झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ९ असोज । कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ । ठीक दुई महिना अगाडि, गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो । घटनाको भएको दुई महिना भइसक्दा पनि दोषी पहिचान हुन सकेको छैन । साउन ११ देखि नै अनुसन्धानमा जुटेको प्रहरी प्रशासनले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन । अनुसन्धान प्रगति शून्य जस्तै छ । ‘अझैसम्म खासै ठोस प्रमाण फेला पर्न सकेन’, कञ्चनपुरका प्रहरी प्रमुख…

Read More

कनकाई , ८ असोज । झापाको कनकाई नगरपालिकामा करिब रू १६ करोडको लागतमा खानेपानी आयोजनाको शिलान्यास भएको छ । कनकाई नगरपालिका–२ स्थित जामुनवारीमा आज ‘जामुनखाडी प्रजापति कनकाई खानेपानी आयोजना’को शिलान्यास गरिएको हो । झापा क्षेत्र नं. ४ का सांसद एलपी साँबा लिम्बू तथा प्रदेश सभाको सांसद हिराकुमार थापाले विधिवत् रुपमा आज उक्त खानेपानी आयोजनाको शिल्यान्यास गर्नुभयो । कनकाई नगरपालिकाको वडा नम्बर १ र २ का वडाबासीलाई लक्षित गरी खानेपानी आयोजना निर्माण गरिएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयबाट प्राप्त रू १३ करोड ७५ लाख र उपभोक्ताबाट संकलित रू २ करोड गरी कूल रू १५ करोड ७५ लाखको लागतमा चार वर्षभित्र खानेपानी…

Read More

काठमाडौँ, ८ असोज । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई आह्वान गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता केसीले पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । “सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती हो, पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन, निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ”, उहाँले भन्नुभयो । नेता केसीले मुलुकमा महँगी, भ्रष्टाचार, महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको र त्यसको अन्त्य गर्नुपर्नेमा जोडदिनुभयो ।

Read More

सुरुङ्गा, ८ असोज । झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस अन्तरप्रदेश टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा खेल वर्षाले विथोलिँदा खुकुरी क्रिकेट एकाडेमी भैरहवालाई फाइदा पुगेको छ । आजको जीतसँगै भैरहवा सेमिफाइनलमा प्रवेश गरेको छ । बर्षाले विथोलिएको खेलमा २ ओभर बाँकी छँदै खेलको नम्स अनुसार भैरहवाले उदयपुर क्रिकेट एकाडेमीलाई ३ रनले हराएको हो । पहिले टच जितेर ब्याटिङ्ग रोजेको उदयपुर क्रिकेट एकाडेमीले आफ्नो सबै विकेट गुमाउँँदै ११० रनको मध्यम स्तरको रन जोडेको थियो । उदयपुरका लागि राष्ट्रिय टिमका सदस्य समेत रहिसक्नुभएका सोनु अन्सारीले सर्वाधिक ३२ रनको योगदान दिनुभयो । उदयपुरका अर्का ब्याटम्यान सहिदुला अन्सारीले २२ रन जोडे पनि बाँकी खेलाडीहरुले दोहोरो अंकको रन…

Read More

बिर्तामोड, ८ असोज । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभाले शेयर पूँजी र निक्षेपमा वृद्धि गर्दै सदस्यहरुलाई विविध सेवा, सुविधा प्रदान गर्ने निर्णय गरेको छ । संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा ३ हजार ७३० जना सदस्यबाट दुई करोड ७८ लाख ८२ हजार रुपैयाँ शेयर पूँजी रहेको बताए । अध्यक्ष श्रेष्ठले चालू आर्थिक वर्षमा शेयर पूँजी वृद्धि गरी ३ करोड ५० लाख रुपैयाँ पुर्याउने महत्वकांक्षी लक्ष्य पनि सुनाए । संस्थाले गत आर्थिक वर्षमा २६ करोड १९ लाख ६४ हजार रुपैयाँ ऋण लगानी गरेकोमा चालू वर्ष ३६ करोड १४ लाख पुर्याउने लक्ष्य पनि सुनाइएको छ…

