
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
हाम्रो देशमा पनि कतिपय समुदायका बिहे संस्कार निकै अनौठो खालका छन् । उता भारतको मध्यप्रदेश र छत्तिसगढका भित्री इलाकाहरुमा बस्ने गौड जनजातिको बिहे परम्परा झनै अनौठो छ । गौड जनजातिको विवाहमा एउटा अनौठो परम्परा छ, जुन परम्पराको पालना नगरीकन बिहे सम्पन्न नै हुँदैन । उक्त परम्परा अनुसार बिहे समारोहमा बेहुलाले सुँगुर मार्दछ र मारेको सुँगुरको ताजा रगत पिउँदछ । बेहुलाले आफैंले मारेको जनावरको रक्तपान नगरेसम्म बिहे सम्पन्न हुँदैन । यसरी बेहुलाले मार्ने सुँगुर बेहुली पक्षको तर्फबाट ल्याइएको हुन्छ । सदियौँदेखि गौड जनजातिले यो परम्परा मान्दै आएका छन् । यो समुदाय निकै पिछडिएको समुदाय मानिन्छ भारतमा । एजेन्सी
नारायण न्यौपाने काठमाडौँ, १६ भदौ । रोजगारीका लागि ४० लाख युवा कतारलगायतका खाडी मुलुकमा कठिन श्रम गरिरहेको अवस्थामा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक सदनमा पेश गरेको छ । प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न, आफ्नो क्षमताअनुसारको रोजगारी छनोट गर्ने अवसर प्रदान गर्न तथा रोजगारीको शर्त, अवस्था तथा बेरोजगार सहायता सम्बन्धमा आवश्यक व्यवस्था गर्न विधेयक ल्याइएको प्रस्तावनामा उल्लेख छ । विधेयकमा प्रत्येक बेरोजगार व्यक्तिलाई बेरोजगार सहायता पाउने अधिकार हुनेछ भन्ने प्रावधान राख्न प्रस्ताव गरिएको छ । त्यसो त, नेपालको संविधानको मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ भन्ने व्यवस्था रहेको छ । उक्त विधेयक हाल…
जाजरकोट, १६ भदौ । रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ दुलिदुलिखाका ५० वर्षीय अमृत घर्ती र उहाँकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो । खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर बगेका घर्ती दम्पतीमध्ये श्रीमान अमृतको शव शुक्रबार बेलुकी फेला परेको थियो । बगेको भन्दा करीब दुई सय मिटर तल उहाँको शव फेला परेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । त्यस्तै श्रीमती तुलसाको शव भने शनिबार बिहान ७ बजेतिर फेला परेको छ । खोजी गरिरहेका स्थानीय र प्रहरीको टोलीले बगेको भन्दा करीब १५० मिटर तल…
काठमाडौँ, १६ भदौ । एशिया कप छनोट क्रिकेटअन्तर्गत नेपाल र मलेशियाबीचको खेल केहीबेरअघि शुरु भएको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ शुरु गरेको छ । खेल शुरु हुनुअघि बिहान पानी परेपछि खेल भर्खरै शुरु भएको त्यहाँ रहनुभएका नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । वर्षाका कारण खेल शुरु हुन ढिला भएपछि खेल ३० ओभरमा झारिएको छ । यही भदौ १३ गते भएको छनोटको पहिलो खेलमा ओमन र १४ गते भएको दोस्रो खेलमा नेपाल पराजित भइसकेको छ । एशिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई मलेसियाविरुद्ध जित्नै पर्ने दबाब छ । पराजय…
सुरुंगा, १६ भदौ । बुबाको मुख हेर्ने दिनको अवसरमा झापा कनकाई नगरपालिका २ र ३ नम्बर क्षेत्रका ८० बर्षमाथिका १२ जना पितालाई सम्मान गरिएको छ । जेष्ठ नागरिक कनकाई २ र ३ नम्बर वार्डसमितिद्वारा कनकाई सामुदायिक वनको सभाहलमा आयोजित विशेष कार्यक्रममा यस क्षेत्रका बृद्ध पिताहरु वार्ड नम्बर ३ का पदमलाल फुयाल , शिवप्रसाद चापागाई , मुक्ति प्रसाद पौडेल , कृष्णप्रसाद उप्रेती , जीतबहादुर सुन्दास र कीर्तिमान थेबेलाई सम्मान गरिएको थियो भने बार्ड नम्बर २ बाट गंगाबहादुर राई , प्रेमबहादुर खत्री , कृष्णकुमार राई , पदम बहादुर सेलवाल , डिल्लीराम पौडेल , र रामचन्द्र काफ्ले रहनुभएको छ । उहाहरुलाई जेष्ठ नागरिक…
