन्न नागरिक उपचार कार्यक्रममार्फत एक बर्षमा झन्डै साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ । गत बर्ष २१ हजार ८ सय १६ बिरामीले उपचार खर्चवापत २ अर्ब ४३ करोड ४४ लाख ३८ हजार ७ सय ४९ रुपैयाँ अनुदान लिएको जानकारी स्वास्थ्य सेवा मिभागको नर्सिङ तथा सामाजिक सुरक्षा शाखा टेकुले दिएको छ । ०७३र७४ मा कडा रोगको उपचारमा १७ हजार ४ सय ७१ जनताले १ अर्ब ३३ करोड ७ लाख ५२ हजार ५ सय ५१ रुपैयाँ सरकारी अनुदान प्राप्त गरेका थिए । क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी,…
सिन्धुलीपाल्चोक, १५ भदौ । भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन । तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् । भन्छन् — विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन । अनि तामाङचाहिँ दँग । उनको घरमा गोरुले दुध दिएको हेर्न आउनेको भीडै लाग्न थालेको छ । सुरुमा तामाङ पनि कम्ती चकित परेका होईनन् । उनका अनुसार गत जेठदेखि गोरुको अण्डकोषछेउको थुनबाट दुधको थोपा खस्न थाल्यो । गोरुको तन्तुबाट सेतो…
झापा, १५ भदौ । सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयबासीले उक्त सर्पलाई मारेका छन् । कचनकवल गाउँपालिका–२ का तीलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराईलाई डसेको थियो । सुतिरहेको अवस्थामा गोमन सर्पले डसेपछि बालिकाको मृत्यु भयो । त्यसपछि गाउँलेले नजिकैको जंगलमा लुकेको उक्त सर्पलाई मारे । सर्पले डसेपछि उपचारका लागि लैजाने क्रममा बालिकाको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । पूजा स्थानीय पथरिया मावि कक्षा–८ मा अध्ययरत विद्यार्थी हुन् ।
काठमाडौँ, १५ भदौ । भीमदत्त २ उल्टाखाकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन् । घटनास्थलमा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम परिवारको आँगनको अम्बाको रुख काटिएको र घरभित्र रंगरोगन गरिएको विषय शंकास्पद रहेको उनीहरु बताउँछन् । शव भेटिएकै समयदेखि प्रहरीले प्रमाण मेटाउने काम गरेको छ, नत्र त्यो सुरुवाल धोएर किन निचोर्यो रु , एक स्थानीयले भने, प्रहरीले घटनास्थलको सुरक्षामा पनि खासै चासो दिएन । प्रहरीले निर्मलाको सुरुवाल धोएर निचोरेको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ । अम्बाको रुख नै किन काटियो, निर्मलाले…
सुरुङ्गा, १५ भदौ । नेपाली ख्रीष्टियन नागरिक संघ झापा क्षेत्र नम्बर ४ को पहिलो बार्षिक साधरणसभा विहिबार सताक्षीधाम १० दोमुखामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै समाजका केन्द्रिय अध्यक्ष टिका आचार्यले अब बाइबल मात्रै बोकेर हिड्दैमा सच्चा ख्रिष्टियन नागरिक हुन नसक्ने भन्दै देश र जनताको साथै दिनदुखीको पक्षमा खुलेर लाग्न आग्रह गरे । धर्म भन्दापनि पनि सेवामुलक काम गरेर देश र जनताको मन जित्ने योजनाको साथमा समाजका सबै प्रतिनिधिलाई लाग्न समेत आर्चायले अनुरोध गरे । कार्यक्रममका प्रमुख अतिथि शिवसताक्षी नगरपालिका १० का वडाध्यक्ष कर्णबहादुर थापाले धर्मका नाममा राजनितिको श्रृङ्खला बढिरहेको बेला ख्रिष्टियन समाजले समाज सेवाको लागि महत्वपुर्ण काम र सहयोग…
इलाम, १५ भदौ । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ जना कार्यकर्तालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–५ स्थित सुम्फुङ गाँउबाट इलाम र झापाका ११ जना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीमा झापा इञ्चार्ज रहेका मोरङको मिक्लाजुङ गाउँपालिका–३ का सौगात भन्ने अर्जुन आचार्य, झापा सचिव दमक–२ का सुमन सिंह पौडेल र विद्यार्थी संगठनका केन्द्रीय सदस्य गौरीगंज गाँउपालिका–१ का सञ्जय राईसहितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीले दमक नगरपालिका–२ का विनोद कुमार राई, झापाको दमक नगरपालिका–७ का सन्तोष लिम्बू, झापा शिवसताषी नगरपालिका–११ का तारा थापा,…
काठमाडौं, १५ भदौ । बिमस्टेक सम्मेलनमा आउने पाहुनालाई देखाउन ठाउँ ठाउँमा राखिएका ब्यानरमा प्रयोग भएका तस्बिर फोटो पत्रकारको अनुमतिबिनै प्रिन्ट गरेर टाँगेको छ । आफूले खिचेको फोटो अनुमति बिनै सडक छेवैको ब्यानरमा टाँसेको देखेपछि फोटो पत्रकारले त्यसबारे गुनासो गरेका छन् । उनीहरुले आफूले दुख गरेर खिचेको फोटो सरकारी निकायले अनुमतिबिनै प्रयोग गरेको आरोप लगाएका छन् । ुतीनकुने पार्कको वरिपरि केही कुमारीका तस्बिर राखिएका छन् । ती तस्बिर मैले खिचेको हुँ ।ु फोटो पत्रकार स्कन्द गौतमले ट्विटमा लेखेका छन् । ‘त्यो फोटो ब्यानरमा अचानक देख्दा छक्क परेँ ।’ अर्का फोटोग्राफर सुदन दोङले पनि आफूले खिचेको फोटो अनुमतिबिनै प्रयोग गरेको गुनासो गरेका…
काठमाडौं, १५ भदौ । चिकित्सकसँग भएको मौखिक सहमति अनुरुप सरकारले कानुन संशोधनन प्रक्रिया अघि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आफ्ना सदस्य चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा एकमुष्ट बुझाउने तयारी गरेको छ । संघका महासचिव डा। लोचन कार्कीले चिकित्सकसँग गरेको सहमतिमा सरकार गम्भीर र इमानदार नदेखिएकाले लाइसेन्स बुझाउने निर्णय गर्नुपर्ने अवस्था आएको बताए । भदौ १ मै मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी गरेका चिकित्सकहरु कानुनमन्त्री भानुभक्त ढकालको आश्वासनपछि केही समयका लागि पर्खेका हुन् । उनीहरुले मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउन शुक्रबारसम्मको समय दिएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।