झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २२ असोज । गृहमन्त्री रामबहादुर थापाले सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रणका लागि सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशका बलका प्रमुख रहेका नायब महानिरीक्षकलाई निर्देशन दिँदै गृहमन्त्री थापाले सीमा तस्करी र अपराधका घटनाको नियन्त्रणमा तीन महीनाभित्र परिणाम देखिने गरी कार्य गर्न निर्देशन दिनुभयो । उहाँले चाडपर्व नजिकिएसँगै सीमाबाट हुने तस्करी बढ्न सक्ने भएकाले त्यसमा विशेष ध्यान दिनसमेत बलका अधिकारीहरुलाई सचेत गराउनुभयो । उहाँले राज्यले बललाई सीमा, विपद् र शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी दिएको बताउँदै यो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न निर्देशन…

Read More

अशोक घिमिरे काठमाडौँ, २२ असोज । ‘नेपालबाट मगाई मगाई गुन्द्रुक ढिँडो खान्छौँ, गुन्द्रुक ढिँडै खाने भए किन जापान जान्छौँ ? फर्कदाई फर्क, फर्कदाई फर्कभाई फर्क हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख ।’ नेपालमा रोजगारीको अवसर नभएको भन्दै विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह गर्दै वरिष्ठ सर्जक एवं लोकदोहोरी गायक दुर्गा रायमाझीले सार्वजवनिक गर्नुभएको लोकगीतको अंश हो यो । विभिन्न बहानामा विदेशिने नेपालीको संख्या बढेको अवस्थामा नेपालमा कुनै अवसर छैन भन्दै विदेशमै रमाउन खोज्ने नेपालीमनलाई यस गीतले विदेशमा रहेर नेपालीपन नखोज्न आग्रह गरेको छ । विदेशमा बसेर नेपालबाट गुन्द्रुक ढिँडो मगाएर खाने भए विदेश किन जाने भन्ने प्रश्न गर्दै गीतमा…

Read More

काठमाडौँ, २२ असोज । सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको छ । न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले आज बस्नेतलाई थुनामुक्त गर्न दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदन खारेज गर्ने आदेश दिएको हो । यही असोज १७ गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बस्नेतलाई सूचना पाएको तीन दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो । सोही आदेशानुसार सर्वोच्च अदालतमा उपस्थित भएपछि बस्नेतको निवेदन खारेज गरेको हो । ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई मुस्ताङ कारागार पठाइएको थियो । बस्नेतलाई गैरकानूनी रुपमा थुनामा राखेको उल्लेख गर्दै…

Read More

रमेश लम्साल काठमाडौँ, २२ असोज । उखु उत्पादक किसानले बक्यौताबापत पाउनुपर्ने रकम पाँच दिनभित्र भुक्तानी गर्न सरकारले आज सम्बन्धीत उद्योगीलाई निर्देशन दिएको छ । चाडबाड नजिकिँदासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले पाँच दिनभित्र चिनी मिललाई भुक्तानी गर्न निर्देशन दिएको हो । अर्थ, कृषि तथा पशुपन्छी विकास, उद्योग तथा आपूर्ति, वन तथा वातावरण र सामान्य प्रशासनमन्त्री तथा विभिन्न मन्त्रालयका सचिवको आज सिंहदरबारमा बसेको बैठकले सो निर्देशन दिएको कृषि तथा पशुपन्छीमन्त्री चक्रपाणि खनालले जानकारी दिनुभयो । उक्त अवधि भुक्तानी नदिने उद्योगीलाई कारवाही गर्ने चेतावनीसमेत सरकारले दिएको छ । चिनी मिलले भुक्तानी नदिएपछि नेपाल उखु उत्पादक किसान सङ्घ, नेपाल उखु उत्पादक…

Read More

हल्दिबारी, २२ असोज । लायन्स क्लब अफ अनारमनी र लियो क्लब अफ अनारमनीको संयुक्त आयोजनामा र धौलागिरी पारिजात सहकारी संस्थाको सहयोगमा हल्दिबारी–१ गोलधापस्थित जनजागृती मा.वि.मा यौन उत्पिडन सम्बन्धि सचेतना एवम् जानकारी मुलक कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता लायन सैलेन्द्र कुरुम्बाङले गर्नु भएको थियो भने हल्दिवारी गा.पा. का अध्यक्ष रबिन्द्र प्र. लिङ्देनले प्रमुख आतिथ्यता गर्नु भएको थियो । सो कार्यक्रममा शिक्षक टीका खरेल, वार्ड अध्यक्ष त्रीलोचन सापकोटा तथा प्रमुख अतिथी रबिन्द्र लिङ्देनले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन लायन राजेश दाहालले गर्नु भएको थियो भने प्रशिक्षण लियो समिरा शिवाकोटी र लायन राजेश दाहालले संयुक्त रुपमा दिनुभएको थियो।…

