झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १८ असोज । एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब रु २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ । बैंक सञ्चालक समितिको मनिलामा सम्पन्न आजको बैठकले उक्त बाटो मर्मतसम्भारका लागि सो रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । नेपालको आन्तरिक तथा बाह्य व्यापारको प्रमुख मार्गका रुपमा रहेको उक्त बाटो सुधारपछि नेपालको यातायात पद्धति सुदृढ हुनाका साथै राष्ट्रिय तथा क्षेत्रीय सम्पर्क विस्तारमा योगदान पुग्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ । बैंकको प्रधान कार्यालयले आज एक वक्तव्य जारी गरेर उक्त बाटोको स्तरोन्नतिपछि नेपालको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने र सडक सुरक्षामा पनि सुधार आउने…

Read More

अमेरिकामा ४४ वर्षकी एक महिलाले आफ्नी १४ वर्षकी छोरीमाथि पैसा चोरी गरी भागेर बेपत्ता भएको आरोप लगाएकी थिइन् । तर अनुसन्धानमा निकै डरलाग्दो रहस्य खुलेको छ । ४४ वर्षकी सारा प्याकर नामकी ती महिला अमेरिकाको एबिंग्टनमा आफ्नी १४ वर्षकी छोरी ग्रेससँग बस्थिन् । छोरी ग्रेसलाई साराले २००७ मा आफ्ना पूर्वपतिसँग मिलेर धर्मपुत्री बनाएका थिए । पछि सारा पतिसँग छुट्टिएर ब्वाइफ्रेण्ड सुलिवनसँग बस्थिन् । एक दिन ग्रेस हराइन् । साराले ग्रेसले ३ सय डलर चोरेर भागेको भन्दै प्रहरीमा उजुरी गरिन् । जब प्रहरीले अनुसन्धान गर्दै गयो त्यसपछि उनको बलात्कार र हत्या भएको रहस्य खुल्यो । ग्रेसलाई आमाकै ब्वाइफ्रेण्ड सुलिवनले बलात्कार गरेर…

Read More

पछिल्लो समय चलचित्र बजारमा नयाँ नामको भन्दा पनि सिक्वेलले काम चलाउने प्रवृत्तिको विकास हुँदै गइरहेको छ । चलचित्रको नयाँ नाम जुराउने झन्जटबाट मुक्त हुनका निम्ति पनि यो प्रवृति फलदायी हुने गरेको छ । अझ अघिल्लो चलचित्र सामान्य चले पनि त्यसैको सिक्वेलका रुममा चलचित्र निर्माण हुन्छन् । तर नाम एउटै भए पनि न त कथा अघिल्लो चलचित्र सँग मेल खान्छ । न त अन्य कथा वस्तु । एउटा नाम बाहेक अरु सबै नयाँ हुन्छ । चलचित्र चलाउनकै निम्ति पनि यो जुक्ति लगाउने गरेका छन् । यसैबीच चलचित्र विर विक्रमको पनि सिक्वेल बन्ने भएको छ । दयाहाङ राई र अनुप विक्रम शाही…

Read More

विराटनगर, १८ असोज । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि अपराधमा संलग्न मानिसलाई कानूनको कठघरामा उभ्याइने बताउनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा सदनमा उठेका प्रश्नको जवाफ दिँंदै मन्त्री कार्कीले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रदेश सरकार गम्भीर छ भन्नुभयो । उहाँले प्रदेश नं १ अन्तर्गत पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा राहत वितरण गर्ने तयारी भइरहेको जानकारी दिँंदै प्रदेश नं १ को स्थायी राजधानी र नाम सहमतिमा छिट्टै कायम हुने बताउनुभयो । प्रदेशसभाको आजको विशेष समयमा सदस्य विष्णुमाया तुम्बाहाम्फेले प्रदेशको राजधानी र नाम कायम गर्दा कसैको पनि योगदान र बलिदानलाई बिर्सन नहुने बताउँदै त्यसमा लिम्बूवान् शब्द…

Read More

भद्रपुर, १८ असोज । सीमान्तकृत तथा विपन्न सन्थाल समुदायका बालबालिकालाई आजले वीरता जेसिज विद्यालय पोशाक, झोलालगायत सामग्री सहयोग प्रदान गरेको छ । सन्थाल समुदायका बालबालिकाको शिक्षामा पहुँच वृद्धि तथा बालबालिकाले शिक्षा आर्जनका लागि अभाव खेप्नु नपरोस् भन्ने सन्देश प्रवाह गर्न जेसिजले ती सामग्री प्रदान गरेको जेसिजका अध्यक्ष एकराज गिरीले बताउनुभयो । सन्थाल बालबालिकाको निवास परिसर बिर्तामोड–१ मा भएको कार्यक्रममा सामग्री पाउने बालबालिका र तिनका अभिभावक खुशी भएका छन् । उक्त सामग्री पाउने छात्रछात्रामा विशाल हेमरम (कक्षा– ९), पवन बास्के (कक्षा– ७, सिद्धान्त वेस्रा (कक्षा– १, निशा हेमरम (कक्षा– ७, बिनु हस्दा (कक्षा– ७, निशान हेमरम (कक्षा– ५), प्रवीन बास्के (कक्षा–…

