
भद्रपुर, १९ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडा आज झापा आउने भएका छन् ।
आज डा. खतिवडाले भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्न र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको स्वर्ण महोत्सवमा स्वर्ण स्तम्भ अनावरण गर्ने छन् ।

मेची भन्सार कार्यालय मातहातमा रहेका भद्रपुर छोटी भन्सारलाई भन्सार विभागले मेची पुल सूचारु भएसँगै स्तरोन्तती गर्दै छुट्टै भन्सार कार्यालय तोकेका हुन् । विभागले भद्रपुर भन्सार कार्यालय तोकेपछि सोही कार्यालयको उदघाटन अर्थमन्त्री डा। खतिवडाले गर्ने कार्यक्रम तय भएको छ ।
भन्सारको कार्यक्रम विहान ११ बजे हुनेछ । त्यस्तै अर्थमन्त्री खतिवडाले भन्सारको कार्यक्रम पश्चात भद्रपुरस्थित नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ५० औ बर्षको अवसरमा स्वर्ण महोत्सव स्तम्भको अनावरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
