झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कञ्चनपुर, २८ भदौ । निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्। प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन्। ‘एसपी बिष्ट, डिएसपी सेठी र सिआइबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरूका कल डिटेल हेरिनुपर्छ,’ निर्मलाका मामा केशव भण्डारीले भने, ‘एसपी बिष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्छ।’ निर्मलाका आफन्तले अनुसन्धानमा…

Read More

काठमाडौं, २८ भदौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले कक्षा ९ र १० मा अध्ययनरत देशभरका करिब १० लाख विद्यार्थीले रजिस्ट्रेसन र एसईई परीक्षा आवेदन फाराम भर्न पाएका छैनन् । गत असारसम्म भरिसक्नुपर्ने फाराम विद्यार्थीले अझै भर्न नपाएका हुन् । आगामी चैतमा एसईई परीक्षा तयारी गरिरहेका करिब साढे ५ लाख विद्यार्थीले गत बर्ष नै भरेको फाराम पनि स्वीकृत गरिएको छैन । रजिस्ट्रेसन फाराम स्वीकृत भएपछि मात्रै परीक्षा आवेदन फाराम भर्न पाइन्छ । परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको व्यवस्थापन र तयारीको काम गर्दै आएको थियो । कार्यालय खारेज गरेर बोर्डले परीक्षाको जिम्मेवारी पाएपछि मन्त्रालयसँग विवाद बढेको…

Read More

काठमाडौँ, २८ भदौ । संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ । संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता दल नेपाल र संघीय समाजवादी फोरम सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने र दिवसलाई कालो दिनका रूपमा बहिष्कार गर्ने निर्णयमा पुगेका छन् । फोरम अध्यक्ष उपेन्द्र यादव संघीय सरकारको उपप्रधानमन्त्री छन् भने उनकै दलका उपाध्यक्ष प्रदेश २ सरकारको उपप्रधानमन्त्री छन् । सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा केन्द्र र प्रदेश सरकारमा सहभागी यो दलले भने कालो दिनका रूपमा विरोधको कार्यक्रम गर्ने जनाएको छ । संविधान दिवस नमनाउने लाइनमा रहेको राजपा…

Read More

गौरादह, २८ भदौ । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस गौरादह कृषि क्याम्पसका विद्यार्थीहरुले भब्यताका साथ दर खाएर तिज पर्व मनाएका छन् । २७ जना छात्र विद्यार्थीले १९ जना छात्रा विद्यार्थीहरुलाइ विशेष परिकार तैयार गरेर दर खुवाएका हुन । तिज पर्वको अलग्गै सांस्कृतिक पहिचान रहेको विद्यार्थी नेता कुशल लामिछानेले बताउँछन् । तिज पर्वको अवसर पारेर ३५ जिल्ला बाट आएका साथीहरू बिच आत्मीय सम्बन्ध स्थापित हुन सकोस भन्ने उद्देश्यले दर खाने कार्यक्रम आयोजना गरिएको विद्यार्थीहरु बताउँछन् । ‘यस वर्षको तिजले चेली र माइतीको सम्बन्ध स्थापित भएको छ, हामी पनि सांस्कृतिक पर्वको अवसर पारेर माइतीलाई विशेष परिकारले सम्मान गर्ने छौँ’, छात्रा विद्यार्थीहरुले हास्दै…

Read More

झापा, २८ भदौ । कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब नौ हजार नेपाली कामदार कालोसूचिमा पर्ने खतरा बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ पछि बन्द गरेको मलेसियाको राजगारी खुल्ने निश्चित नहुँदा त्यस्तो खतरा देखिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदारलाई हित हने गरी गरेको उक्त निर्णय विविध कारणले टुंगोमा पुग्न ढिलो हुँदा कलिङ भिसा पाइसकेका कामदार केही दिनमै मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको छ। कमदारसँग चर्को शुल्क लिएको भन्दै मन्त्रालयले मलेसिया सम्बद्ध भिएलएन, बायोमेट्रिक, ओएसी, आइएससी र माइग्राम्स खारेजी गरेपछि जेठ २ पछि कोही पनि नेपाली कामदार मलेसिया जान पाएका छैनन्…

