
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १४ भदौ । आगामी तीन दिनसम्म देशभरि नै सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै आज दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना औँल्याएको हो । आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बद्ली रही मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि शुक्रबार देशभरि नै आंशिकदेखि सामान्य बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिम नेपालको विशेष गरी तराई र…
थकानको अनुभव सबैलाई हुन्छ । आराम गरेपछि या सुतेपछि थकाई मेटिन्छ । तर जब सुत्दा या आराम गर्दा पनि थकाई मेटिंदैंन भने ‘क्रोनिक फटिग’ को संकेत हुन सक्छ । यो रोगमा बिरामी सधैं आलस्य महसुस गर्छ । आलस्यताले उसको मानसिक, शारीरिक या सामाजिक स्तरमा असर पर्छ । व्यस्त दिनचर्या, खराब जीवनशैली, बिरामी, अनियमित या असन्तुलित खानपान, भाइरल इन्फेक्सन अथवा बायो–साइकोलोजिकल कारणबाट यस्तो हुन सक्छ । यस्तो अवस्थामा दिनचर्या बदल्न, मनोवैज्ञानिक सल्लाह लिन, डाक्टरको सल्लाहमा औषधि लिनुका अलावा राम्रोसंग निद्रा पु¥याउनाले समस्या काफी हदसम्म ठीक हुन्छ । बढी आलस्यताले केही गम्भीर रोगको संकेत गर्छ । मुख्य रुपमा यी चार खालका रोगमा…
बलिउडका रियल जोडी ऐश्वर्या राय र अभिषेक बच्चनको दिन ठिक चलिरहेको छैन । उनीहरुको करिअर ग्राफ निरन्तर ओरालो लागिरहेको छ । ऐश्वर्याको पछिल्लो फिल्म ‘फन्ने खान’ फ्लप भयो । योभन्दा अगाडि उनका दुई फिल्म ‘जज्बा’ र ‘सरबजित’ पनि असफल बनेका थिए । फ्लप फिल्मको ह्याट्रिक गरेपछि ऐश्वर्याको करिअरमै प्रश्नचिन्ह लागेको छ । अर्कोतर्फ अभिषेकको अवस्था झन् डामाडोल छ ,। चार वर्षसम्म उनले एउटै फिल्म पाएनन् । बल्लबल्ल ‘मनमर्जिया’ पाएका छन्, तर यो फिल्मले पनि कुनै चमत्कार गर्ने छाँट देखिएको छैन । यसैबीच एक निर्माताले अभिषेक र ऐश्वर्यालाई आफ्नो फिल्ममा जोडी बनाउने चेष्टा गरे । यो फिल्मको नाम थियो, ‘गुलाब जामुन’…
श्रीमती धेरै सुन्दर हुँदा पनि कतिपय लोग्नेहरुलाई औडाहा हुँदो रहेछ । भारतमा एकजना युवकले आफ्नी पत्नी धेरै राम्रो भएको भन्दै उनीमाथि निकै घिनलाग्दो हर्कत गरेका छन् । आफ्नी सुन्दर पत्नीमाथि सहरका मानिसहरुको गिद्दे नजर पर्ला कि भन्ने डरले सताएपछि ती युवकले पत्तीविरुद्ध डरलाग्दो कर्तूत गरे । भारतको मुम्बइको घटना हो यो । आरोपीको नाम राज रायकवार हो । उनीमाथि बलात्कार तथा यौनउत्पीडनको आरोप लागेको छ । अभियुक्त बलिउड फिल्म उद्योगमा काम गर्दछन् । उनी मुम्बईमा बस्दछन् भने उनको परिवार जबलपुरमा बस्ने गरेका छन् । राजले १२ वर्षअघि बिहे गरेका थिए र उनका २ बच्चा छन् । राजकी पत्नी निकै सुन्दर…
मोरङ, १४ भदौ । १ नं प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले आज दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रमाणीकरण गरिएका विधेयकहरूमा जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ रहेका छन् । प्रदेशसभाको विभिन्न बैठकबाट पारित भई प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि प्राप्त हुन आएको दुवै विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागार्इंले बताउनुभयो । हालसम्म प्रदेशसभाबाट निर्णय भई आएका १५ वटा विधेयक प्रमाणीकरण भइसकेको प्रदेश सचिव गुरागाईंको भनाइ छ ।
