झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

डोटी, ७ मङ्सिर । डडेल्धुरा–डोटी जोड्ने डा केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ । ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिनुभएको जानकारीअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगरपालिका–२ का २१ वर्षीय केशव कडायत, सोही नगरपालिका–१० की २० वर्षीया शारदा कडायत, डोटी शिखर नगरपालिका–७ का २२ वर्षीय योगेन्द्र बोहरा, सोही नगरपालिका–७ का २४ वर्षीय शङ्कर जोरा, सोही नगरपालिका–८ की २२ वर्षीया शारदा रावत, कैलाली धनगढी उप–महानगरपालिका–२८ का नारायण चौधरी, डोटीको दिपायल सिलगढी नगरपालिका–४ की ३५ वर्षीया शशी…

Read More

लेखक : जीवन ज्योति नेपालीको महान चाडको रुपमा मानिएको दशै, तिहार पर्व सगै छैठ पर्वको धुमधाम समेत सकिएको छ । नेपालका हिन्दु धर्मावलम्बीले परम्परा देखि मान्दै आएको र शासक वर्गले जनतामा प्रेसित गरेका पर्वहरु मध्ये दशै र तिहार बढी उल्लेखनिय छन् । मैले यस लेखमा पर्व प्रतिको हाम्रो अन्ध विश्वासले त्यो मनाउने क्रममा नेपाली नागरिकको मानसपटलमा विकास भएको सामन्तवादी ब्यवहारको अमिल्दो स्वरुपको चर्चा गर्ने प्रयास गरेको हो । महान पर्वका नाममा देशका धेरै नागरिकले अन्धविश्वास तर्फ चालिने हाम्रो पाइलोले देश सम्रद्घीको वर्तमान सपना नेपालीहरुमा थोपरिएको अर्को नयाँ भ्रम मात्र हुनेछ । हाम्रो देश राजतन्त्रात्मक हिन्दु धार्मीक राष्ट्रबाट गणतान्त्रिक र धर्मनिरपेक्ष…

Read More

भद्रपुर, ६ मंसिर । झापाको भद्रपुर–९ स्थित ग्यालेक्सी अंग्रेजी आधारभूत विद्यालयको आयोजनामा अन्तर विद्यालय ग्यालेक्सी कप फुटबल प्रतियोगिता सुरु भएको छ । भद्रपुर तथा मेची नगरका संस्थागत आधारभूत विद्यालयले प्रतिस्पर्धा गर्ने गरी सुरु भएको प्रतियोगिताको उद्घाटन खेल आयोजक ग्यालेक्सीलाई हराउँदै भद्रपुर–५ को गुरुकुल अंग्रेजी आधारभूत विद्यालयले ३—२ को अन्तरमा जित हात पारेको छ । त्यसैगरी, दोस्रो खेल हिमालय धुलाबारीलाई ४—१ अन्तरमा पछि पार्दै इष्ट होराइजनले जित्न सफल भयो । त्यसैगरी, डोल्मा मेमोरियल भद्रपुर–६ लाई हिमालयन भद्रपुर–७ ले ४—० अन्तरमा हराउन सफल भयो । लिटल एञ्जल मेची नगरलाई सेन्ट कुजुर भद्रपुर १० ले पछि पार्दै दोश्रो चरणमा प्रवेश गरेको छ ।…

Read More

सान नेपाल गौरादह, ६ मंसिर । झापाको गौरादह नगरपालिकामा आज सहिद रमेश सुवेदी र विष्णु प्रधानको १४ औँ स्मृती दिवसको अवसर पारेर रक्तदान तथा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको छ । अनेरास्ववियू तथा अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा सहिदको सम्झनामा विगतझैं यस वर्ष पनि रक्तदान तथा श्रद्धाञ्जलि सभा गरिएको हो । २०६१ साल मंसिर ६ गते तत्कालीन शाही सेनाद्वारा हत्या गरिएका माओवादीका नेता तथा अनेरास्ववियु (क्रान्तिकारीका) तत्कालीन झापा जिल्ला अध्यक्ष एवम् उपाध्यक्ष रमेश सुवेदी र विष्णु प्रधानको स्मृतिमा प्रत्येक वर्ष रवि स्मृति दिवस मनाउने गरिएको छ । रवि स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टीले गौरादहमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गौरादह…

Read More

काठमाडौँ, ६ मङ्सिर । देशको पहाडी भू–भागमा आंशिक बदली रही एक÷दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर देशका पहाडी क्षेत्रमा बदली र वर्षाको सम्भावना औँल्याएको हो । आज दिउँसो पहाडी भेगमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने बाँकी स्थानमा सामान्यतया सफा रहने छ । रातको समयमा पनि पहाडी भेगमा आंशिक बदली रहने र बाँकी भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । भोलि शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भेगमा सामान्यतया सफा रहने तथा मङ्सिर ८ गते…

