
बिर्तामोड, १४ साउन । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले १४औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।
वार्षिकोत्सवका अवसरमा संस्थाले १० वर्षभन्दा बढी काम गर्ने कर्मचारीलाई दीर्घसेवा सम्मान, उत्कृष्ट सेवा केन्द्र, उत्कृष्ट कर्मचारी, उत्कृष्ट विद्यार्थीलाई सम्मान, नयाँ बचत योजना सार्वजनिक, १४ औं वार्षिकोत्सवको लोगो सार्वजनिक लगायतका कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राजेन्द्र गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

आठ जनालाई दीर्घसेवा सम्मान
संस्थाले १४औं वार्षिक उत्सवको अवसरमा ८ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ ।
संस्थाले मुख्य कार्यालयका गोपाल मिश्र र भक्तिराम गौतम, लक्ष्मीपुर सेवाकेन्द्रकी मञ्जु राई, राजगढ सेवाकेन्द्रकी भक्तिकुमारी राजवंशी र गुलाबचन राजवंशी, मंगलबारे सेवाकेन्द्रकी देवीमाया दाहाल, सुरुङ्गा सेवाकेन्द्रकी ईश्वरा अर्याल र कामटोली सेवा केन्द्रकी भीमकुमारी गुरुङलाई दीर्घ सेवा सम्मान प्रदान गरेको हो । उनीहरूलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, सक्रिय सेवाकेन्द्र सञ्चालन उपससमितिका रुपमा यमबहादुर अधिकारीलाई सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारीका रूपमा चार जना कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट बजार सहायकका रूपमा जानुका बजगाईं, उत्कृष्ट लेखा सहायकका रूपमा भूमिका ढुंगेल, उत्कृष्ट ऋण सहायकका रूपमा चन्द्रप्रसाद दुलाल र उत्कृष्ट सेवाकेन्द्र प्रमुखका रूपमा दीपक श्रेष्ठलाई सम्मान गरिएको छ ।
संस्थाले अर्धवार्षिक उत्कृष्ट कार्यसम्पादन गर्ने सोमबारे सेवाकेन्द्रलाई सम्मान गरेको छ भने उत्कृष्ट सेवाकेन्द्र अन्तर्गत हर्कटे सेवाकेन्द्रलाई सम्मान गरेको छ । चौथो त्रैमासिक उत्कृष्ट सेवाकेन्द्रका रूपमा मोरङको मङ्गलबारे सेवाकेन्द्रलाई सम्मान गरिएको छ ।
संस्थाले २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने युनिका पोखरेल र सालोम प्रसन्न राजबंशीलाई सम्मान गरेको छ भने कक्षा–१२ मा उत्कृष्ट अङ्क प्राप्त गर्नेलाई सुवोध पुरी र स्वेक्षा भट्टराईलाई सम्मान गरेको छ । संस्था दिएको लक्ष्य पूरा गर्ने ४२ जना बजार सहायकलाई सम्मान गरिएको थियो ।
नयाँ बचत योजना सार्वजनिक
संस्थाका कार्यवाहक अध्यक्ष गौतमले संस्थाले संस्थाले ल्याएको नयाँ बचत योजना र १४ औं वार्षिकोत्सवको लोगो सार्वजनिक गर्नुभएको थियो । ‘संस्थाले अवलम्बन गरेको बचत नीतिमा केही रुपान्तरण गरिएको छ’, उहाँले भन्नुभयो, ‘हाम्रो नेपाल स्वास्थ्य सेवा, शेयर सदस्य तथा एकाघर राहत कार्यक्रम, सदस्यसँग शुक्रबार कार्यक्रम, कर्मचारी साप्ताहिक सिकाइ कार्यक्रम ल्याएका छौं ।’

बचत २ अर्ब बढी
कार्यक्रममा संस्थाका व्यवस्थापक सरोज दाहालले संस्थाले आर्थिक वर्ष २०८२÷०८३ मा हासिल गरेको प्रगतिका बारेमा जानकारी दिनुभएको थियो । २०८३ असार मसान्तसम्म संस्थाको बचत मौज्दात २ अर्ब १ करोड रुपैयाँ उहाँले बताउनुभयो ।
वि.सं. २०६९ सालमा ३७ जना शेयर सदस्यबाट १८ लाख रुपैयाँ पूँजी संकलन गरी स्थापना भएको संस्थामा हाल ४२ हजार ८२७ जना शेयर सदस्य, शेयर पूँजी १८ करोड ७५ लाख ६ हजार रुपैयाँ, बाह्य ऋण ११ करोड ८५ लाख रुपैयाँ, बैंक मौज्दात ४० करोड १० लाख ९ हजार रुपैयाँ, ५ हजार ७०१ जना सदस्यलाई १ अर्ब ९९ करोड ४५ लाख ८८ हजार रुपैयाँ ऋण लगानी गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य भगीरथ आले (मामा), लेखा सुपरिवेक्षण समितिका श्रीप्रसाद न्यौपाने, संस्थाका सेवाकेन्द्र सञ्चालन उपसमिति संयोजक पुण्यप्रसाद चापागाईं, ताराचन्द्र थापा, पारसमणि कुइकेल, निरकुमार राई, मोहनप्रसाद खनाल, विष्णुमाया थापा भट्टराई, जीतबहादुर सुब्बा, खगेन्द्र भेटवाल, प्रेमलाल गणेश, छत्रबहादुर विश्वकर्मा, देवीका भण्डारी, सुरज श्रेष्ठ, कुलप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो भने सचिव बीपी लामिछानेले गर्नुभएको थियो । कार्यक्रममा संस्था सञ्चालक समिति सदस्य, उपसमितिका पदाधिकारी एवम् सदस्य, कर्मचारी एवम सेयर सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।