भद्रपुर, १४ भदौ । डिभिजन वन कार्यालय झापाले वन्यजन्तुबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत प्रदान गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा जङ्गली हात्तीका कारण ज्यान गुमाएका तीन जनालाई प्रतिपरिवार रु १० लाख क्षतिपूर्ति बुधबार हस्तान्तरण गरिएको हो । वन्यजन्तु क्षतिबापत अनारमनीका रसुल मिया, हरिमान राजवंशी र चन्द्रगढीका दुर्गाबहादुर कटुवालको परिवारलाई सो राहत दिइएको हो । त्यसैगरी डढेलोबाट रोकथाम तथा हरियाली निर्माण गरेबापत उत्कृष्ट सामुदायिक वन प्रथम कमलधाम रामपोखरी वन, द्धितीय प्रजापति सामुदायिक वन र तृतीय हिमालय सामुदायिक वन कन्काइलाई नगदसहित पुरस्कृत गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले बताउनुभयो । सोही अवसरमा उत्कृष्ट सशस्त्र वन रक्षक सम्मानबाट प्रदीप…
ओखलढुंगा, १४ भदौ । चम्पादेवी गाउँपालिकाले रेबिज रोग लाग्नबाट बच्न गाउँपालिका भरिका कुकुरलाई एन्टिरेबिज भ्याक्सिन लगाउने अभियान थालेको छ। रेबिज लागेका कुकुरको टोकाइबाट पशु चौपाया मर्न थालेपछि कुकुरलाई खोप लगाउन थालिएको हो। मान्छेमा समेत संक्रमण देखिएकाले रोकथामका लागि १० नम्बर वडाबाट खोप लगाउन थालिएको बताइएको छ। एक व्यक्तिको ज्यान समेत रेबिजकै कारण गएपछि वडा कार्यालयले गाउँका सबै ७२ वटा कुकुरलाई जम्मा पारेर शनिबार रेबिज विरुद्धको खोप लगाएको हो। कुकुरको टोकाइ पछि रेबिज लागेर ६,१० नम्बर वडाभरिका कुकुरलाई रेबिज लगाइएको वडा अध्यक्ष उज्जन बुढाथोकीले बताए। वडाभरिका ७२ कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको उनले जनाए। केही समय अघि रानीवनको डाँडागाउँका हुबराज कार्कीको…
हेटौँडा, १४ भदौ । हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी भएका छन् । गए राति हेटौँडा उपमहानगरपालिका–१ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बंैक र हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो । हेटौँडा उपमहानगरपालिका–१ को चाइनाक्वाटरमा रहेको वडा कार्यालयबाट रु ६१ हजार ५० चोरी भएको वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा रहेको दराज फोडिएको छ । कार्यालयका कागजपत्र भने दुरुस्त रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो । कार्यालय चोरी भएको उज्यालो भएपछि थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यस्तै राति नै हेटौँडा–१० टिसिएनरोडमा रहेको एसबिआई बैंकको सटरको ताला मात्र फोडिएको र रकम भने चोरी नभएको…
बलिउड अभिनेता अर्जुन कपूर डिभोर्सी अभिनेत्री मलाइका अरोडासँग प्रेममा रहेको चर्चा छ । अर्जुन कपूरकै लागि मलाइकाले अरवाज खानलाई डिभोर्स दिएको आरोप छ । अत्यधिक नकारात्मक टिकाटिप्पणीहरू भएपछि अर्जुन र मलाइकाले एक–अर्कासँग दुरी बनाएका थिए । उनीहरूसँगै नदेखिएको लामो समय भएको थियो । यसबाट उनीहरूका बीच खटपट भएको वा ब्रेकअप भएको अनुमान धेरैले गरेका थिए । अनुमानहरूलाई चिर्दै मलाइका र अर्जुनफेरि एकपटक एकसाथ देखिएका छन् । हालै आयोजित लक्मे फेसन विकमा सहभागी भएका उनीहरू सँगसँगै बसेका थिए । कार्यक्रममा अर्जुन आफ्ना सौतेनी बहिनीहरू जान्भी र खुशी कपूरलाई लिएर पुगेका थिए । मलाइका भने एक्लै गएकी थिइन् । अर्जुन र मलाइका…
काठमाडौँ, १४ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको छ । युएइका लागि ओपनर चिराग सुरीले सात चौका र एक छक्कासहित ६५ रन जोडे । अर्का ओपनर असफाद अहमदले ४५, रमिज साहजादले ३५, अद्नान मुफ्तीले ४१ रनको योगदा दिए । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । सन्दीपले १० ओभरमा दुई मेडनसहित २४ रन खर्चेका थिए । वसन्त रेग्मी र सोमापाल कामीले समान दुई÷दुई विकेट लिए । पहिलो…