काठमाडौँ, १६ भदौ । नेपाल प्रहरीको सङ्गठन ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको छ ।गत २०७५ जेठ २७ को सरकारी निर्देशनबमोजिम प्रहरी कार्यालय नभएका बाँकी ३० स्थानीय तहमा प्रहरी कार्यालय स्थापना गरिएको हो । यसअघि चार नगरपालिका र २६ गाउँपालिका बाहेक ७२३ स्थानीय तहमा मात्र प्रहरी कार्यालय रहेकामा अहिले सबै स्थानीय तहमा स्थापना भइसकेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले सङ्घीयता कार्यान्वयन र सुरक्षा सुदृढीकरणका लागि प्रहरीले सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना गरेको जानकारी दिनुभयो । “चार नगरपालिका र २६ गाउँपालिकाका लागि एक हजार ६५ प्रहरीलाई खटाएका छौँ”, उहाँले भन्नुभयो । प्रवक्ता…
विराटनगर, १६ भदौ । सुन पसलमा लुटपाट गर्ने एकजनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । सुन्दर हरैचा नगरपालिका–१० विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा पेस्तोल देखाई रकम तथा सुन लुट्ने भोजपुर जिल्ला दिङ्ला–२ घर भई हाल धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्ने ३२ वर्षीय रोशन भन्ने गोपाल दहाल ९विक० लाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निजले पसलबाट ९।७७ ग्रामको सुनको ब्रासलेट लुटी भाग्न लाग्दा बेलबारी इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वको टोलीले स्वचालित पेस्तोल, दुई राउण्ड गोली, सुनको ब्रासलेटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, १६ भदौ । नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन् । वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ । गोल्डस्टार नेपालमा भन्दा भारतमा बढी चर्चित छ । चाउचाउ वाइवाइ चाउचाउ नेपालीको भान्सामा मात्रै होइन, विश्वका तीन दर्जनभन्दा बढी मुलुकमा पुगेको छ । नेपालबाहेक भारत र युरोपको सर्भियाबाट उत्पादन सुरु भइसकेको छ । बंगलादेश, साउदी अरेबियालगायत मुलुकमा पनि उत्पादनको तयारी भइरहेको छ । गोल्डस्टार नेपाली बजारमा संसारभरका जुत्ता स्थापित भइरहेका वेला भारतीय जुत्ता बजारमा नेपालको गोल्डस्टार प्रतिस्पर्धी ब्रान्ड बनेको छ । उत्पादनको झण्डै…
झगेन्द्र खड्का गौरादह, १६ भदौ । गौरादह नगरपालिकाभित्र रहेका बजारहरुमा खासै परिवर्तन हुन सकेका छैनन् । गौरादह नगरपालिका बजारै बजारले भरिएको नगरपालिका भए पनि वर्षौंदेखि पुराना बजारहरुको हालत हालसम्म कमजोर रहेको छ । बजार व्यवस्थापनमा सम्बन्धित निकायले चासो नदेखाउनु र नागरिकहरुमा पुरानै सोच र चिन्तन रही रहनु बजार स्तरोन्नती हुन नसक्नु प्रमुख कारण देखिएको छ । तत्कालीन समयमा गौरादह, जुरोपानी, महारानी झोडा, कोहवरा र बैगुन्धुरा सहित ५ वटा गाविस मिलेर बनेको गौरादह नगरपालिका भित्र ठुला साना गरी १४ वटा बजार रहेका छन् । अन्य साना तिना चोकहरु अनगन्ती रहेका छन् । गौरादह नगरपालिका भित्र रहेका गौरादहसहित ग्वालडुब्बा र दामुना मात्र…
चर्चित संगीतकार तथा गायक शम्भुजित बास्कोटाका फ्यानका लागि खुशीको खबर । शम्भुजितको स्वर मन पराउने दर्शकले फेरि एकपटक उनको आवाजमा गीत सुन्न पाएका छन् । शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको चलचित्र ‘चौका दाउ’को ‘राधा पियारी’ बोलको गतिमा शम्भुजितको स्वर सुन्न सकिन्छ । चलचित्रमा संगीत र कथा पनि उनकै छ । पुणेन्द्रु झाको निर्देशनमा तयार भएको यो कमेडी कथाको चलचित्रमा नायिका बर्षा राउतको साथमा कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झालाई फिचरिङ गरिएको छ । साथमा, चलचित्रमा तैयव शाह, निर्मल शर्मा लगायतको पनि अभिनय छ । दिर्घ गुरुङको छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ ।…