
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
फिदिम, ९ मंसिर । पाँचथरको मिक्लाजुङ–५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोमा बाँधेर राखिएका छन् । हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच बर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन् । उनका बुवा आसिकराम विदेशमा छन् । उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ । उनी दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन् । नसकेपछि उनी रुँदै चिसो भुँइमा लडिबुडी गर्छन् । आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।
बिर्तामोड, ९ मंसिर । बिर्तामोड–९ मा १५ सदस्यीय उज्यालो दुर्गा बालक्लब गठन गरिएको छ । गठित क्लबको अध्यक्षमा रिता सापकोटा, उपाध्यक्ष गंगा श्रेष्ठ, सचिव सौरब चापागाईं, सहसचिव अनिस राजबंशी, कोषाध्यक्ष सौरब पौडेल र सहकोषाध्यक्षमा मनिता श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यमा रोनिस पाठक, पवन सुबेदी, जेनिस पाठक, निरज कटुवाल, कमला बिष्ट, सुनिराम मड्डी, दिक्षा ठकुरी, सन्ध्या रिमाल र गुन्जन खड्का रहेका छन् । बालबालिकाको क्षमता अभिबृद्धि तथा सामाजिक उत्तरदायित्व निर्माण गर्न क्लब गठन गरिएको बाल क्बल अध्यक्ष सापकोटाले बताइन् । विद्यालय बिदाको दिन त्यसै खेर गएको र यसलार्इ सदुपयोग गर्न विभिन्न गतिविधि गर्दै अघि बढ्ने सचिव चापागार्इंले जानकारी दिए…
काठमाडौं, ९ मंसिर । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘अनौपचारिक’ सवारीका लागि टोयोटाको गाडी खरिद गर्न प्रतीतपत्र खोलेको छ । महँगो लिमोजिनका सट्टा तीन वटा हाइल्यान्डर किन्न लागिएको हो । त्यसमा एक बुलेटप्रुफ, अर्का दुई वटा बुलेटप्रुफ जस्तेै देखिने ‘फुलअप्सन’का विलासी गाडी हुनेछन् । गाडी खरिदलाई लिएर चर्को विरोध भइरहँदा पनि सरकारले थाइल्यान्डको ओरा इन्टरट्रेड कम्पनी लिमिटेडमार्फत गाडी ल्याउने तयारी गरेको छ । नेपालमा टोयोटा गाडी बिक्री गर्दै आएको वैद्य अर्गनाइजेसनले यसमा सहजीकरण गरेको छ । यसको ओरासँग सीधा सम्बन्ध छ । आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।
काठमाठौं, ९ मंसिर । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्न लागेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ पारित गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
काठमाडौँ, ९ मंसिर । नेत्रविक्रक चन्द विप्लव नेतृत्व नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई सरकारले संरक्षण गरेको आरोप लगाए । नेकपाको पुनर्गठित भएको अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा विश्वकर्माले निर्मला पन्त घटनाका दोषीलाई राज्य आफैँले संरक्षण गरेको बताए । कसरी दोषीलाई कारबाही गर्छ, विश्वकर्माले भने, दोषी पत्ता लगाउन राज्य पुर्णरुपमा असफल भएकाले हाम्रो पार्टीले खोजबिन गरी पत्ता लगाएर कारबाही गर्छ । विश्वकर्माले देशमा जनताको हितअनुसार काम नभएको बताउँदै जनताको मुक्तिका लागि अर्को आन्दोलन आवश्यक रहेको दाबी गरे । आजको नयाँ पत्रिकामा खबर छ ।
