झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

गाईघाट, १० असोज । बलात्कारको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत उदयपुरले पाँच वर्ष कारागार सजाय र एक लाख दण्ड जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजलासले मङ्गलबार बलात्कारको अभियोगमा पक्राउ परेका उदयपुर त्रियुगा नगरपालिका– १४ साउने गाउँका ३६ वर्षीय शिवबहादुर राईविरुद्ध सो फैसला गरेको जिल्ला अदालतले जनाएको छ । आफ्नै छिमेकी ३३ वर्षीया एक महिलालाई राति बलात्कार गरेको अभियोग उनीमाथि लागेको थियो । विसं २०७४ फागुन २४ गते घरमा कोही नभएका बेला कोठामा गएर राईले ती महिलालाई बालात्कार गरेका थिए । पीडितले गत चैत १ गते निवेदन दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर बलात्कारसम्बन्धी मुद्दा…

Read More

भद्रपुर, १०  असोज । ऐतिहासिक नगर भद्रपुरको पहिचानका रूपमा स्थापित गर्ने लक्ष्य लिएर असोज २८ गते मिनी म्याराथन प्रतियोगिता गरिने भएको छ । भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा नगरपालिकाको अस्तित्व स्थापित गर्ने लक्ष्य लिएर नगर स्तरीय भद्रपुर दौड प्रतियोगिता हुने भएको हो । विभिन्न व्यक्ति, संघ संस्था शुभचिन्तक लगायतको आर्थिक सहयोगमा विजयादशमीको अवसरमा सवै जात, धर्म, वर्ग र समुदायको साझा कार्यक्रमका रूपमा नगर स्तरीय भद्रपुर दौडको अवधारणा ल्याइएको वडाध्यक्ष गौरव सुब्बा मनोजले जानकारी दिए । वडाध्यक्ष सुब्बाका अनुसार ३ लाख ५ हजार खर्च हुने प्रतियोगितामा प्रथम पुरस्कार २१ हजार, दोश्रो १५ हजार तेस्रो १० हजार र सान्त्वना समेत रहने…

Read More

सान नेपाल गौरादह, १० असोज । सुनचाँदीका गहना बनाउने कालिगढहरुको भेलाले सुनचाँदी कालिगढ व्यवसायी संघको नगर समिति सर्वसम्मत चयन गरेको छ । गौरादह सुनचाँदी व्यवसायी संघको अध्यक्षमा कमल लाम्गादे सर्वसम्मत रुपमा चयन भएका हुन् । गौरादह नगरपालिका–२ मा भएको भेलाले नगरपालिका क्षेत्र भित्रका सुनचाँदी कालिगढ व्यवसायीहरुको भेलाले लाम्गादेको अध्यक्षतामा १३ सदस्यिय कार्य समिति गठन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा पूर्णबहादुर शंखर, सचिवमा रमेस रपाल, सहसचिवमा पुरन रसाइली रहेका छन् । त्यसैगरी, कोषाध्यक्षमा इन्द्रजित लामिछाने रहेका छन् । नवगठित समितिको सदस्यमा बापुन चौधरी, शंखर बम्बाइया, सरन गजमेर, पर्बिन रसाइली, भीम बि.क., विनोद सुनुवार र सञ्जिव सरकार रहेका छन् । यसअघि सुनचाँदीका…

Read More

कनकाई, १० असोज । झापाको कनकाईमा जारी ‘प्रथम टिभिएस अन्तरप्रदेश टि–ट्वान्टी क्रिकेट’ प्रतियोगिताको आजको खेलमा विराटनगर बिजयी भएको छ । आज भएको दोस्रोल सेमिफाइन खेलमा खुकुरी क्लब भैरहवालाई ५ विकेटले पराजित गर्दै विराटनगरले फाइनलको यात्रा तय गरेको हो । यो जीतसँगै प्रतियोगिताको उपाधिका लागि विराटनगर र युथ क्लब राजविराजबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो इनिङमा ब्याटिङ रोजेको भैरहवाले ७ विकेट गुमाउँदै १३० रन जोडेको थियो । जसका लागि भैरहवाका ब्याटम्यान्स मिनाल गुरुङले २९ र निश्चल चौधरीले ३५ रन जोडेका थिए । १३१ रनको विजय लक्ष्य पाएको विराटनगरले १८ ओभर ३ बलमा ५ विकेट गुमाउँदै चुनौती पूरा गरेको थियो ।…

Read More

अनिल वाग्ले बाुधबारे, १० असोज । बुद्धशान्ति–१ का शहीद बेदप्रसाद र नारायण आचार्यको सम्झनामा आज १६ औं स्मृति सभा सम्पन्न भएको छ । बुद्धशान्ति १ को भोडेटारमा शहीद बेदनारायण आचार्य स्मृति प्रतिष्ठानले स्मृति सभाको आयोजना गरेको हो । १६ वर्षअघि तत्कालीन शाही नेपाली सेनाद्वारा हत्या गरिएका उनीहरुको सम्झनामा भएको स्मृति सभा प्रतिष्ठानका अध्यक्ष छत्रबहादुर तिम्सिनाको सभापतित्व तथा शहीद आचार्यहरुकी ममतामयी माता हिरामाया आचार्यको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा नेकपाका झापा जिल्ला अध्यक्षद्धय चिन्तन पाठक र विजय साम्पाङको विशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपाका जिल्ला तथा गाउँस्तरका नेता तथा कार्यकर्ताको उपस्थितिमा शहीदहरुको सम्झना र उनीहरुले परिर्वतनका निम्ति गरेको योगदान…

