
सन्तोष शर्मा
झापा, २९ भदौ । झापाको अर्जुनधारा नगरपालिकाले जनताको समृद्धिको चाहनालाई पूरा गदैर् गएको छ । नगगरपालिकाले पछिल्लो चार वर्षमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, महिला तथा बालबालिका, सामाजिक समावेशीकरण, न्याय, भूमि व्यवस्थापन, खेलकुद र पूर्वाधार विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेर जनताको समृद्धिको चाहनालाई पूरा गदैर् गएको हो ।
निर्वाचनताका जनतासँग गरिएका करिब ८० प्रतिशत बाचा पूरा गरिसकेको बताउनुहुन्छ, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ । “नगरबासीलाई जे भनेर मत माग्यौं, त्यो क्रमशः पूरा गदैर्ै गइरहेका छौं”, उहाँले भन्नुभयो, “बाँकी बाचा पनि क्रमशः पूरा गदैर् जाने छौं ।”
जनचाहना धेरै हुनु र स्रोत साधन कम हुनुका कारण भनेजस्तो काम गर्न नसकिएको उहाँ बताउनुहुन्छ । तथापि, भएको स्रोत साधनलाई मितव्ययी रुपमा खर्चिएर अधिकतम् उपयोग गनेर् काम भएको उहाँले बताउनुभयो ।
“नगरका जनप्रतिनिधिदेखि कर्मचारीसम्म एक मना एकताका साथ काम गइरहेका छौं”, उहाँले भन्नुभयो, “सबैको सामूहिक प्रयासबाटै यो सम्भव भएको हो ।” अहिलेसम्म हरेक काम कार्यपालिकाको बहुमतबाटै भएको सुनाउनुहुँदै उहाँले भन्नुभयो, “यस्तो एकता अरु तिर छ जस्तो लाग्दैन ।”
नगरपालिकाले पछिल्लो चार वर्षमा लक्षित वर्गका लागि सीपमूलक तालिमदेखि भूमिहीन तथा सुकुम्बासीको व्यवस्थापन, स्वास्थ्य सेवा विस्तार, कृषि प्रवद्र्धन, रोजगारी सिर्जना र ठूला पूर्वाधार निर्माणसम्मका कार्यक्रम अघि बढाएको छ ।
बहुआयामिक विकासको प्रयास
अर्जुनधारा नगरपालिकाको चार वषेर् प्रगति विवरणले सामाजिक विकास, रोजगारी तथा सीप विकास, महिला तथा बालबालिका, भूमिहीन व्यवस्थापन, न्यायिक सेवा, कृषि, स्वास्थ्य, खेलकुद र भौतिक पूर्वाधारलाई समानान्तर रूपमा अघि बढाउने प्रयास गरेको देखाउँछ ।
विशेषगरी भूमिहीन तथा अव्यवस्थित बसोबासीको तथ्याङ्क संकलन, निस्सा वितरण र धनीपुर्जा वितरणदेखि हजारौं किसानको सूचिकरण, स्वास्थ्य सेवामा ठूलो संख्यामा सेवाग्राहीको पहुँच, युवालाई सीपमूलक तालिम र विभिन्न पूर्वाधार आयोजनालाई नगरपालिकाले आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।
सीप विकास र रोजगारीमा जोड
नगरपालिकाको सामाजिक विकास शाखामार्फत विपन्न दलित तथा आदिवासी जनजाति युवालाई लक्षित गरी एसी–फ्रिज मर्मतसम्बन्धी तालिम २५ जनालाई र हाउस वायरिङसम्बन्धी तालिम ३० जनालाई प्रदान गरिएको छ ।
त्यस्तै, १६५ जनालाई लोकसेवा तयारी कक्षा, २५ जना युवालाई कफी तथा बेकरी बनाउने तालिम र ४५ जना चिया मजदुरलाई प्रविधिसहितको सीपमूलक तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । ३० जनालाई लाइट ड्राइभिङ तालिमसमेत दिइएको छ ।