काठमाडौँ, ९ मंसिर । चिनियाँ राजदुतलाई सँगै लिएर प्रधानमन्त्री केपी शर्मा ओली ८ महिनाअघि लामाबगर आउँदा निर्माणधीन लामाबगर तिब्बत सिमाना सडकको स्थलगत अवलोकन गरे । निर्माणधीन माथिल्लो तामाकोसी जलविधुत् आयोजनाको बाँधमै पुगेर अवलेकनपछि सडकको महत्वको बारेमा जानकारी लिएलगत्तै ओलीले घोषण गरे, ढुक्क हुनुस्, ६÷७ किलोमिटर सुरुङमार्ग खनेरै भएपछि चाँडै लामाबगरदेखि तिब्बत नाका जेडिन्छ । उनले त्यही बेला भन्न भ्याए यो नाका चीनसँग नाया खोल्ने नाको उच्च प्राथमिकतामा छ । प्रधानमन्त्रीले स्थलगत रुपमै पुगेर गरेको घोषणापछि सीमा क्षेत्रका स्थानीदेखि समग्र जिल्लावासी नै हर्षित भए । तर, प्रधानमन्त्रीले घोषणा गरेको सडकको ८ महिनापछि नियमित आईरहेको बजेटसमेत काटेर सडक विभागले निर्माणधीन काम समेत…
काठमाडौँ, ८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार हुने भएको छ । पूर्वनिर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको नेकपा सचिवालयको बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्य विभाजनको टुङ्गो लगाउने निणर्य गरेको हो । केन्द्रीय सदस्यको कार्य विभाजनपछि मात्रै जनवर्गीय सङ्गठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल र नेताहरु वामदेव गौतम, ईश्वर पोखरेल,…
बिर्तामोड, ८ मंसीर । नेपाल दशनामी समाज प्रदेश नम्बर १ ले प्रदेशका १४ वटै जिल्लाका दशनामीहरुको तथ्याङ्क संकलन गर्ने भएको छ । समाजको शनिवार झापाको बुट्टावारीमा दशनामीहरुले निर्माण गरेको नयाँ भवनमा वसेको प्रदेश १ को दोस्रो वैठकले १४ वटै जिल्लामा दशनामी अतिथिगृहका लागि समेत पहल गर्ने निर्णय गरेको हो । सोही अवसरमा प्रदेशले परामर्श कार्यक्रममा समेत सम्पन्न गरेको थियोे । नेपाल दशनामी समाज प्रदेश नम्बर १ का अध्यक्ष चन्द्रप्रसाद गिरीको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष गोविन्दबिक्रम गिरीको प्रमुख आतिथ्यता रहेको थियो । अध्यक्ष गिरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । स्वागत समाजका प्रदेश नं. १ उपाध्यक्ष टिकाबहादुर वनले…
गोविन्द लामिछाने मङ्गलबारे, ८ मङ्सिर । हरियो चियापत्तीको उपयुक्त मूल्य नपाएको गुनासो बढिरहेका बेला किसानले सहकारीस्तरबाटै कारखाना खोलेर पत्ति प्रशोधन गर्न थालेका छन् । जिल्लामा रहेका ठूला कारखानाले कृषकको श्रमसमेत नउठ्ने गरी मूल्य दिएको गुनासो गर्दै आएका किसान आफैँ चिया मालिक बन्न प्रशोधन कारखाना खोल्न लागिपरेका हुन् । सहकारीमार्फत खुलेका उद्योगले उत्पादनलाई पूर्ण अग्र्यानिक बनाउँदै अन्तर्राष्ट्रिय बजारसम्म उत्पादन पु¥याउने लक्ष्यका साथ नाशामार्फत अग्र्यानिक प्रमाणीकरण लिने क्रम पनि शुरु गरिएको छ । चिया अग्र्यानिक हुँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा यहाँको चियाको निर्यात बढ्ने तीनजुरे चिया कारखानाका व्यवस्थापक सोमनाथ शर्माको भनाइ छ । देशभरमा सहकारीमार्फत ३१ कारखाना खुलेका छन् । झापामा खुलेका चार…
सागर गौतम खुदुनाबारी, ८ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यो समयमा प्रतिपक्षी दलले सरकार फेल भयो भन्नुको कुनै अर्थ नरहने बताएका छन् । शनिवार झापाको अर्जुनधारामा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले प्रतिपक्षी दल कांगे्रसले सरकारको कामको मुल्याङ्कन गर्ने समय अहिले नभएको बताएका हुन् । उनले कांग्रेस सरकारमा भएको समयमा बिगारेको कामलाई सपार्दै सरकारको यतिका समय बितेको बताए । बिगतमा गरेका निर्णयलाई कार्यन्योयन गर्दै सरकार अघि बढेकाले कांग्रेसले सरकारको निर्णय गलत भन्नु आफ्नो गलत निर्णयको ढाकछोप गर्नु मात्र भएको दाबी गरे । ‘निर्णय गर्नेबेला होस छैन, अहिले कार्यन्योयन गर्दा सोहि निर्णय किन अपाच्य भयो ?’ उनले…