
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सागर गौतम अर्जुनधारा, २६ भदौ । एकीकृत शहरी विकास योजना प्रथम सरोकारवालाहरुको भेलाले अर्जुनधारा नगरपालिकाका बाट प्रमुख हरि कुमार रानाको अध्यक्षतामा २३ सदस्यीय नगर समन्वय समिति गठन भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग बबरमहल, काठमाण्डौं,एकीकृत शहरी विकास योजना प्रथम सरोकारवालाहरुको अर्जुनधारा नरपालिकाको सभाकक्षमा सम्पन्न भेलाले प्रमुख रानालाई उक्त जिम्मेवारी दिएको हो । उक्त समितिले नगर क्षेत्रमा एकीकृत सहरी विकास योजना तर्जुमा गर्ने जिम्मेवारी पाएको परामर्श दातालाई काम गर्ने शिलशिलमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने नगरस्तरीय समिति गठन भएको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले बताए । समितिको सदस्यहरुमा उप–प्रमुख कमला खतिवडा, प्रमुख…
उर्लाबारी, २६ भदौ । मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा बा १९ च ६१२२ नं को कार अनियन्त्रित भई राजमार्ग किनारमा पल्टिँदा कारमा सवार धरान उपमहानगरपालिका– १ बस्ने ५५ वर्षीया ललिता अग्रवालको पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको छ । कारमा सवार धरान–१ बस्ने ८१ वर्षीय दिखनाथ अग्रवाल, चितवन भरतपुर महानगरपालिका बस्ने ३० वर्षीया गीता अग्रवाल, कार चालक सोही ठाउँका ३२ वर्षीय अनिश अग्रवाल र नौ वर्षीय बालक बरुण अग्रवाल घाइते भएका छन् । घाइते सबैको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले…
दमक, २६ भदौ । झापाको कमल गाउँपालिका–६ मङ्गलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा मृत फेला पर्नुभएको छ । गौरीगञ्ज वडा नं– ६ बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा आज बिहान उहाँको शव फेला परेको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिनुभयो । घटनास्थलमा मे ७ प १९०४ नं को मोटरसाइकल, मोबाइल, ब्याग समेत फेला परेको छ । सोमबार बेलुका पौडेल र उहाँकी श्रीमतीसँगै गौरीगञ्ज बजार आएका थिए । साँझ करीब ६ बजेतिर श्रीमतीलाई एक नास्ता पसलमा एक छिन बस्नु भनी हिँड्नुभएका पौडेल राति ९ बजे मात्र अपहरणमा परेको खबर आएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो…
दमक, २६ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नेपालको न्यायालय अझै पनि आम नागरिकको पहुँचभन्दा बाहिर रहेको बताउनुभएको छ । युथ नेटवर्क दमकले आज यहाँ आयोजना गरेको ‘न्यायामा आम नागरिकको पहुँच’ विषयक अन्तक्र्रियामा उहाँले न्यायालय अहिले पनि सीमित व्यक्तिको पहुँचमा मात्र रहेकाले न्यायालयले प्रदान गर्ने सेवा सुविधामा आमूलपरिर्वतनको खाँचो रहेको बताउनुभयो । आम नागरिकमा अहिले पनि न्यायप्राप्तिका विषयमा ज्ञान नहुँदा सीमित सङ्ख्यामा रहेका भूमाफिया र दलालका कारण न्यायमा समेत प्रभाव पार्नसक्ने चर्चा गर्दै उहाँले न्यायलयमा पनि अझै सुधारको खाँचो रहेको बताउनुभयो ।
विराटनगर, २६ भदौ । प्रदेश नं १ को प्रदेशसभामा प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५ पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । सभामा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९९ बमोजिम प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७४ मा प्राप्त संशोधनमाथि प्रदेशसभा सदस्य लक्ष्मण तिवारीले छलफल गर्नुभएको थियो । आठ प्रदेशसभा सदस्यले सो विधेयक संशोधनका लागि प्रस्ताव दर्ता गर्नुभएको थियो । संशोधित विधेयकलाई आर्थिक मामिलामन्त्री आङ्बोले स्वीकार गर्नुभएको…