Read More

लक्ष्मीप्रसाद सापकोटा पर्वत, १८ असोज । बालिका बलात्कारको आरोपमा कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति शिशिर क्षेत्रीलाई जिल्ला अदालत पर्वतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । क्षेत्रीसहित अन्य युवालाई विसं २०७४ सालको चैत १५ गते बागलुङको चैते दशैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीया युवतीलार्ई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो । कुश्मा नगरपालिका–१ पाङ सहस्रधारा घर भई नेपाल विद्यार्थी सङ्घबाट स्ववियु सभापति बनेका २३ वर्षीय क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बुधबार पैmसला सुनाएको हो । क्षेत्रीलाई मुलुकी ऐनअन्तर्गत कसुर ठहर गरी पाँच वर्ष र साङ्गठनिक अपराधमा संलग्न रहेको ठहर गरी पाँच वर्ष गरी…

Read More

भद्रपुर, १८ असोज । मेची पुलमाथिबाट साना सवारी सञ्चालन गर्न दिनुपर्ने माग गरिएको छ । नेपाल–भारत मैत्री सङ्घ झापाले निर्माण सम्पन्न भएको भद्रपुरको मेची पुलमाथिबाट साना सवारी चल्न दिनुपर्ने माग गरेको हो । मैत्री सङ्घका अध्यक्ष प्रदीपमणि रेग्मी र प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीसहित गएको टोलीले प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसँग सो माग गरेको हो । टोलीमा पूर्वसांसद पुष्पराज पोखरेल, मैत्री सङ्घका सल्लाहकार चिन्तामणि दाहाल, नेपाली काङ्ग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, भद्रपुर–८ का वडाध्यक्ष गौरव सुब्बा तथा सङ्घका सदस्य प्रदीप सरावगी हुनुहुन्थ्यो । प्रमुख जिल्ला अधिकारी दाहालले यसबारेमा हुलाकी राजमार्ग परियोजनाका डिई, प्रहरीलगायतसँग बसेर निर्णय गर्ने जवाफ दिनुभयो ।…

Read More

काठमाडौँ, १८ असोज । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । समितिको आज बसेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा गठित सो समितिमा सांसद प्रदीप यादव, पार्वता डिसी चौधरी, प्रेम आले र चन्दा चौधरी रहनुभएको छ । उपसमितिलाई सो विषयमा अध्ययन गरी समितिसमक्ष प्रतिवेदन बुझाउन एक हप्ताको समय सीमा दिइएको छ । बैठकले चिनीको मूल्य रु ६३ नै निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बैठमा सांसदले चाडपर्वको मुखमा चिनीलगायत दाल, तेल, तरकारी एवं पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै बजारमाथि सरकारले हस्तक्षेप गर्न आग्रह गर्नुभएको…

Read More

काठमाडौँ, १८ असोज । गृहमन्त्री रामबहादुर थापाले एक साताभित्र कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठनले पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरी तत्काल दोषीमाथि कारवाही गर्न माग गरी दिएको ज्ञापनपत्र बुझ्दै उहाँले पन्त हत्याकाण्डमा गठित छानबिन समितिको निष्कर्ष सार्वजनिक गरिने बताउनुभयो । अनेरास्ववियु र अनेरास्ववियु ९क्रान्तिकारी०ले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पन्त हत्यामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् । उनीहरुले पन्तको बलात्कार र हत्याका मूल कारक, बम दिदीबहिनी, कञ्चनपुरका प्रहरी उपरीक्षक र हत्यामा संलग्न अन्य प्रहरी अधिकारी ९दसी प्रमाण मेट्ने० व्यक्तिमाथि पनि अनुसन्धान केन्द्रित गर्न माग…

Read More

विराटनगर, १८ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगर–१० मा स्थापित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कार्यालको आज उद्घाटन गर्दै उहाँले विराटनगरस्थित दुग्ध विकास संस्थान केन्द्रको परिसरमा यसै आर्थिक वर्षमा किसानको दूध खरीद गरी धूलोे दूध उत्पादनमा स्तरोन्नति कार्य गर्ने जानकारी दिनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री राईले कृषिलाई आधुनिक व्यावसायिक उद्योगको रुपमा विकास गरी रोजगार प्रदान गर्न सरकारले विज्ञसँग परामर्श र छलफल गरिरहेको बताउनुभयो । उहाँले प्रदेशमा बङ्गुरपालनको प्रचुर…

Read More