Read More

हल्दिवारी, २२ असोज । हल्दिवारी–१ गोलधापको सिंहवाहिनी टोल विकासले आज जनचेतना मुलक सचेतना कार्यक्रम गरेको छ । विधुतको प्रयोग गरी माछा मार्न र बाटोको छेउछाउँँमा घाँस, बोट बिरुवा रोप्ने र पशु चौपायाहरु अव्यवस्थित रुपमा बाध्न निशेध गरिएको र यो पश्चात् पनि सो पाइएमा निजलाई दण्ड जरिवाना सहित कार्वाही गरिने भन्ने जिङ्गलको साथमा सिंहवाहिनी टोल परिक्रमा गरिएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष समिरा शिवाकोटीले गर्नु भएको थियो भने, प्रमुख आतिथ्यता वार्ड नं १ की जन प्रतिनिधि सरिता न्यौपानेले गर्नु भएको थियो ।

Read More

विनोद धौलागिरि दमक, २२ असोज । प्रधानमन्त्री के.पी. शर्मा ओलीको गृहनगर दमक सोमबार खुल्ला दिसामुक्त घोषणा भएको छ । १५ स्थानीय तह रहेको झापामा खुल्ला दिसामुक्त घोषणा हुने दमक एघारौं स्थानीय तह हो । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले दमक नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरे । उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि पोर्तेलले सरसफाइ र स्वच्छता नागरिकको संवैधानिक हक भएकोले यसलाई विकास र अधिकारको एक प्रमुख सूचकको रुपमा लिनुपर्ने बताए । सडक, कल्भर्ट र पुल पुलेसालाईमात्र विकास मान्ने प्रवृत्ति र चिन्तनलाई परिवर्तन…

Read More

सहायताको लागि अपिल गौरादह, २२ असोज । ६० वर्षीय घनश्याम तोलाङ्गीको घर गौरादह –३ बरगाछी हो । गौरादहमा यो नामसँँग तपाईं त्यति परिचित हुनुहुन्न भने पनि माछापुच्छ्रे शु–सेन्टर (छालाको जुत्ता, चप्पल बनाउने पसल) गौरादह डिपुचोकबाट बजार जाने बाटोमा छ । तोलाङ्गी अहिले क्यान्सर रोग लागेर थलिनु भएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर । दैनिक हातमुख जोड्नै समस्या । एक वर्षदेखि हस्पिटल धाउँदा धाउँदा ऋणको ठूलो बोझ बीचमा अत्यन्तै दयनीय अवस्थामा वहाँ छट्पटी रहनु भएको छ । सधैँ हसिलो अनुहार पारेर जुत्ता चप्पल सिलाउदै कमाएको पैसाले बिहान बेलुका हातमुख जोड्ने तोलाङ्गी परिवारलाई अहिले अत्यन्तै ठूलो बज्रपात परेको छ । वहाँको…

Read More

बागलुङ, २२ असोज । नेपाल भलिबल सङ्घको आयोजनामा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि जिल्लाको गलकोटमा शुरु हुँदैछ । गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष याम श्रीसले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्न करीब रु २० लाख खर्च हुने अनुमान छ । गलकोट नगरपालिकाले रु आठ लाख, गलकोट सेवा समाज जापानले रु दुई लाख ५० हजार उपलब्ध गराएको छ । अन्य निकाय, सङ्घसंस्था र व्यवसायीबाट पनि प्रायोजन जुटाइएको आयोजकले जनाएको…

Read More

काठमाडौँ, २२ असोज । निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका धामी र साउदलाई निलम्वन गरेको हो । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले अनुसन्धानका क्रममा गम्भीर लापरवाही गरेको पाइएकाले धामी र साउदलाई निलम्वन गरिएको जानकारी दिनुभयो । दुवै जनालाई प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार निलम्वन गरिएको हो ।…

Read More