
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सन्तोष शर्मा बिर्तामोड, ८ मङ्सिर । झापा बिर्तामोड–६ स्यालडाँगी–घण्टीबारीबासीले टोल गस्ती शुरु गरेका छन् । गाउँ–टोलमा विकृति बढेपछि त्यसलाई निमूल पार्न उनीहरुले रात्री टोल गस्ती शुरु गरेका हुन् । ‘एकता नै बल हो’ भन्ने नाराका साथ ‘स्यालडाँगी–घण्टीबारी टोल गस्ती’ गठन गरेर गस्ती शुरु गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गस्ती टोलीका अध्यक्ष नवराज मेचेले जानकारी दिनुभयो । ‘गाउँटोलमा विकृति बढेपछि एक साता अघिदेखि गस्ती शुरु गरेका छौँ’, उहाँले भन्नुभयो, ‘गस्ती शुरु गरेयता गाउँमा शान्ति छ ।’ राति ८ बजेदेखि ११ बजेम्म गस्ती गर्ने गरिएको अध्यक्ष मेचेले बताउनुभयो । गस्ती शुरु गरेयता चार जनालाई कारबाही समेत गरिएको अध्यक्ष मेचेले उल्लेख गर्नुभयो…
विराटनगर, ८ मङसिर । प्रदेश नं १ मा हिमाल हेर्नका लागि स्वदेशी तथा विदेशीलाई सहज रुपमा अवलोकन गर्न आजदेखि हिमाली उडान (माउन्टेन फ्लाइट) शुरु गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत प्रदेशका मन्त्री, प्रदेशका मुख्य सचिव, उच्चपदस्थ कर्मचारी, पर्यटन व्यवसायीले कञ्चनजङ्घा, लोत्से, मकालु, लगातयका हिम शिखरको उडानबाट अवलोकन गर्नुभएको छ । मुख्यमन्त्री राईले प्रदेशको समृद्धका लागि पर्यटन क्षेत्रको विकास महत्वपूर्ण रहेको बताउनुभएको छ । माउन्टेन फ्लाइटबाट अवलोकन पश्चात आयोजित कायक्रममा उहाँले यस प्रकारको उडानबाट पर्यटन व्यवसायको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशभित्र रहेका पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्न प्रदेश सरकार लागि परेको बताउँदै उहाँले…
प्रकाश धौलाकोटी तेह्रथुम, ८ मङ्सिर । तेह्रथुमको म्याङलुङ नगरपालिका–६, सुर्केमा रहेको नवजीवन दुग्ध उत्पादक सहकारी संस्थामा ९१ जना किसानले दूध बेच्छन् । सहकारीमा पनि किसानकै शेयर लगानी छ । सहकारीले शेयर सदस्य किसानको आर्थिक उन्नतिका लागि आफ्नै दुग्ध चिस्यान केन्द्र र सङ्कलन केन्द्रबाट दूध जम्मा गरी बजारसम्म पु¥याउने व्यवस्था गरेको छ । केही वर्ष अघिसम्म सहकारीको दूध सङ्कलन केन्द्रमा दूध जम्मा गर्न घरबाट सात वर्षे बालकदेखि १५ वर्षे किशोरकिशोरीसमेत आउँथे । कहिले लडेर बाटैमा दूध पोखाउँथे, त कहिले दूध बोक्ने भाँडो कुच्याएर आउँथे । दूध बोक्न र घरेलु काममा बालबालिकाको प्रयोग सबैले गर्थे । घरैका काममा आफ्ना नानीहरु लगाउनु अभिभावकका…
रुपन्देही, ८ मङ्सिर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी नेतृत्व प्रजातान्त्रिक ढङ्गबाट नभई निरङ्कुश ढङ्गबाट चलेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी संस्थामुखी नभई व्यक्तिमुखी भएको भन्दै व्यक्तिप्रधान भएर गरिएका निर्णय मान्य नहुने प्रष्ट पार्नुभयो । पार्टी पदाधिकारीमा सामूहिक नेतृत्वमा जानुपर्ने भन्दै उहाँले व्यक्तिमुखी हुँदा नेपाल विद्यार्थी सङ्घ पनि संस्थागत हुन नसकेको दाबी गर्नुभयो । उहाँले पार्टी संस्थागत संरचनाको नयाँ दिशामा प्रवेश गर्न लागेकाले आगामी दिनमा विधि र प्रक्रियासम्मत ढङ्गले अगाडि बढ्ने बताउनुभयो । नेता केसीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयनका लागि सरकार नै अनिच्छुक देखिएकाले…
