
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चन्द्रकला भण्डारी भद्रपुर, २७ असोज । झापाका आदिवासीको मौलिक परिकार ‘भक्का’को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको छ । राजवंशी समुदायले घरघरमा खाजाको रुपमा चामलको पिठोबाट बनाउने भक्का अब सडक पसलमा सबैभन्दा बढी बिक्री हुने बिहानी खाजा भएको छ । जाडो मौसम शुरु भएपछि झापा, मोरङ र सुनसरीका गाउँ र शहरमा भक्काको व्यापार फस्टाउने गर्दछ । धुलाबारीकी रुपसरी राजवंशी केही वर्षयता जाडो मौसममा चोकमा बसेर भक्का बेच्छिन् । यसबाट उनले परिवारको गुजारा चलाएकी छन् । ‘‘हामी जाडो मौसममा सधँै चियासँग भक्काको खाजा खाने गर्छौं’’, रुपसरीको पसलमा भक्का किन्न आएका मुस्लिम समाज झापाका अध्यक्ष अमिन अली भन्नुहुन्छ,“बच्चादेखि वृद्धासम्म सबैका लागि यो…
काठमाडौँ, २७ असोज । गृहमन्त्री रामबहादुर थापाले मानवीय कमजोरीका कारण विपद् जोखिमका घटना बढेको बताउनुभएको छ । प्रकोप न्यूनीकरणको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालय तथा नेपाल भौगर्भिक समाजलगायत संस्थाको सहकार्यमा यहाँ आयोजित कार्यक्रममा उहाँले मानवनिर्मित विपद् जोखिम न्यूनीकरणका लागि स्वयं नागरिकहरू सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री थापाले भन्नुभयो, “मानवीय कमजोरी, गलत स्वार्थ र नीतिका कारण विपद्का घटना बढिरहेका छन् । यातायात, आवास, ऊर्जा आदि सम्बन्धी उपयुक्त नीतिको अभावले जताजतै बाटो खनिएको छ, डोजर चालक इञ्जिनीयर भएका छन्, जसले भू–क्षय र वनविनास बढिरहेको छ । यी सबै नीतिहरूमा राज्य, राजनीतिक दल तथा जनस्तरबाट पनि सोच्नुपर्ने अवस्था छ ।” गृहमन्त्री…
भक्तपुर, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपां)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आज मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै उहाँले अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । अहिले देशमा आइपरेका जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँदै अगाडि जान सकिने बताउँदै उहाँले विकास निर्माण, सुशासनका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले त्यसमा केन्द्रित भएर अगाडि बढेको छ भन्नुभयो । उहाँले नेपालले दुई…
भद्रपुर, २७ असोज । चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ । वीरता जेसिज, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र लेट्स रन नेपाल झापाको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत चेतनामूलक स्टिकर टाँस्ने कार्य, यात्रुलाई पर्चा वितरण र चालकलाई राम्रोसँग सवारी चलाउन प्रेरित गर्दै चकलेट वितरण गरिएको हो । झापाबाट काठमाडौँ लगायतका लामो दुरीतर्फ जानेआउने तथा बिर्तामोड बसपार्कबाट इलाम, पाँचथर, ताप्लेजुङ जाने सवारीसाधनलाई लक्षित गरी उक्त अभियान सञ्चालन गरिएको छ । आयोजकले पैदलयात्रीलाई समेत पर्चा वितरण गरेका थिए । बिर्तामोडको पश्चिम बिसौनीमा दुबैतर्फबाट…
भीमदत्तनगर,२७ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर आइपुगेको छ । गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरित्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका यहाँका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ । “अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शङ्कास्पद देखिए हामी कडाभन्दा…