Read More

बनियानी (झापा) ८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले यातायत क्षेत्रमा गरिएको भाडा बृद्धिको विरोध गरेको छ । चाड पर्वको अवसरमा छूट दिनुपर्नेमा सरकारले उल्टै १० प्रतिशत भाडा बृद्धि गरेको भन्दै संगठनले विरोध जनाएको हो । संगठनको आज बसेको बैठकले भाडा बृद्धिको विरोध गर्दै विज्ञप्ति समेत जारी गरेको छ । ‘चाडपर्वमा सरकारले सहुलियत भाडा बनाउनुपर्नेमा १० प्रतिशत बृद्धि गरेर नेपाली जनताको ढाँड सेक्ने काम गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अध्ययनका सिलसिलामा अन्यत्र गएका विद्यार्थी दशैंका बेला फर्किने बेलामा गरिएको भाडा बृद्धिको विरोध गर्दछौँ ।’ भाड बृद्धिलाई आधार बनाएर अन्य वस्तु तथा सेवामा समेत मूल्यबृद्धि हुने राप्रविसं…

Read More

पशुपतिनगर, ८ असोज । इलाम जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा टोली राख्न स्वीकृति दिइएको छ । नेपाल भारत सीमा क्षेत्रका नेपाली नागरिकले लामो समयदेखि सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था गर्नुपर्नेमा माग गर्दै आएका थिए । सीमा क्षेत्रका नेपाली नागरिकको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै इलामको सीमा क्षेत्र पशुपतिनगरमा पहिलो चरणमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट स्थापनाका लागि सरकारले स्वीकृत दिएको हो । जिल्ला सुरक्षा समितिले इलामको नेपाल भारत सीमा क्षेत्रका पशुपतिनगर, मानेभञ्ज्याङ, छब्बीसे र सन्दकपुर क्षेत्रमा सीमा सुरक्षा बलको टोली राख्ने स्वीकृत मागेको थियो । सुरक्षा समितिको सिफारिशका आधारमा सरकारले पहिलो चरणमा सूर्योदय नगरपालिका–२ स्थित पशुपतिनगरमा…

Read More

इलाम, ८ असोज । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समयमा मुलुकमा अशान्ति र महँगी बढेको बताउनुभएको छ । प्रेस युनियन इलामको आठौँ अधिवेशनका लागि यहाँ आइपुग्नुभएका श्रेष्ठले वर्तमान सरकारले प्रेसलाई घेराबन्दी गर्न खोजेको आरोप लगाउनुभयो । काङ्ग्रेस नेता भीष्मराज आङ्देम्बेले काङ्ग्रेस सच्चिनका लागि भातृसङ्गठन व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

Read More

झापा, ८ असोज । झापाको हल्दिबारी गाउँपालिकाबाट बालिका बलात्कारको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । हल्दिबारी–३ जलथलका एक २१ वर्षीय युवक बलात्कारको आरोपमा आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । ‘अभियुक्तले सोही वडाकी चार वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी परेको छ’, उहाँले भन्नुभयो, ‘अभियुक्तलाई पक्राउ गरेका छौँ, थप अनुसन्धान भइरहेको छ ।’ घटना विवरण अनुसार आइतबार दिउँसो छिमेकी बालिकालाई ती युवकले साइकलमा घुमाउन लगेका थिए । ‘बालिकाले युवकलाई मामा भन्ने गरेका थिए’, प्रनाउ बस्नेतले भन्नुभयो, ‘घुम्न गएको बेला बलात्कार गरेको आरोप छ ।’ घुमेर घर फर्किएपछि बालिकाको योनीमा रगत…

Read More

बिर्तामोड, ८ असोज । झापा मेचीनगर–१० बाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । स्थानीयबासी नारायण गुरुङको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा आइतबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट रू ७७ हजार ३८० नगद, १२ थान मोबाइल र ६ बुक तास ६ बुक समेत बरामद गरेको छ ।

Read More