नगरपालिकाका अनुसार करिब २०० जनालाई बाँसको फर्निचर, मखमली जुत्ता, दुना–टपरी, अचार, बेमौसमी तरकारी खेती, एडभान्स ब्याग तथा झोला निर्माण, दलित समुदायका लागि नौमती बाजा र कुक तालिम प्रदान गरिएको छ ।
क्षमता विकासतर्फ करियर काउन्सिलिङ तथा लेखासम्बन्धी तालिम सञ्चालन गरिएको छ भने सामुदायिक वन तथा सहकारी संस्थाका लागि प्राविधिक तालिम, व्यावसायिक योजना निर्माण, जोखिम तथा कर्जा न्यूनीकरण र असल अभ्यास आदान–प्रदानसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । यी कार्यक्रममा २३० जना सहभागी भएका थिए ।
बालबालिकादेखि ज्येष्ठसम्मलाई सेवा
पछिल्लो चार वर्षमा करिब एक हजार विद्यार्थीलाई साइबर अपराध, लागुऔषध दुव्र्यसन तथा बालविवाह न्यूनीकरणसम्बन्धी अभिमुखीकरण दिइएको छ ।
महिलाको सीप तथा आयआर्जनमा जोड दिँदै ४० महिलालाई एडभान्स सिलाई–कटाई र २० महिलालाई ढाका बुनाई तालिम दिइएको छ । त्यस्तै, करिब ३०० महिलालाई कपुर धुप, डोरम्याट, मुडा, बेहुली श्रृङ्गार, हर्पिक, फिनेल, साबुन तथा ह्यान्डवास निर्माण लगायतका तालिम प्रदान गरिएको नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखाले जनाएको छ ।
करिब ५०० जना अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरिएको छ भने अपाङ्गता भएका व्यक्तिका लागि सांकेतिक भाषा तालिमसमेत सञ्चालन गरिएको छ ।
नगरपालिकाका वडा नं. १० र ११ लाई बालमैत्री वडा घोषणा गनेर् कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । यस्तै, ४६ किशोरीलाई पोशाकसहित आत्मरक्षा तालिम र विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गरिएको छ । ११ वटै वडामा गठित महिला समूहलाई थैली प्रवद्र्धन कार्यक्रमसमेत सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
लघुउद्यमबाट ४० जनालाई रोजगारी
लघुउद्यम विकास कार्यक्रमअन्तर्गत ४० जनालाई रोजगारी सिर्जना, ३६ वटा उद्यमी समूह गठन, २७० जनालाई तालिम, ५० वटा व्यवसाय दर्ता र १२० जनालाई सीप तथा प्रविधि हस्तान्तरण गरिएको छ ।
वेकरी, दूधका परिकार, ब्याग तथा झोला, जुत्ता, क्रिस्टलका सामग्री, सिलाई–कटाई, दुना–टपरी, च्याउ खेती तथा बाँसका सामग्री निर्माणजस्ता क्षेत्रमा सीप तथा प्रविधि हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
रोजगार र वैदेशिक रोजगारी सहायता
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकाको साझेदारीमा तटबन्धन, विद्युत् विस्तार, सडक निर्माण, नाला खन्ने, पाइप पुनेर् तथा रङ्गरोगनलगायतका योजना सञ्चालन भएका छन् । वडा नं. १, २, ३, ४, ५, ८ र १० मा यस्ता कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका २१ परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ । रोजगार सेवा केन्द्रले ४ हजार ६७७ थान इमिस प्रविष्टि गरेको छ । त्यस्तै, १४० जनालाई वेल्डर, स्टिल फिक्सर, अल्मुनियम फेब्रिकेटर, गामेर्न्ट अपरेटर, कुक, वारिष्टा र मन्टेश्वरी कक्षासम्बन्धी १६० घण्टे सीपमूलक तालिम प्रदान गरिएको छ ।
