खोटाङ, १० असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदरलगायत वन्यजन्तुबाट हुने बाली क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
१५औँ नगरसभाबाट पारित बजेटअनुसार हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्ने व्यवस्था गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको १ अर्ब १ करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँको बजेटमा कृषि उत्पादनलाई प्राथमिकता दिइएको छ।
नगरपालिकाले ‘किसानलाई के चाहिन्छ ?’ कार्यक्रम सञ्चालन गर्दै किसानको घरदैलोमै प्राविधिक सेवा, उन्नत बीउबिजन वितरण तथा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना पनि अघि सारेको छ।
Facebook Comments Box