Read More

हेटौँडा, २८ भदौ । तिजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ । छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए । अचेत भएको केहि बेरमै उनका निधन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । सिवाकोटी बहुराष्ट्रि कम्पनी युनिलिभर लिमिटेडमा कार्यरत थिए । हेटौँडा अस्पतालमा पोस्टमार्टमापछि आफन्तले शव लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

अर्जुनधारा २८ भदौ । झापा खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले खेल विधाको विषयमा अर्जुनधारा नगरबाट झापाका अन्य नगरले पनि अनुसरण गर्नुपर्ने बताएका छन् । अर्जुनधारा नगर तेक्वान्दो संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले उक्त कुरा बताएका हुन् । खेलाडी प्रति माया, सद्भाव राख्ने नगर प्रमुख नेपालमा कमै हुन्छन् । थापाले भनेर्– पछिल्लो दिनमा फुटबल, कराते, तेक्वान्दो, उसु लगायतका खेल विधामा अर्जुनधारा नगर नेपालमा अव्बल हुनुमा स्थानीय सरकारका प्रमुख रानाको खेल क्षेत्रप्रति सकरात्मक बुझाई र सहयोगको कारणले भएको भनाई राखेँ ।’ कार्यक्रममा नगर प्रमुख रानाले उर्सु, तेक्वान्दो, कराते, फुटबल लगायतका खेलहरुलाई टेवा पु¥याउने उदेश्यले एकवर्ष परीक्षणका लागि कार्यक्रम तय गर्ने…

Read More

रौतहट, २८ भदौ । बालिका बलात्कार घटना ढाकछोप गर्न एक प्रदेश सभा सांसदले आफ्नै घरमा छलफल ९पञ्चायती० राखेको खुलासा भएको समाचार आजको कान्तिपुरको दोस्रो पृष्ठमा छापिएको छ । पीडितलाई प्रहरीकहाँ आउन नदिइ घटनाको ४ दिनसम्म गाउँमै मिलाउने प्रयास गरिएको थियो । पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको खुलेको हो । रौतहटको गम्हरियाकी १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ५० बर्षीय सहमद अन्सारीलाई पक्राउ गरेको छ । भदौ २० गते घरमा कोही नभएको बेला अन्सारीले बलात्कार गरेका थिए । घटनापछि प्रदेशसभा सांसद अब्दुल कलाम आजाद ९फूलबाबु०ले घरमा पीडकलाई समेत झिकाएर पञ्चायती गरे । बालिकाकी…

Read More

म्याग्दी, २८ भदौ । रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ । छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिनुभयो । बाढीले घ्याँसीखर्कस्थित स्वास्थ्य चौकी बगाउनुका साथै तीन झोलुङ्गे पुलमा पनीे क्षत्ती पु¥याएको छ । खरिबोटस्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्यालको घर र कुईनेमंगलेको तेर्सो भन्ने ठाउँमा अर्को एउटा घर पनि रघुगंगामा आएको बाढीले बगाएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । करिब बीस घर रहेको घ्याँसीखर्क गाउँ…

Read More

बारा, २८ भदौ । बारामा मन्दिर छोएको निहुँमा दलित समुदायमाथि सांघातिक आक्रमण भएको छ । पावरवाानीपुर गाउँपालिका ३, लिपनीमालस्थित मन्दिर दलित बालकले छेएको भन्दै कुटपिट भएको हो । स्थानीइ गैरदलितको कुटपिटबाट समुन राम, उनका दाजु उमेद र भनिज आकाश गम्भीरु घाईते भएका छन् । उनीहरुको उपचार पर्साको बहुअरीस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलमा भईरहेको छ । सुमनको सघन उपचार कक्षमा तथा उमेद र अचाकाशको जनरल वार्डमा उपचार भईरहेको छ । स्थानीय दलितका अनुसार घटना चार दिनअघिको करिमन रामका सानो छोरा बदरीले वस्तीनजिकै रहेको मन्दिरको धारामा गएर पानी खाएका थिए । त्यसपछि मन्दिरका बाबा रामदयाल यादवले अछुत जात भएर धारा छोएको भन्दै…

Read More