सुकुम्बासीको लगतदेखि धनीपुर्जासम्म
भूमि प्रशासन शाखाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन तथा तथ्याङ्क प्रविष्टिको काम अघि बढाएको छ । यस क्रममा ७ हजार ४३५ जनाको लगत संकलन तथा तथ्याङ्क प्रविष्ट गरिएको छ ।
त्यस्तै, ४ हजार जनाको निस्सा छपाई तथा वितरण गरिएको छ । वडा नं. ११ बाट १४० घरधुरीलाई धनीपुर्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ । वडा नं. १, २ र ११ मा जग्गा नापजाँच गरिएको तथा ६ हजार ५०० जनाको विवरण अध्यावधिक तथा प्रमाणीकरण गरिएको छ । शाखासँग सम्बन्धित सूचना सम्प्रेषणको कामसमेत गरिएको छ ।
कानून निर्माणदेखि न्याय प्रदान
नगरपालिकाले हालसम्म ६२ वटा स्थानीय कानून तर्जुमा गरी लागू गरेको जनाएको छ । तीमध्ये २१ वटा ऐन, ७ वटा नियमावली, ३२ वटा कार्यविधि र २ वटा निदेर्शिका रहेका छन् ।
न्यायिक समितिमा पछिल्लो अवधिमा ५९० वटा मुद्दा दर्ता भएकोमा ४२२ वटा अर्थात् ७१.५ प्रतिशत मुद्दा फछ्योर्ट गरिएको छ । नगरपालिकाका ११ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ भने ८४ जना मेलमिलापकर्ता सूचीकृत छन् । बस्तीस्तरमा अभिमुखीकरण, जिल्ला अदालतका न्यायाधीश तथा कर्मचारीसँग अन्तरक्रिया र कानूनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
यस्तै, झापाका १५ वटै पालिकासँग असल अभ्यास आदान–प्रदानसम्बन्धी कार्यक्रमसमेत गरिएको नगरपालिकाले जनाएको छ ।
एक अर्ब २८ करोडभन्दा बढी आन्तरिक आय
नगरपालिकाले नदीजन्य पदार्थ ठेक्का बन्दोबस्तबाट समेत उल्लेख्य आम्दानी गरेको छ । नगरपालिकाका अनुसार विरिङ खोला प्याकेज नं. १ अन्तर्गत ३९ हजार १०० घनमिटर नदीजन्य पदार्थको ठेक्काबाट १ करोड २३ लाख १७ हजार ५००, प्याकेज नं. २ अन्तर्गत २९ हजार ५०० घनमिटरबाट ६८ लाख ५० हजार र टाडटिडिङ तथा सुखानी खोलाबाट ९९ हजार ५०० घनमिटरको ठेक्काबाट २ करोड ५४ लाख ३७ हजार ८३७ प्राप्त भएको छ ।
नगरपालिकाले उक्त अवधिमा आन्तरिक आयतर्फ ८ करोड ४१ लाख २१ हजार ३६४ संकलन गरेको र कुल रकम १२ करोड ८७ लाख २६ हजार ७०१ पुगेको जनाएको छ ।
आयुवेर्द सेवामा हजारौं सेवाग्राही
अर्जुनधारा नगरपालिकाको आयुवेर्द शाखाले पनि पछिल्लो चार वर्षमा ठूलो संख्यामा सेवाग्राहीलाई सेवा दिएको छ ।
शाखाबाट पूर्वपञ्चकर्म (थेरापी) सेवा ४६ हजार ९३६ पटक प्रदान गरिएको छ भने ३५ हजार ८०० बिरामीले ओपीडी सेवा लिएका छन् । विशेष स्वास्थ्य शिविरबाट १ हजार ८०० भन्दा बढी बिरामी लाभान्वित भएको नगरपालिकाले जनाएको छ ।
वडा नं. ३ मा आयुवेर्द गाउँघर क्लिनिक सञ्चालन गरिएको छ । दुई हजारभन्दा बढीलाई स्वास्थ्य तथा आयुवेर्दसम्बन्धी सचेतनामूलक अभिमुखीकरण गरिएको छ भने विद्यालय शिक्षकलाई योग तथा आयुवेर्दसम्बन्धी तालिम दिइएको छ ।
