झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

ताप्लेजुङ, १९ भदौ । सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने भएको छ । पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ सिदिङ्वा गाउँपालिकाले उक्त महोत्सवको आयोजना गरेको हो । जैविक, धार्मिक र सांस्कृतिक महत्वको क्षेत्र तिम्बुङ पोखरीको प्रचारप्रसार गर्न यही भदौ २२ देखि २४ गतेसम्म महोत्सव हुने सो गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिनुभयो । महोत्सवको माध्यमबाट उक्त क्षेत्रमा रहेका सिदिङ्वा धाम, सुन्दर ढङ्ढङे झरना, कालीपोखरी, हात्ती ढुङ्गालगायतका रमणीयस्थलको प्रचार–प्रसारमा सहयोग पुग्नेछ । तिम्बुङ पोखरी पुग्न पाँचथर र ताप्लेजुङबाट तीन दिनसम्मको पैदलयात्रा गर्नुपर्छ । पाँचथरको फलैँचा तथा ताप्लेजुङको सिरिजङ्घास्थित खेवाङ हुँदै सो ठाउँ पुग्न सकिन्छ । तिम्बुङ पोखरी वरपर हाँडी…

Read More

काठमाडौंँ, १९ भदौ । महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो । उक्त प्रतियोगिता राखेपको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म हुने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यू डायमण्ड क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको समूह ‘ए’ मा चितवन, न्यू डायमण्ड र आर्मी तथा समूह ‘बी’मा पुलिस, एपीएफ र पोखरा छन् । लिगको विजेताले रु ६ लाख,…

Read More

कञ्चनपुर, १९ भदौ । कृष्णपुर नगरपालिकामा सोमबार दुई युवती बेहोस अवस्थामा भेट्टिएका छन् । कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका–१ का बविता राना बेहोस अवस्थमा फेला परेका हुन् । दुवै जनालाई उपचारका लागि सेती अञ्चल अस्पताल भर्ना गरिएको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ । बृद्धलाई कुटपिट कृष्णपुर नगरपालिकामा एक वृद्धालाई कुटपिट गरिएको छ । कृष्णपुर–८ बिचुवाका ४० वर्षीय किशोरदत्त भट्टले मादक पदार्थ सेवन गरी ७० वर्षीया दुलारी रानालाई कुटपिट गरेका हुन् । इलाका प्रहरी कार्यालय कृष्णपुरले भट्टलाई नियन्त्रणमा लिइ आश्यक प्रक्रिया अगाडि बढाएको छ ।

Read More

काठमाडौँ, १९ भदौ । केपी ओली र पुष्पकमल दाहालले पार्टी एकतासँगै आफूलाई ‘एउटै जेटको जोर पाइलट’ घोषणा गरेको तीन महिना नाघिसक्यो। तर मुख्य नेताकै जोडघटाउ नमिल्दा नेकपाको तल्लो तहमा एकता प्रक्रिया लम्बिएको छ। पूर्वघटकभित्रैका समूह असन्तुष्ट भएपछि केन्द्रीय कार्यालयमा एकता कार्यदलका प्रतिवेदनसँगै नेतृत्वको दाबीसहित समानान्तर सिफारिसका कागज पनि चाङ लाग्न थालेका छन्। झन्डै दुई दर्जन जिल्लाबाट कार्यदलले भागबन्डा गरेर पठाएको नामावली एकलौटी भएको भन्दै महासचिव विष्णु पौडेललाई समानान्तर प्रतिवेदन पठाइएको हो। केन्द्रीय कार्यालयको आन्तरिक सर्कुलरअनुसार भदौ दोस्रो सातासम्म प्रदेश तथा जिल्ला कमिटी र जनसंगठनको एकता भइसकेर पहिलो बैठकै बसिसक्नुपथ्र्यो। भूगोलका ७ प्रदेश, ७७ जिल्ला, ४ विशेष जिल्ला र २२ जनसंगठनको…

Read More

काठमाडौँ, १९ भदौ । रोजगारीको आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा ज्यान गुमाएका कामदारको शव झिकाउन नेपालले वर्षमा एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । विगतमा नेपालले गतिलो गरी कोरियासँग श्रम सम्झौता गर्न नसक्दा शव झिकाउनमै त्यति ठुलो रकम खर्च गर्नुपरेको हो । पछिल्ला दिनमा कोरिया पुगेका कमदारको मृत्यु हुने क्रम बढ्दै गएकाले खर्च अझै बढ्ने अनुमान गरिएको छ । रोजगारीका लागि विदेसिएका कामदारको निधन हुँदा घरसम्म शव ल्याइदिने दायित्व रोजगारदाताको हुने गरे पनि नेपालले कोरियासँग त्यस्तो सम्झौता गर्न सकेको छैन, जसले गर्दा कामदारको कल्याणकारी कोषको रकम शव ढुवानीमा खर्च हुने गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, १९ भदौ । पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ । प्रहरीले उनका तीन कामदारलाई १५ दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको, तर हत्या गर्नेहरू कसरी घरभित्र छिरे भन्ने नै अहिलेसम्म प्रहरीले पत्तो लगाउन सकेको छैन । गत ४ भदौमा बबरमहलस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुले टाउको र घाँटीमा आक्रमण गरी उनको हत्या भएको थियो । घरमा झादम्पती मात्रै बस्दै आएका थिए । श्रीमती पहिलो तलामा सुत्थिन् भने उनी भुइँ तलामा । घर बन्द भएकाले कसरी हत्यारा घरभित्र छिरे भन्नेमै प्रहरी अल्झिएको छ । जसले ‘हाइप्रोफाइल मर्डर’ अनुसन्धानमा प्रहरीले केही तथ्य भेटाउन सकेको छैन । दुई…