झापा, २७ असोज । झापाली गायिका निशु ढकालले नेपालीहरुको महान् चाड विजयादशमी (दशैं) को अवसर पारेर दशैं गीत सार्वजनिक गरेकी छन् । ‘यो रमाइलो दशैं आयो’ बोलको गीत उनले सार्वजनिक गरेकी हुन् । गीतमा शब्द, संगीत तथा एरेन्ज नविन के. तिमल्सिनाको रहेको छ । गीतको भिडियो सुनिल शाहीले खिचेका हुन् । दशैंको अवसरमा सार्वजनिक यस गीत लाखौं नेपालीले मन पराउनेमा गायिका निशु विश्वस्त छिन् । ‘दशैं हरेक नेपालीको लागि निकै महत्वपूर्ण चाड हो’, निशुले भनिन् ‘गीतको शब्द, संगीत निकै राम्रो छ, त्यसकारण यस गीतलाई दर्शक, श्रोताले मन पराउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’ संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही…
गौरादह, २७ असोज । नेपाल महिला सशक्तिकरण नगर कार्यालय गौरादहको कार्यालय स्थापना गरिएको छ । गौरादह ७ स्थित ग्वालडुब्बाको वडा कार्यालयमा कार्यालयको स्थापना गरि आज एक कार्यक्रमका बिच नगर प्रमुख रोहित कुमार शाहले उदघाटन गरेका छन् । सशक्तिकरणकी नगर अध्यक्ष भरीपूर्ण राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा सल्लाहकार सदस्य लिला कार्की, नेपाली कांग्रेसका नगर सभापति यादवराज सेढाईं, ग्रामीण तथा शहरी विकास नेपाल उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठ, वार्ड नं. ७ का वडाध्यक्ष बलराम खरेल, वार्ड नं. ८ सदस्य जलवर्षा राजवंशी, सल्लाहकार संयोजक लक्ष्मी उदास, सुमित्रा खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कोषाध्यक्ष भिमकुमारी राईले स्वागत मन्तव्य राखेको…
सान नेपाल गौरादह, २७ असोज । गौरादह ७ ग्वालडुब्बा स्थित खेलकुद विकास समितिले बडादशैंको अवसरमा विविध कार्यक्रमहरु सञ्चालन गरेको छ । समितिले रक्तदान तथा वार्ड नं. ७ को टोल विकास स्तरिय महिला हाजिरि जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । शनिबार देखि ३० गते सम्म वडा स्तरिय भलिबल प्रतियोगिता आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा ७ महिला सहित ३३ जनाले रक्तदान गरेका थिए । सोही स्थानमा १५ दिन पहिले रक्तदान कार्यक्रम सञ्चालन गरिएकाले यस पटक रक्तदान गर्ने संख्यामा कमि आएको रक्तदानमा सहभागी महिला जनप्रतिनिधि यशोदा दाहाल जानकारी गराईन् । रक्तदान कार्यक्रममा संकलित ३३…
काठमाडौँ, २७ असोज । पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ । सो मापदण्डमा पशुपक्षी ढुवानी गर्दा उनीहरुलाई याताना हुनेगरी नाकमा डोरी लगाउने, पुच्छर वा खुट्टा बाध्ने, क्षमताभन्दा बढी पशु राख्ने, साना तथा ठूला पशुलाई एकै ठाउँमा राखी ढुवानी गर्ने जस्ता गतिविधिमा प्रतिबन्ध लगाइएको छ । रोगी तथा घाइते वा मरेका पशुलाई व्यावसायिक प्रयोजनका लागि ढुवानी गर्न नहुने, ढुवानी गर्दा मरेका पशुपक्षीलाई निसङ्क्रमणको विधि अपनाइ गहिरो खाडलमा व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि मापदण्डमा उल्लेख छ । विभागद्वारा शुक्रबार जारी विज्ञप्तिमा पशुपक्षीलाई यात्रुबाहक सार्वजनिक सवारीका साधनका छत वा डिकीभित्र राखी ढुवानी…
काठमाडौं, २७ असोज । नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ । दशैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट ५० रुपैयाँको नेटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो । सहकारीका कर्जा अधिकृतले १ लाख २० हजार रुपैयाँ एक फाइनान्सबट निकलेका थिए । जसमध्ये ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर छैन । आजको नेपाल समाचारपत्रमा खबर छ ।