औषधालय भवन मर्मत तथा रङ्गरोगन, थेरापी सेवाका लागि अग्निकक्षा निर्माण लगायतका काम गरिएको छ । शाखाले दैनिक ४० देखि ४५ जना बिरामीलाई सेवा दिँदै आएको नगरपालिकाको विवरणमा उल्लेख छ ।
खेलकुदको क्षेत्रमा फड्को
खेलकुद क्षेत्रमा अर्जुनधारा नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार चार पटक विजेता बनेको जनाएको छ । महिला फुटबलमा उपविजेता बनेको नगरपालिकाले फुटबल, कराँते, तेक्वान्दो तथा एथलेटिक्सका लागि तीन महिनाका लागि प्रशिक्षक नियुक्त गरेको छ ।
यस अवधिमा यू–१८ फुटबल प्रतियोगिता, राष्ट्रिय महिला भलिबल प्रतियोगिता तथा उपमेयर कप खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । नगर तथा प्रदेशस्तरमा कराँते, तेक्वान्दो र उसु प्रतियोगिता सञ्चालन गरिएको तथा प्रशिक्षक र खेलाडीलाई सम्मान गरिएको छ ।
यस्तै, इन्डो–नेपाल यू–१३ क्रिकेट प्रतियोगिता समेत आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
९ हजार ५६९ घरधुरी किसान सूचीकृत
कृषि विकास शाखाले नगरभित्रका ९ हजार ५६९ घरधुरीलाई किसानका रूपमा सूचीकृत गरेको छ ।
कृषकलाई माटोको अवस्था र उत्पादन क्षमताबारे जानकारी गराउने उद्देश्यले ६५० वटा माटोको नमुना परीक्षण गरिएको छ भने करिब २०० बिघा क्षेत्रफलमा माटो सुधार गरिएको जनाइएको छ ।
साना कृषि औजारअन्तर्गत मकै मेसिन, मिनी टिलर तथा मिल लगायतका उपकरण वितरण गरिएको छ । साना सिँचाइ कार्यक्रममार्फत ४१८ बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याइएको छ । रैथाने बाली प्रवद्र्धनअन्तर्गत कोदो, फापर, आलस लगायतका बालीलाई प्राथमिकता दिइएको छ ।
मौरीपालनतर्फ २४० कृषकलाई मौरीघार तथा तालिम प्रदान गरिएको र तीन वटा मौरी पकेट क्षेत्र विकास गरिएको छ । कृषि बजारमा कोल्ड च्याम्बर निर्माण, २२० कृषकलाई फलफूलका बिरुवा वितरण तथा ५० कृषकलाई सुपारी खेतीसम्बन्धी तालिमसहित ४ हजार सुपारीका बिरुवा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
२५ शय्याको अस्पतालदेखि पर्यटन पूर्वाधारसम्म
योजना तथा पूर्वाधार विकासतर्फ नगरपालिकाले विभिन्न ठूला तथा साना आयोजना अघि बढाएको छ ।
प्रगति विवरणअनुसार विपद् केन्द्र भवन निर्माणका लागि ७ करोड ५० लाख, हलुवागढ पर्यटन कार्यक्रमका लागि ४ करोड र निर्माणाधीन २५ शय्याको अस्पतालका लागि १७ करोड लगानी भइरहेको छ ।
त्यस्तै, शनिश्चरे बजार तथा कालिस्थान चोक सौन्दर्यीकरणका लागि १ करोड १० लाख र सार्वजनिक शौचालय निर्माणका लागि ५० लाख बजेटमा काम अघि बढाइएको छ ।
नगरपालिकाले सडक, पुल, नाला, कालोपत्रे, पेभर, कुलो तथा पैनी निर्माण, मठ–मन्दिर संरक्षण तथा निर्माण, सामुदायिक भवन, पशु अस्पताल, व्यावसायिक सटर, पोखरी निर्माण, उज्यालो कार्यक्रम, विद्युत् विस्तार र विपन्न आवास कार्यक्रमलगायतका विभिन्न आयोजना सञ्चालन गरेको जनाएको छ ।


