झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १४ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन बिहीबार सुरु हुँदै छ । बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्नेछन् । बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको छ । सम्मेलनमा सहभागी हुन सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार आइपुगेका छन् । म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबारै आएका छन् । बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति…

Read More

गौरादह, १४ भदौ । विद्यालयको रकम दुरुपयोग गरेको भन्दै अभिभावकले नगरपालिकामा छानबिनको माग गर्दे उजुरी दर्ता गराएका छन् । गौरादह–६ मा रहेको जनज्योती माविलाई छात्रबृति , पाठ्यपुस्तक,बाल सामाग्री , सामाजिक परिक्षण खर्च,विधालय सुधार कार्यक्रम,कर्मचारी पोशाक लगायतको बजेट खर्च नगरी दुरुपयोग गरेको आरोप लगाइएको छ । भदौ ५ गते उजुरी दर्ता गर्दै सत्यतथ्य छानविनको माग गरेर सार्वजनिक गर्न अभिभावकले उजुरी दर्ता गराएका हुन् । नगरपालिकाका प्रमुख रोहित कुमार शाहले दर्ता भएको उजुरी छानविनका लागि शिक्षा शाखालाई पठाएको जानकारी दिएका छन् । विद्यालयले विभिन्न शिर्षकमा पाएको बजेट शिक्षकले आफै खर्च गरेपछि खर्च अभाव भएको पाइएको छ । खर्च नभएपछि शिर्षक अनुसारको काम…

Read More

बिर्तामोड, १४ भदौ । असार २२ गते राती कचनकवल गाउँपालिका–३ की १५ वर्षीया स्वस्तिमा भट्टराईलाई सुतेकै अवस्थामा सर्पले डस्यो । उपचारका लागि समयमा सर्पदंश उपचार केन्द्रमा पु¥याउन नसक्दा उनको मृत्यू भयो । केहि दिन अघि मात्र भद्रपुर १ स्थित लाहुरे चोक निवासी विशाल लिम्बुका ३ बर्षीय छोरा बेबोलाई पनि सर्पले टोक्दा उपचारका लागि लैजाँदा लैजाँदै बाटोमानै मृत्यू भयो । नजिकै मेची अञ्चल अस्पताल भए पनि सो अस्पतालमा सर्पले टोकेका बिरामीको उपचार नहुँने हुँदा झापाको दक्षिणी क्षेत्रका स्थानिय सर्पले टोके २५÷३० किलोमिटरको दुरीमा यात्रा गरि उपचारका लागि चारआली, दमक वा कनकाई जानुर्छ । ‘यो क्षेत्रका स्थानिय सामान्य बिष भएका सर्पले टोकेत…

Read More

कनकाई, १३ भदौ । झापाको कनकाई नगरपालिकाले प्रदान गर्दै आएको नगरबासीलाई करमा छुट गरेको छ । नगरपालिकाले नगरबासीलाई विभिन्न शिर्षकमा लिइने ५० प्रतिशतसम्म छुट प्रदान गरेको छ भने १८ प्रकारका सिफारिस निःशुल्क गरेको छ । भदौ ११ गते बसेको बैठकबाट चालु आर्थिक वर्षको लागि जारी गरिएको आर्थिक ऐनमा सुधार गरी १२ गते देखिनै लागु गरिएको नगरपालिकाका प्रवक्ता गोविन्द प्रसाद पौडेलले बताए । आज नगरपालिकामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता पौडेलले बाहिर अएको हल्ला जस्तो नगरले नागरिकको ढाड सेक्ने गरी कर नलगाएको दाबि समेत गरे । उनले नगरपालिकाले बिभिन्न १८ शिर्षकका सिफारिस निशुल्क गरेको बताए उनका अनुसार यस अघि नगरपालिकाले नागरिकताको अनुसूची…

