
झापा, २८ फागुन । साहित्यकार दान खालिङलाई पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान–२०८२ समर्पण गरिने भएको छ । खालिङलाई जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले मरोपरान्त उक्त सम्मान गर्ने भएको हो ।
पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले शनिबार एक समारोहका बीच खालिङलाई पूर्ण टुङ्ग नागरिक सम्मान–२०८२ प्रदान गर्न लागिएको छ ।

भारततको दार्जिलिङमा जन्मिनुभएका खालिङले नेपालमा शिक्षा, साहित्य तथा राजनीतिक चेतना विस्तारका लागि गरेको योगदानको मूल्याङकन गर्दै मरणोपरान्त सम्मान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिनुभयो ।
आदर्श नागरिक सम्मानसँगै नगद १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिने अध्यक्ष बस्नेतले बताउनुभयो । पूर्ण टुङ्ग नागरिक सम्मानबाट पहिलो पटक ख्यातिप्राप्त कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित हुनुभएको थियो भने दोस्रो पटक पञ्चायत विरोधी आन्दोलनका योद्धा याम भण्डारी र दिव्य भुर्तेल सम्मानित हुनु भएको थियो ।
प्रतिष्ठानको पुरस्कारसँँगै बिर्तामोडका अन्य शैक्षिक प्रतिष्ठानले पनि नगद पुरस्कार प्रदान गर्ने भएका छ न् । बस्नेतका अनुसार २ लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम खालिङको स्मृतिमा समर्पण गर्ने तयारी भइसकेको छ ।
खालिङलाई नेपाल सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य बनाएको थियो । उहाँको २०७३ भदौ २१ गते ८९ वर्षको उमेरमा भारतको सिलिगुडीमा निधन भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष बस्नेतको अध्यक्षतामा बिहीबार भएको पत्रकारसँग साक्षत्कार कार्यक्रममा स्वागत प्रतिष्ठानका सचिव लक्षण ढकालले गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका उपाध्क्ष राजकुमार पोखरेलले खालिङको संक्षिप्त परिचयसँगै योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानकी सचिव स्वस्तिका आचार्य गर्नुभएको थियो ।