Read More

विराटनगर, १९ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले देशको समृद्धि र विकास सरकारको प्रमुख एजेण्डा रहेको बताउनुभएको छ । निर्माण व्यावसायी सङ्घ मोरङ, बिराटनगरको २४औँ वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री महासेठले मुलुकमा ऐतिहासिक परिवर्तनपछि राजनीतिक एजेण्डा समाप्त भएकाले अब मुलुकको समृद्धि र विकासमा मात्र सरकार केन्द्रित हुने बताउनुभयो । यही भदौपछि सरकारले सोचेअनुसारको काममा लाग्ने उहाँले प्रष्ट पार्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सङ्कल्प ‘सुखी नेपाली, समृद्ध नेपाल’ पूरा गर्न पूर्वाधारको विकासमा जोड दिइएकाले अबको पाँच वर्षभित्रमा छ देखि आठ हजार किलोमिटर सडक निर्माण गर्ने मन्त्री महासेठले जानकारी दिनुभयो । अगामी संसदीय निर्वाचन अघि मेचीदेखि महाकालीसम्म हुलाकी…

Read More

कोहलपुर, १९ भदौ । कोहलपुरकी १३ वर्षीया बालिका तीन बर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ । परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको पीडितका दाजुले गरेका छन् । बहिनी बलात्कारको पीडाले विक्षिप्त भएपछि बल्ल प्रहरीसमक्ष पुगेको दाजुले बताएका छन् । मैले आन्टी काकीलाई पटकपटक भनेकी थिएँ, काकीले चुप लाग भन्नुभयो । हजुरबुबाले कतै भनिस् भने मार्दिन्छु भन्नुहुन्थ्यो, त्यसैले केहि बोलिनँ, बहिनीको भनार्इ उद्धृत गर्दै उनले भने । उनी पहिलो पटक १० बर्षको हुँदा बलात्कृत भएकी थिइन् । नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यले नै संरक्षण गर्दै आएको खुलासा भएको हो । परिवारका…

Read More

भद्रपुर, १९ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडा आज झापा आउने भएका छन् । आज डा. खतिवडाले भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्न र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको स्वर्ण महोत्सवमा स्वर्ण स्तम्भ अनावरण गर्ने छन् । मेची भन्सार कार्यालय मातहातमा रहेका भद्रपुर छोटी भन्सारलाई भन्सार विभागले मेची पुल सूचारु भएसँगै स्तरोन्तती गर्दै छुट्टै भन्सार कार्यालय तोकेका हुन् । विभागले भद्रपुर भन्सार कार्यालय तोकेपछि सोही कार्यालयको उदघाटन अर्थमन्त्री डा। खतिवडाले गर्ने कार्यक्रम तय भएको छ । भन्सारको कार्यक्रम विहान ११ बजे हुनेछ । त्यस्तै अर्थमन्त्री खतिवडाले भन्सारको कार्यक्रम पश्चात भद्रपुरस्थित नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ५० औ बर्षको अवसरमा स्वर्ण महोत्सव…

Read More

बनियानी, १९ भदौ । झापाको कचनकवल गाउँपालिकामा विद्यार्थीले सर्पदंश उपचार केन्द्र स्थापना गर्न माग गरेको छन् । सर्पदंशका कारण उपचार अभावले बर्सेनि मानिसको मृत्यु हुन थालेपछि उनीहरुले त्यस्तो माग गरेका हुन् । सोमबार यहाँका ६ विद्यालयका करिब ७ सय विद्यार्थीले गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । सर्पदंशका कारण गत शुक्रबार मात्रै कचनकवल–२ की तीलबहादुर भट्टराईकी १४ वर्षीया छोरी पूजा भट्टराईको मृत्यु भएको थियो । उनलाई उपचारका लागि लैजाने क्रममा बाटै मृत्यु भएको थियो । दुई महिनायता सर्पदंशका कारण यस क्षेत्रका तीन जना बालबालिकाले ज्यान गुमाइसकेका छन् । सर्पको टोकाइबाट अकालमै ज्यान गुमाउनु परेको भन्दै…

Read More