पशुपतिनगर, ८ मङ्सिर । पूर्वी इलामको पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा बढ्दै गएको अतिक्रमण रोक्न व्यवस्थित पूर्वाधार निर्माणको पाँचवर्षे कार्यायोजना निर्माण गरिएको छ । वार्षिक रु तीन लाख बढी भक्तजन र पर्यटकले भ्रमण गर्दै आएको पाथीभरा क्षेत्रको पूर्वाधार निर्माणका लागि पाथीभरा क्षेत्र विकास कार्यक्रम स्वीकृत गरी उक्त कार्यायोजना निर्माण गरिएको हो । उक्त क्षेत्रभित्र अतिक्रमण भई अव्यवस्थित बस्ती विकास भएपछि त्यसलाई व्यवस्थित गर्न रु ३३ करोडको कार्यायोजना कार्यान्वयनमा ल्याइएको रोङ गाउँपालिकाका प्रमुख समसेर राईले बताउनुभयो । भक्तजन र पर्यटकको आवागमन बढ्दै जाँदा पाथीभरा क्षेत्रको जङ्गल फडानी गरी होटल तथा लज खुल्ने क्रम बढेपछि व्यवस्थित विकास गरी अतिक्रमण रोक्न कार्ययोजना निर्माण गरिएको बताइएको…
काठमाडौं, ८ मंसिर । छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै १३ दिनदेखि धर्नामा बस्दै आएका बुबा यज्ञराज सम्हालिन नसक्ने अवस्थामा पुगेका छन् । शारीरिक रूपमा कमजोर उनी मानसिक रूपमा पनि विक्षिप्त भएका छन् । केही दिनदेखि उनले अस्वाभाविक व्यवहार देखाउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलगेटमा अनिश्चितकालीन धर्नामा रहेका यज्ञराज छिनछिनमै हाँस्ने, गाली गर्ने र रुने गर्न थालेका छन् । सरकार र प्रहरी प्रशासन मात्रै होइन, आफूसँगै धर्नामा बसेका अधिकारकर्मी र पत्रकारलाई पनि उनले गाली गर्छन् । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टको नामै लिएर गाली गरेका छन् । उनको मानसिक स्वास्थ्यमा समस्या आएको भन्दै…
काठमाडौं, ८ मंसिर । पार्टी एकता भएको ७ महिनापछि नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्यहरूको कार्यविभाजन तयारीमा जुटेको छ। पार्टीको जनवर्गीय संगठनको एकता प्रक्रियामा शीर्ष नेतृत्वबीच किचलो भएपछि केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो। लामो समय बितिसक्दा समेत केन्द्रीय सदस्य भूमिकाविहीन भएको भन्दै चौतर्फी रूपमा नेतृत्वको आलोचना शुरू भएपछि सचिवालयको बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागेको छ। पार्टीको सांंगठनिक एकता प्रक्रियामा विवाद भएपछि सचिवालयको बैठकले पार्टीका ४ सय ४१ जना केन्द्रीय सदस्यलाई कार्यविभाजन गरेर कार्यक्षेत्रमा खटाउने भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणसम्बन्धी कार्यदलको प्रस्तावबारे छलफल भएको छ। बैठकले महासचिव विष्णु पौडेल र नेता रामबहादुर…
कपिलवस्तु, ८ मङ्सिर । गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहनुभएका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका उहाँको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पु¥याउँदा मृत्यु भएको पकडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिनुभयो । गोली प्रहार भएको स्थानमा गोलीका तीन/चार खोका भेटिएको र केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको…
काठमाडौँ, ८ मंसिर । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न कारवाही अभियान चलाउने भएको छ । मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा ठगीमा परी उजुरी दिएका पीडितको रकम पछ्र्यौट गर्न वैदेशिक रोजगार विभागलाई निर्देशनसमेत दिएको छ । वैदेशिक रोजगारीका क्रममा स्वदेश तथा विदेशमा ठगीमा परी विभागमा परेको उजुरी माथि वर्षौसम्म कारबाही अघि बढ्न नसकेपछि मन्त्रालयले सो निर्देशन दिएको हो । आजको कारोबार दैनिकमा खबर छ ।
चितवन, ८ मङ्सिर । रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् । सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा मधेश र भित्री मधेशमा आइपुगेको बताउनुभयो । सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन् । नेपालबाट साइबेरियासम्मको दूरी १२ हजार किलोमिटरभन्दा बढी छ । ती चरा सगरमाथामाथिबाट समेत उडेर आउने गरेको उहाँको भनाइ थियो । लामो दूरीबाट आउने हुँदा ठाउँठाउँमा बस्दै जाडो छल्न आउने ती चाराले यो समयमा प्रजनन कार्य गर्दैनन् । असोज महीनादेखी नै आउन…