झापा, २६ भदौ । झापाको शिवसताक्षी नगरपालिकाको एक वटै वडामा साढे रू ६ करोड ५० लाख भन्दा बढी बजेट विनियोजन भएको छ । शिवसताक्षीको १० नम्बर वडामा चालू आर्थिक वर्ष २०७५÷०७६ का लागि नगरपालिका र प्रदेश सरकारबाट उक्त बजेट प्राप्त भएको वडाध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा वडा नं. १० लाई रू ५० लाख बजेट उपलब्ध गराइएको थियो । वडाको दोमुखा पर्यटन क्षेत्र विकासलाई रू १ करोड, माइधाम मुक्ति आर्यघाटलाई रू १ करोड, केएनके स्पोटिङ क्लब रङ्गशाला मर्मतमा रू ७५ लाख, खानेपानीलाई रू ४० लाख, रिङरोड रू ५० लाख, ट्रम रोड रू ५० लाख, तटबन्ध रू ३…
बनेपा, २६ भदौ । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको आवश्यकता विकास र समृद्धि रहेको बताउनुभएको छ । काभ्रेको बनेपामा जिल्ला सहकारी सङ्घले आज आयोजना गरेको ५१औँ स्थापना दिवस तथा ३७ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्नुहुँदै उहाँले देशको विकास र समृद्धिको अभियानमा सहकारी संस्थाले गरेको क्रियाकलापले महत्वपूर्ण भूमिका पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विकास र सृमद्धि भनेको नै सामाजवाद हो यसले मात्रै मुलुकमा आर्थिक परिर्वतन ल्याउन सक्छ ।” उहाँले अब सहकारी संस्थाले उत्पादन र आर्थिक क्षेत्रमा साना–साना पूँजीलाई सङ्कलन गरेर ठूलो पूँजीमा परिणत गर्ने र त्यहीबाट ठूलो व्यवसाय गर्ने बाटोतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी सङ्घको स्थापनाकालदेखि महत्वपूर्ण…
काठमाडौँ, २६ भदौ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका छन् । १५ दिनको म्याद पाएको समितिको म्याद फेरि १५ दिन थपिएपछि उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । समितिमा प्रतिनिधित्व गर्ने पाँचजनामध्ये केसी मात्रै न्याय सेवाका अधिकारी हुन् । समितिमा एकजना गृह मन्त्रालयका सहसचिव र तीनजना सुरक्षाकर्मी छन् । समितिले रातदिन काम गरेर थुप्रै मान्छेको बयान र स्थलगत प्रमाण संकलन गरिसकेकाले समितिको म्याद थप्नै नहुने उनको अडान थियो । प्रहरीले दिलीपसिंह विष्ट र बम दिदीबहिनीलाई थुनामा राखेको छ । तर, छानबिनका क्रममा संकलन भएका तथ्यले वास्तविक…
काठमाडौँ, २६ भदौ । चार दिनअघि सुत्केरी भएकी जुम्ला, सिंजा गाउँपालिका—१ की ईश्वरीदेवी उपाध्यायका आँखा ओभाएकै छैनन्। उनका पति धनप्रसाद एक सातादेखि तनावमा छन्। पत्नीलाई प्रसव व्यथाले च्यापेदेखि नै धनप्रसाद कुदेको कुद्यै छन्। सुत्केरी बेथाले सिकिस्त ३३ वर्षीया ईश्वरीलाई डोर्याउँदै ६ घण्टा हिंडाएर उनले नाग्म ल्याए। नाग्मबाट गाडी चढाए। घरबाट २३ कोस टाढा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सकसका साथ पुगेपछि ईश्वरीले त्यहाँ तीन केजीको छोरा जन्माइन्। भदौ २१ गते साँझ नयाँ सन्तानको आगमनमा खुशी भएको यो दम्पत्तिलाई अहिले उसैलाई कसरी बचाउने भन्ने पिरलो छ। सुरुमा यातायात असुविधाका कारण सास्ती झेलेका ईश्वरी र धनप्रसाद स्वास्थ्य सुविधा भएको ठाउँमा आएपछि भने…
कञ्चनपुर, २६ भदौ । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्ने उच्चस्तरीय सरकारी समितिका एक सदस्यले राजीनामा गर्दै आफ्नो ज्यानको सुरक्षाको माग गरेका छन् । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक सदस्यले राजीनामा दिएका छन् । समितिमा प्रदेश ७ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव वीरेन्द्र केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्। उपसचिव केसीले समितिको म्याद थप भएको विषयमा असहमति जनाउँदै राजीनामा दिएको जनाएका छन्। उनले १५ दिन म्याद थप गरिएपछि निर्मलाले न्याय पाउनेमा शंका लागेर राजीनामा दिएको बताए।…