Read More

बिर्तामोड, ६ मंसिर । नेपाल कराँते महासंघ, महेन्द्र रत्न डोजो बिर्ताबजारमा अभ्यासरत १० जना खेलाडीलाई आज स्थानीय एक खेलप्रेमीले कराते ड्रेस (गी) प्रदान गरेका छन् । बिर्तामोड नगरपालिका– ३ का खेलप्रेमी वीरबहादुर तामाङ (बीरु)ले कराँते खेलाडीहरुका लागि प्रोत्साहनस्वरुप १० थान गी प्रदान गरेको प्रशिक्षक दुर्गाराज निरैलाले जानकारी दिएका हुन् । महेन्द्र रत्न डोजो बिर्ताबजारमा अभ्यासरत खेलाडीहरु प्रकृति राई, मनोज राजवंशी, एलिसा दास, सुमन राजवंशी, दिवस हास्दा, शितल शर्मा, सन्ध्या शर्मा, एन्जिला साहा, सुनिल साहा र पूजा मुर्मुलाई गी प्रदान गरिएको प्रशिक्षक निरौलाले बताए । महेन्द्र रत्न डोजो बिर्ताबजारमा ८० जनाभन्दा बढी खेलाडीहरु प्रशिक्षण लिइरहेको डोजोका व्यवास्थापक मिरा शिवाकोटी बताउँछिन् ।…

Read More

उर्लाबारी, ६ मङ्सिर । मोरङको उर्लाबारी नगरपालिका–७ का भक्तिराम अधिकारीको घरमा मङ्गलबार दिउँसो १ः३० बजेतिर आगलागी भयो । विद्युत् चुहावट हुँदा अधिकारीको घर र अधिकारीले सञ्चालन गरेको पसलमा एकैसाथ आगो सल्किएको थियो । आगलागीको समयमा अधिकारी परिवार घरमा थिएनन् । अधिकारीको घर र पसलबाट एकैसाथ भीषण अगालागी भएपछि त्यसलाई नियन्त्रणमा लिन लागिपरे पनि स्थानीयवासीले सकेनन् । आगोले अधिकारीको घर र पसल आधा जति नष्ट भएपछि बल्लबल्ल छिमेकी झापाको दमक नगरपालिकाबाट दुई बारुणयन्त्र आए । तर आगलागी भएको आधा घण्टापछि आएका ती बारुणयन्त्रले अधिकारीको घर र पसलको आगो त नियन्त्रणमा लिन सकेन तर नगरका अन्य घर र पसलमा हुने क्षतिलाई भने…

Read More

दमक, ६ मङ्सिर । दुई वर्षअघि कमल खोलामा आएको बाढीले घरबारविहीन झापा, कमल गाउँपालिका–१ मिस्त्री बस्तीका बाढीपीडित अझै टहरामा बस्दैआएका छन् । त्यहाँका बाढीपीडित १० घरपरिवारलाई दाताले नमूना बस्ती बनाएर पुनःस्थापना गराउने भनी थालिएको निर्माण कार्य निर्धारित समयमा पूरा हुन नसक्दा उनीहरू बाढीपीडित टहरामा बस्न बाध्य भएका हुन् । विश्वका १८ मुलुकमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजले गएको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ २०७५ फागुन ३० गते शिलान्यास गरिएको थियो । हालसम्म तीन वटा घर निर्माणाधीन अवस्थामा रहे पनि अन्य घर बनाउन भने कुनै छाँटकाँट देखिएको छैन । नमूना बस्तीको काम दुई वर्ष बित्न लाग्दासमेत अहिलेसम्म पूर्णता नपाएको…

Read More

भक्तपुर, ६ मङ्सिर । आजदेखि भक्तपुरमा एकमहीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गर्नुभयो । पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधि र सफाई अभियन्ताहरूलाई कुचो, डोको, साबेल, माक्स, पञ्जालगायत सामग्री प्रदान गरिएको थियो । मन्त्री थापाले भन्नुभयो, “जनताले समृद्ध नेपाल र सुखी नेपाली बनाउने जिम्मा दिएका छन्, त्यो जिम्मेवारी पूरा गर्न सफल पार्न सबैको साथ र सहयोग चाहिन्छ ।”शान्ति र सुरक्षित नेपाल…

Read More

पर्सा, ६ मङ्सिर । नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको रु छ लाखभन्दा बढी मूल्यको चाँदीसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको सिर्सियाबाट ६ लाख ३० हजार मूल्य पर्ने १० किलोग्राम चाँदीसहित भारत बिहार पश्चिम चम्पारण चनपटिया निवासी गुलसन साह कानुलाई नियन्त्रणमा लिएको हो । वीआ२२एडी ३५२० नंको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका कानुलाई सिर्सिया नाकामा रोकी जाँच गर्दा दुई पोका चाँदी बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपरीक्षक ढकालले चाँदीसहित पक्राउ परेका कानु…

Read More