Read More

काठमाडौँ, ९ असोज । भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि (यू–१८) स्कुल च्याम्पियनसीपमा नेपालले आज चीनलाई पराजित गर्दै विजयी भएको छ । भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि दुई खेल खेलेको नेपालले दुवै खेलमा हार बेहोरेको थियो । नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो । नेपालको जितमा टीका गुरुङले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल थपे । खेल सुरुवातीको सातौँ मिनेटमा टीकाले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको ३२ औँ मिनेटमा चीनका खेलाडीले एक गोल…

Read More

लन्डन, ९ असोज । क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि जित्नुभएको छ । गोल डट कमका अनुसार ३३ वर्षीय क्रोएसियाली खेलाडी मोड्रिचले २०१८ को विश्वकप फुटबलमा आफ्नो देशलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण योगदान गर्नुभएको थियो । साथै स्पेनी क्लब रियल म्याड्रिडले चारपटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा विजयी हुँदा उहाँ क्लबका महत्वपूर्ण सदस्य रहनुभएको थियो । मोड्रिचले विश्वकपमा गोल्डेन बल ९सुनौलो भकुन्डो० जित्नुका साथै गत महिना युरोपेली सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो । लिभरपुल क्लबबाट खेल्ने इजिप्टका मोहमद सलाहले उत्कृष्ट गोलका…

Read More

मुम्बई, ९ असोज । राष्ट्रवादी विकासशील अभियान नेपाल–भारत केन्द्रीय समितिले दुई नेपाली युवालाई सम्मान गरेको छ । भारतको मुम्बईमा भारतीय चलचित्र निर्माणको क्रममा रहेका नेपाली युवा किरण खतिवडा र मार्सल आर्टका प्रशिक्षक हरि थापालाई समितिले सम्मान गरेको हो । झापा बिर्तामोडका किरण खतिवडा बलिउड चलचित्र निर्माणको क्रममा छन् । निर्देशक, लेखक, डाइरेक्टर एवम् अभिनेताका रुपमा चिनिएका खतिवडा र विराटनगरका मार्सल आर्ट प्रशिक्षण थापालाई नेपाली ढाका टोपी, फुलगुच्छाका साथ सम्मान गरिएको थियो । थापा नेपालमा जन्मिएर भारतको मुम्बईमा खेल प्रशिक्षण गराउँदै आएका छन् । सम्मान कार्यक्रममा राष्ट्रवादी विकासशील अभियान नेपाल (भारत) अन्तर्राष्ट्रिय विभाग प्रमुख सिहान नरेन्द्र ओली, भारत केन्द्रीय अध्यक्ष खड्क…

Read More

सागर गौतम खुदुनाबारी, ९ असोज । झापाको खुदुनाबारीमा राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका अगुवाहरुले प्रहरी चौकी स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नजिकिँदै गरेको चाडपर्वमा शान्ति सुरक्षा कायम गराउने उद्देश्यले आयोजित कार्यक्रममा खुदुनाबारीमा सशस्त्र बेस क्याम्प उठ्न लागेको भन्दै सोमबार उनीहरुले प्रहरी चौकी स्थापनामा जोड दिनुपर्ने दिएका छन् । शान्ति सूरक्षाको विषयमा आयोजित अर्जुनधारा नगरको सभाकक्षमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका अगुवाहरुले आ–आफ्नो धारणा समेत राखेका थिए । नगर प्रमुख हरि कुमार रानाले समृद्ध र शान्त नगर निर्माणमा प्रबन्र्धत्मक कार्यहरु नगरले गर्ने बताए । उनले भनेर्– भौतिक पूर्वाधारमा जोड दिदै आएका छौं , पछिल्लो दिनमा…

Read More

भद्रपुर, ९ असोज । मेचीनगर –९ निवासी साहित्यकार तेजराज खतिवडा (तेराख)ले आफ्नै नाममा प्रतिष्ठान गठन गर्नुभएको छ । पाँच विधामा योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले तेराखले रु १० लाखको अक्षयकोषसहितको प्रतिष्ठान गठन गर्नुभएको हो । सो अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष पुरस्कृत गरिने विधामा साहित्य, कृषि, पशुपालन, शिक्षा र विद्यार्थी रहनेछन् । तेराखले जिल्लाका साहित्यकारको भेला गरी आज बिहान प्रतिष्ठान सञ्चालनका लागि शिवकुमार पौडेलको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समितिसमेत गठन गर्नुभएको छ । तदर्थ समितिका उपाध्यक्षमा दुर्गा भुर्तेल, सचिवमा विनोद खनाल, सहसचिवमा परशुराम तिम्सिना र कोषाध्यक्षमा लेखनाथ खतिवडा रहनुभएको छ । समितिले प्रतिष्ठानको विधान दर्ता गराई ६ महिनाभित्र साधरणसभा…

Read More