
रौतहट, २८ फागुन । रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित टोलमा दुई महिला सहित ६ जनामाथि भएको सामूहिक आक्रमण घटनामा संलग्न आठ जनाविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
पीडित बिर्जाराम चमारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालको निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियामा बुधबार नै उक्त मुद्दा दर्ता गरिएको हो ।

प्रहरीका अनुसार दलित परिवारमाथि सामूहिक रूपमा आक्रमण गरेको आरोपमा पसिन्द्र यादवलाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नवीनकुमार यादव र जयप्रकाश यादव भने फरार रहेका छन् ।
फरार अभियुक्तहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पसिन्द्र यादवलाई इलाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा राखिएको छ