Read More

तपाईंसँग केही प्रश्न गरौं, ‘तपाईंको उचाई कति हो ?’ मानौं जवाफ यस्तो हुनसक्छ, ‘५ फिट ५ इन्च ।’ अर्को प्रश्न, ‘उचाई अनुसार तपाईंको तौल कति हुनुपर्ने हो ?’ जवाफ, ‘सामान्यत ६० वा ६५ केजी ।’ तर, तपाईं विस्मयसाथ भन्नुहुनेछ, ‘७० केजी भन्दा बढी तौल छ, भुँडी पनि लागेको छ । सुगरले च्याप्छ भन्ने डर भइसक्यो । प्रेसर त अलि(अलि बढी नै छ । दौडदा, उप्रmदाँ पनि स्वाँ–स्वाँ हुन्छ ।’ अब केही प्रश्नोत्तर गरौं । प्रश्न, ‘तौल नियन्त्रणका लागि केही प्रयास गर्नुभएको छ, खानपान नियन्त्रण, व्यायाम ?’ उत्तर, ‘कति गरियो, कति । पेट घटाउनका लागि कति छाक भोकै बसियो । कति…

Read More

धादिङ, १३ भदौ । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक मङ्गलबार राति गजुरी गाउँपालिका वडा नं ६ अन्तर्गत त्रिशूली नदी खस्दा एक जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । नदीमा परेर हराइरहेका गजुरी गाउँपालिका वडा नं ६ का २१ वर्षीय रामकृष्ण भुजेलको खोजी भइरहेको भने बाइस वर्षीय केशर पुलामी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । दुर्घटनामा अन्य तीन घाइते भएकाले उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा पठाइएको छ । नदी ठूलो भएको र पानी परिरहेकाले उद्धारमा समस्या परेको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र…

Read More

विराटनगर, १३ भदौ । प्रदेश नं १ को प्रदेशसभाको आजको वैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ०३ (२) बमोजिम प्रदेश कर तथा गैरराजश्व लाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ माथि छलफल शुरु भएको छ । छलफलमा सहभागी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारले करलाई रहर बनाउन ‘कर मैत्री वातावरण बनाउनुपर्ने’, एकद्वार नीतिले कर उठाउने सम्बन्धमा स्थानीय निकायबीच समन्वय गर्नुपर्ने, जनतालाई कर बुझाउन उत्साहित बनाउने कार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँहरुले करको दायरा फराकिलो बनाउनुपर्ने, करको माध्यमबाट सङ्घीयतामाथि प्रहार भइरहेकामा प्रदेश सरकार सचेत हुनुपर्ने धारणा राख्नुभयो । प्रदेश नं १ का १३७ स्थानीय निकायलाई कर उठाउने सम्बन्धमा एकरुपता ल्याउन प्रदेश…

Read More

बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग मिलेर बनाउन लागेका हुन् । ३ भागमा बन्ने फिल्मका लागि मुकेशले १ हजार करोड भारु लगानी गर्ने तय भएको छ । यस विषयमा दुई पक्षबीच हालै सम्झौता भएको बुझिएको छ । सम्झौताअनुसार आमिरले मुनाफाको ७० प्रतिशत लिने छन् । सम्झौता लगत्तै आमिर कलाकारहरुको चयनमा जुटेका छन् । खबरअनुसार ‘बाहुबली’ बाट ख्याति कमाएका अभिनेता प्रभासलाई आमिरले ‘महाभारत’ का लागि अफर गरेका छन् । कुन भूमिकाका लागि उनले अफर गरेका हुन् भन्ने चाहिँ खुलासा भएको छैन । तर, आमिरको प्रस्ताव प्रभासले…

Read More

काठमाडौँ, १३ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजमा हुने सबै प्रकारका हिंसा रोक्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै गृहमन्त्री थापाले महिला हिंसा रोक्न सरकार कडारुपमा प्रस्तुत हुने बताउनुभयो । महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम बर्माको नेतृत्वमा आज गृह मन्त्रालय आएको टोलीलाई गृहमन्त्रीले महिला हिंसाका घटनालाई गम्भीरतापूवर्क लिएर तत्काल कारवाही गर्न आफूले प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । गृहमन्त्री बादलले महिला हिंसाका दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिइने स्पष्ट पार्दै यस्ता घटनामा जोसुकैको कमजोरी देखिए पनि कारवाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो । यस्ता घटनामा…

Read More

काठमाडौँ, १३ भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिंडारी हुनुहुन्छ । सभापतित्रयको प्रतिबद्धता निर्वाचनपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति बिंडारीले समितिले मुलुकभरका ऐन, कानून, नियम, नियमावलीको अध्ययन गर्ने र विज्ञको परामर्शमा कार्यान्वयन गर्ने र अभिलेख राख्ने कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयोे । उहाँले भन्नुभयो, “समितिबाट भएको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग परामर्श गर्ने, राय लिने…

Read More