
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, १८ असोज । ‘खोल्सीको सुन’ उपनाम पाएको अलैँचीमा पछिल्लो समय रोग लागेपछि किसान यसको विकल्प खोज्न थालेका छन् । अलैँचीबाट पर्याप्त आम्दानी लिन थालेका बेला बगाननै मासिन थालेपछि किसान अन्योलमा छन् । केही वर्षअघि पनि यस्तै सङ्क्रमण देखा परेपछि किसानले अलैँचीखेती नै छाडेका थिए । पुनः अलैँचीमा सुधार भएपछि आफ्नो करेसाबारीसमेत खाली नराखी किसानले अलैँैचीखेती गरेका थिए । पर्याप्त आम्दानी लिइरहेका बेला रोग देखिएपछि अलैँचीको विकल्प खोज्नु परेको माइजोगमाई गाउँपालिका प्याङका दीपक नेपाल बताउनुहुन्छ । “अलैँचीको फूलमा मकैको घोगाजस्तो देखिने समस्या आएको छ । अलैँचीमा दाना लाग्नुपर्नेमा कुहिन थालेको छ ।” गत वर्ष दुई मन ९एक मनको ४० किलो०…
भद्रपुर, १८ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बुट्टाबारी–चारआली सडकखण्डमा आज भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय विष्णुप्रसाद विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबाट झापाको चारआली हुँदै विर्तामोड आउँदै गरेको मे१ज २४६२ नम्बरको बोलेरो जिपले बिहान साइकलयात्री विकलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते विकको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार जिपको ठक्करबाट अर्को साइकलयात्री मेचीनगर–१२ का २८ वर्षीय टङ्क रोक्का, जिपमा सवार…
मङ्गलवारे, १८ असोज । इलामका निजी तथा आवासीय विद्यालयले चालू शैक्षिक सत्रमा वृद्धि गरेको शुल्क लिन नपाउने भएका छन् । न्यायाधीशद्वय वीरेन्द्रकुमार कर्ण र यमुना भट्टराईको संयुक्त इजलासले यस्तो फैसला गरेको हो । विराटनगर उच्च अदालत इजलास इलामले चालू शैक्षिक सत्रमा जिल्लामा बढाएको शुल्क नलिन बुधबार फैसला गरेको अदालतका उपरजिष्ट्रार विश्वजन सिंजापतिले जानकारी दिनुभयो । अदालतको फैसलाअनुसार निजी विद्यालयले बढेको शुल्क फिर्ता गर्नुपर्छ । निजी विद्यालयले शुल्क वृद्धि गरेको विरोधमा गत वैशाख ३१ गते अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), सङ्घीय विद्यार्थी फोरमले वृद्धि भएको शुल्क फिर्ता गर्न माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।…
अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस पछिल्लो समय प्रेम सम्बन्धका कारण चर्चामा छाइरहेका छन् । केही समय अघि इन्गेजमेन्ट गरेको यो जोडी विवाहका कारण चर्चामा छाइरहेको छ । प्रियंकाका प्रेमी यतिबेला प्रियंको घर भारत आएका छन् । प्रियंका र निक आफ्नो विवाहको तयारीमा लागेका छन् । यो जोडीको विवाह भारतको राजस्थानमा आयोजना गर्ने तयारीमा लागेको छ । मंगलबार प्रियंका र निक प्राइभेट जेटमा मुम्बईबाट राजस्थानको जोधपुर गएका छन् । प्रियंका आफ्नो विवाह जोधपुरको भव्य उम्मेद भवन प्यालेस र मेहरानगढ फोर्टमा गर्ने योजना बनाइरहेकी छिन् । विवाहको योजना र व्यवस्थापन गर्नका लागि प्रियंका प्रेमी निक जोनसकासाथ मंगलबार जोधपुर पुगेकी…
बुटवल १७, असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता र राष्ट्रको समृद्धिलाई स्थापित गरी शान्ति सुव्यवस्था कायम गर्न जनताको मन जित्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशको सुरक्षा व्यवस्था खलबलिँदा सिङ्गो मुलुकको सुरक्षा अवस्थानै प्रभावित पार्ने भएकाले प्रदेशको सुरक्षा प्रमुख भएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले शान्ति सुरक्षा अपराधको नियन्त्रण मात्र नभएको बताउँदै कानून विरुद्ध काम गर्ने सबैलाई कानूनको दायरामा ल्याउने माध्यम हो भन्नुभयो । “नेपाली समाज अहिले पनि अधिकारमुखी राजनीतिमा रुमलिएको छ…
