झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ५ असोज । संघीय संसद्का १४ वटै विषयगत समितिले शुक्रबारदेखि सभापति पाउँदै छन् । प्रतिनिधिसभाका १० समिति सभापतिका लागि बिहीबार प्रत्येक समितिमा एकल उम्मेदवार परेपछि शुक्रबार सबै समितिमा निर्विरोध सभापति निर्वाचित हुने भएका हुन् । प्रतिनिधिसभाका १० मध्ये सार्वजनिक लेखा समिति मात्र विपक्षी दललाई दिइएको छ । त्यसबाहेक सत्तारूढ दल नेकपाले आठ र अर्को सत्तारूढ दल संघीय समाजवादी फोरमले एउटा समितिको नेतृत्व गर्दै छन् । संसद् नियमावलीअनुसार समिति नेतृत्वमा कम्तीमा एकतिहाइ महिला रहनुपर्ने व्यवस्था छ । तर, सत्तारूढ नेकपाले प्रतिनिधिसभाका १० विषयगत समितिमा महिला सांसदलाई विशेष प्राथमिकता दिएको छ । सभापतिका लागि उम्मेदवारी दिएका आठमध्ये ६ वटा समिति सभापतिमा…

Read More

काठमाडौँ, ५ असोज । सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् । महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर फोहोर डंगुर छाडेर पत्नी सुचितासहित अमेरिका लागेका हुन् । उनको भ्रमण टोलीमा ९ सदस्य छन् । १० दिने भ्रमणतालिका छ । सरकारी पदमा रहेका व्यक्तिको आवश्यक विदेश भ्रमण रोक्न कडाई गरेको बताउँदै आए पनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान भने स्वीकृति दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

काठमाडौँँ, ५ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको हो । पक्राउ परेका नेकपाका अन्य नेता–कार्यकर्ताको हकमा पनि यही नीति अपनाउन सरकार तयार भएको छ । सरकारद्वारा गठित राजनीतिक वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलबीच बिहीबार गृह मन्त्रालयमा भएको छलफलमा अबदेखि अदालतले रिहाको आदेश दिएपछि नेकपाका कुनै पनि नेता–कार्यकर्तालाई अर्को घटनासँग सम्बन्धित मुद्दा लगाएर पक्राउ नगर्ने समझदारी भएको हो । ‘गृहमन्त्रीज्यूलाई हामीले नेकपा वार्ताका लागि तयार रहेको, तर पहिले पक्राउ परेका…

Read More

अछाम, ५ असोज । तुर्माखाद गाउँपालिका ४ चिसीका ६ महिने मुस्कान बयकको मुखमा एसिड छ्यापिएको घटना पािरिवारिक कलहकै कारण भएको खुलेको छ । उनकी २१ बर्षीया काकी जानकी बयकले प्रहरीसमक्ष पारिवारिक कलहकै कारण आफैंले एसिड छ्यापेको स्वीकारेकी छन् । मृतककी आमा र जानकी घरका जेठानी देवरानी हुन् भने माइतिघरका सहोदर दिदीबहिनी पनि हुन् । मुस्कानका बुबा महावीरले बेलाबेला झगडा पर्ने गरेको बताए । ुमेरो छोरो गर्भमा हुँदा जानकीले छोरो जन्मिए ज्युँदो नराख्ने धम्की दिएकी थिइन् । उनले भने, मेरो श्रीमतिले उनलाई २ सय ५० रुपैयाँ तिर्नुपर्ने थियो । पैसा तिर्न आलि ढिलो भए पछि उनले भदौ २९ गते झगडा गरेकी…

Read More

काठमाडौँ, ५ असोज । दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बालत्कारपछि हत्या घटनाको अनुसन्धान शुन्यमै छ । अनुसन्धान लाम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । प्रहरीले सुरुवाती अनुसन्धानमा लापबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टमा रिपोर्टमा भर पर्नुपरेको छ । निर्मलाको पोस्टमार्टमा रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ । सेती अञ्चल अस्पतालमा भएको पोस्टमार्टममा मृत्युको कारण घाँटी अठ्याएर भन्ने उल्लेख छ । बालत्कारपछि आफ्नो पहिचना खुल्ने डरले बलात्कारीले घँटी अठ्याएर हत्या गरेको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । पोस्टमार्टमा रिपोर्टमा शरीरका अन्य भागमा चोटपटक देखिन्न । रिपोर्ट अनुसार…

Read More

कनकाई, ५ असोज । झापाको कनकाई नगरपालिकामा आजदेखि ‘टिभियस प्रथम अन्तरप्रदेश स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता’ हुने भएको छ । कनकाई सचेत युवा क्लब र ह्वाइट वास क्रिकेट क्लब कनकाईको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा आठ वटा टीम बीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष निशेष ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार उपाधिका लागि प्रतियोगितामा आयोजक ह्वाइट वास क्रिकेट क्लब, लालीगुराँस क्रिकेट क्लब, मकवानपुर क्रिकेट क्लब, युथ क्रिकेट क्लब राजविराज, युनाइटेड क्रिकेट क्लब बिर्तामोड, वाइआर सीसी क्लब विराटनगर, उदयपुर क्रिकेट एकाडेमी र खुकुरी क्रिकेट क्लब भैरहवाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विजेताले रू ५१ हजार र उपविजेताले रू ३१ हजार…