अच्युत रेग्मी काठमाडौँ, १७ असोज । ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ । नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु त्यस्तो सहायता कक्ष राख्न लागेको हो । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई चाडबाडमा यात्रुलाई सहज, सुरक्षित र व्यस्थित तवरले गन्तव्यसम्म पु¥याउन विशेष अभियान सञ्चालन गर्न लागेको बताउनुहुन्छ । “लामो दूरीका सवारीसाधनमा दुईवटा चालक भए नभएको, ‘रिफ्रेस’ सेन्टरमा सवारीसाधन लगे नलगेको, चालकबाट सवारीसाधन चलाए नचलाएलगायतका जाँच गर्छौं”, उहाँ भन्नुहुन्छ । त्यस्तै मादकपदार्थ सेवनबाट दुर्घटना…
चितवन, १७ असोज । गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अपराध नियन्त्रणका लागि जनस्तरबाट अभियान शुरु गर्ने बताउनुभएको हो । देशभरमा ३६ हजारभन्दा बढी विद्यालय र सात हजारभन्दा बढी वडा कार्यालय रहेको भन्दै उहाँले विद्यालय र वडा कार्यालयको माध्यमबाट लाखौँ युवा परिचालन गरेर घरेलु हिंसा नियन्त्रण अभियान सञ्चालन गरिने बताउनुभयो । घरेलु हिंसाको मुख्य कारण मदिरा र लागुऔषध रहेको भन्दै उहाँले मदिराको नियमन, अनुगमन र नियन्त्रण गर्नुका साथै लागुऔषध उन्मूलन गर्नुपर्नेमा जोड दिनुभयो ।…
काठमाडौँ, १७ असोज । सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपिएफ क्लब प्रतिस्पर्धा गर्दैछन् । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको संयुक्त आयोजनामा जारी प्रतियोगिताअन्तर्गतको फाइलन खेल आज दिउँसो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड हलमा हुनेछ । यसअघि मङ्गलबार भएको पहिलो सेमिफाइलनमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगेको हो । एपिएफले न्यू डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइलन पुगेको हो । आजै हुने पहिलो खेलमा तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र न्यू डायमण्ड एकेडेमीबीच खेल हुनेछ । भलिबल खेलको…
विराटनगर, १७ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय लाग्दैन भन्नुभयो । मुख्यमन्त्री राईले प्रदेश र स्थानीय तहबीच नीतिगत तालमेल हुनुपर्ने भन्दै दुबै सरकारले प्राकृतिक स्रोत, साधन र सम्पदाको उचित बाँडफाँड गरेर अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । स्थानीय सरकारले अधिकारको जथाभावी प्रयोग नगर्न सुझाव दिँदै मुख्यमन्त्री राईले जनताको हित र स्वार्थलाई केन्द्रमा राखेर जनप्रतिनिधिले काम गर्नुपर्ने धारणा…
पशुपतिनगर, १७ असोज । इलामको सबैभन्दा पुरानो विद्यालय करफोक विद्या मन्दिर माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले एक लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको छ । विद्यालयमा अध्ययन गर्नुभएको विद्यार्थी धु्रव अधिकारीले आफ्ना दिवङ्गत बुबा र हजुरबुबाको स्मृतिमा गोपीकृष्ण जीवनहरि शिक्षा पुरस्कारका लागि अक्षय कोष स्थापना गर्नुभएको हो । सूर्योदय नगरपालिका ११ निवासी ध्रुव अधिकारी हाल नेपाल विद्युत् प्राधिकरण सङ्खुवासभामा कार्यरत रहनुभएको छ । अधिकारीले गोपीकृष्ण जीवनहरि शिक्षा पुरस्कारको रकम विद्यालयका प्रधानाध्यापक दीनराज निरौलालाई मङ्गलबार हस्तान्तरण गर्नुभएको थियो । आधारभूत तहमा अध्ययनरत गरीब असहाय तथा आर्थिक अवस्था कमजोर भएका दुई विद्यार्थीलाई कोषबाट आएको व्याजबाट शैक्षिक सामग्री खरिद गर्नमा सहयोग गर्ने उद्देश्यले अक्षय कोष…