Read More

झगेन्द्र खड्का गौरीगञ्ज, ५ असोज । झापाको दक्षिणी क्षेत्रका सडकमा हुने गरेका सडक दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले ट्राफिक संकेत सम्बन्धी बोर्ड राखेको छ । पाडाजुँगी–गौरीगञ्ज सडक खण्डमा मानिससँगै सवारी साधनको चाप बढी हुने भएकाले बोर्ड राखेको हो । गौरीगञ्ज क्षेत्रमा दुर्घटनाको जोखिम क्षेत्र मानिएको खानेपानी ट्याङ्की देखी गौरीगञ्ज चोकसम्म ७ वटा जनचेतनामूलक होडिङ बोर्ड राखिएको छ । गौरीगञ्ज गाउँपालिकाले सौजन्य गरेको गति सीमित, विद्यालय क्षेत्र, घुमेको सडक, सागुरो सडक, प्रहरी कार्यालयको सम्पर्क नम्बरसहितको बोर्डहरु राखिएको गौरीगञ्ज ट्राफिक प्रहरी प्रमुख गोकुल आचार्यले बताए । सवारीका साधनको चाप बढ्दै जाँँदा सडक सागुरो भएको जनगुनासो आइरहेको समयमा तीव्र गतिम सवारी चलाउँदा दुर्घटना…

Read More

बुधबारे, ४ असोज । बुधबारे जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत विहिबार जयपुर चोकमा स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । ७९ जना सहभागि प्रतियोगितामा बुद्धशान्ति २ का परमेश्वर वोहोरा प्रथम र रुद्र पोखरेल दोस्रो भएका छन् । बुधबारे जेसीजका अध्यक्ष जेसी प्रकाश भण्डारीको सभापतित्व, टर्फिक प्रहरी पोष्ट बुधबारेका प्रमुख राजकुमार बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।प्रमुख अतिथि वस्नेतले कार्यक्रम चेतना मुलक कार्यक्रम आयोजना गरेको प्रति जेसीजलाई धन्यवाद व्यक्त गरेका छने । जेसी मनोज कडरिया र जेसी गजुहांग लिम्बुको संयोजकत्वमा भएको कार्यक्रमलाई बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी सेमन्त पोखरेलले स्वागत मन्तव्य राखेका थिए । जेसी अनिल वाग्लेले सञ्चालन गरेको…

Read More

इनरुवा, ४ असोज । सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ । भारतीय बजारबाट नम्बर प्लेट नभएको मोटरसाइकलमा दुई जना सवार रहेका अज्ञात समूहले गोली चलाएको सुनसरी प्रहरीले जनाएको छ । बजार घुमफिर गर्नका लागि निस्केका बेला अन्सारीमाथि अज्ञात समूहले गोली प्रहार गर्दा उहाँको टाउको र छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी हरिनगर गाउँपालिका–६ घुस्की प्रहरीचौकीमा कार्यरत प्रहरी हवल्दार सिवलाल पौडेलमाथिसमेत गोली प्रहार भएको स्थानीयले बताएका छन् । भुटाहा बजार क्षेत्रमा गोली प्रहार गरेर भागी रहेका बेला प्रहरीले बाटो छेक्न खोज्दा प्रहरीमाथि समेत…

Read More

इलाम, ४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का महामन्त्री सुनिलबहादुर थापाले अहिले देशमा भ्रष्टाचार बढेको बताउनुभएको छ । महामन्त्री थापाले पत्रकारसँग कुरा गर्दै अहिले नागरिकको मौलिक हकसमेत वर्तमान सरकारले कुण्ठित गरेको आरोप लगाउनुभयो । थापाले भ्रष्टाचार बढेकाले त्यसका बारेमा आवाज उठाउने समय आएको उल्लेख गर्नुभएको थियो । फरक प्रसङ्गमा थापाले देशलाई सही दिशा दिनका लागि आफ्नो पार्टीबीचको एकता वर्तमान समयको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । “त्यसैले हामी राप्रपा, राप्रपा (प्रजातान्त्रिक), राप्रपा (राष्ट्रवादी बीच एकता गर्ने तर्खरमा छौँ”, थापाले भन्नुभयो, “हामी साङ्गठनिकरुपमा दीर्घकालसम्म एकता नभाँडिने तरिकाले एकता गर्छौं ।” थापाले एकताका लागि काम शुरु भएको जानकारी दिनुभयो ।

Read More