
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १३ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । ओमानका लागि खवार अलीले अविजित ८४ रन बनाए । उनले ९६ बल खेल्दै ४ छक्का र ६ चौका हाने । कप्तान जीसन मक्सुदले अविजित ४५, भैभव वाटेगोन्करले ४१ तथा जतिन्दर सिंहले ३० रनको योगदान दिए । बलिङतर्फ कप्तान पारस खड्का एक विकेट लिए । त्यसअघि टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो…
बनेपा, १३ भदौ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजुबाट मङ्गलबार पक्राउ पर्नुभएकी भुजेललाई मङ्गलबार बेलुका नै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको हो । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित ब्लुसाइन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको आरोपमा भुजेल पक्राउ परेको गिरीले बताउनुभयो । उहाँलाई आज जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मासहित केन्द्रीय…
इटहरी, १३ भदौ । सुनसरीको सदरमुकाम इनरुवाबाट धनकुटाको पर्यटकीयस्थल नमस्ते झरनातर्फ गएको पर्यटक बस साँगुरीगढीको ओरालोमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा दुई गम्भीर र १४ यात्रु समान्य घाइते भएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । दुर्घटनामा सुनसरी बराहक्षेत्र नगरपालिका–९ निवासी राजेन्द्र चन्द्रवंशीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने क्रममा मृत्यु भएको ट्राफिक प्रहरी इटहरीले जनाएको छ । सुनसरी इनरुवा नगरपालिका–६ का ६५ वर्षीय खड्गबहादुर नेपाली र २८ वर्षीय श्रवण मेहताको गम्भीर अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य घाइतेको पानि सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ । बसका चालकलाई…
रत्ननगर, १३ भदौ । दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन गरेको छ । भदौ सात गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जीतबहादुर राईलाई बाघले आक्रमण गरेर मारेको थियो । सो बाघ समस्याग्रस्त भएर बस्तीमा निस्किएको निष्कर्षसहित नियन्त्रणमा लिन टोली परिचालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा वन्यजन्तु प्राविधिकसहित ३४ जनाको टोली बाघ नियन्त्रणमा खटिएका छन् । बाघ समाउन छ वटा हात्ती प्रयोग गरिएको छ । बाघलाई डाट गरेर बेहोस बनाई नियन्त्रणमा…
काठमाडौँ, १३ भदौ । राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ । विषयगत समितिमा आज बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो । सोअनुसार सभापतिमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा रामनारायण बिंडारी निर्विरोध निर्वाचित हुनुभएको हो । दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
पाँचथर, १३ भदौ । पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् । जिससले खुलाएको बोलपत्र (टेण्डर) पारेर कर उठाउने जिम्मा पाएको जि एन कन्स्ट्रक्सनलाई कर नतिरेका हुन् । गत ०७४ असोज १ मा जिसस र उक्त कन्स्ट्रक्सनबीच भएको सम्झौतामा जिससले लगाएको ढुङ्गा, बालुवा, गिटी प्रयोग गरेबापतको तिर्नुपर्ने रकम अहिलेसम्म नतिरेको कन्स्ट्रक्सनका प्रोपाइटर शङ्कर थापाले बताउनुभयो । आफूहरूसँग सम्झौता हुनुपूर्व पनि हाइडोपावरले जिससलाई दिनुपर्ने बक्यौतासमेत दिनुपर्ने भए पनि त्यो नदिएको र अहिले ठेक्का सम्झौतापछिको करको रकमसमेत नदिएको उहाँले बताउनुभयो । जिल्लामा निर्माणाधीन अवस्थामा…
महोत्तरी, १३ भदौ । अभिभावकले मोटरसाइकल नकिनिदिएको निहुँमा महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा मङ्गलबार एक विद्यार्थीले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पिपरा गाउँपालिका–६ रतौली गाउँमा स्थानीय २१ वर्षीय आशिष मुखियाले घर नजिकै रहेको आँपको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । यसै वर्ष माध्यमिक शिक्षा परीक्षा पास गरेका विद्यार्थी आशिषले अभिभावकलाई मोटरसाइकल किनिदिन भन्दै आएकोमा अभिभावकले केही दिनपछि किनिदिने भन्दै आएका थिए ।
इटहरी, १३ भदौ । जियोमेट ट्रयाकिङ प्रणालीद्वारा सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने उपकरण टेलिमेट्रिक्स टेक प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ । शहरीकरणसँगै मानिसको जीवन व्यस्त बन्दै गएको तथा बढ्दो शहरीकरणले ल्याएको व्यस्ततामा थुप्रै आपराधिक क्रियाकलाप वृद्धि भइरहेका बेला यो प्रविधि बजारमा ल्याइएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । घरमै बसेर उक्त उपकरणले हरेक गतिविधिको जानकारी दिने उपकरणको मुख्य विशेषता भएको पनि जानकारी दिइएको छ । सवारीका सधानसहित अन्य उपकरणमासमेत यो प्रविधि जडान गर्दा सामान हराए वा सवारीसाधन प्रयोग गरी कसैले आपराधिक कार्य गरे पनि त्यो उपकरणले समय तालिकासहित सबै सूचना दिने भएकाले यो प्रविधि प्रभावकारी हुने…
इलाम, १३ भदौ । अग्र्यानिक चिया उत्पादनमा लागेका किसान र सहकारीले मजदुर अभाव झेल्न थालेका छन् । तेस्रो मुलुकमा अग्र्यानिक चियाको माग बढेसँगै त्यसअनुसार उत्पादनमा लागेका किसान कामदार नपाएर समस्या परेका हुन् । चिया टिप्ने कामदार अभावमा बगानै बेच्नुपर्ने अवस्था आएको सुन्दरपानी चिया उत्पादक सहकारीका सहव्यवस्थापक सोनाम योल्मूको भनाइ छ । यो सहकारीमा आबद्ध ७४ जना किसानले उत्पादन गर्ने अग्र्यानकि चिया गोर्खा टी–स्टेटमा ११ वर्षदेखि बिक्री गरिँदै आएको छ। प्रतिकिलो ४० रुपैयाँ दिँदा पनि मजदुर पाउन छाडेको योल्मूले सुनाए । ‘ए’ ग्रेडको हरियो पत्तीको मूल्य प्रतिकिलो ९०, ‘बी’ ग्रेडको ६५ र ‘सी’ ग्रेडको ४३ रुपैयाँसम्म पाउने गरेका छन् । ‘ए’…
गौरीगञ्ज, १३ भदौ । गौरीगञ्ज–६ स्थित आठमौजा बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गौरीगञ्ज शिवालय मन्दिरको सभाहलमा सम्पन्न साधारण सभामा चास सय जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो । संस्थामा कुल १ हजार ९ सय ३५ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति अर्जुन दंगालले यस साधारण सभाबाट सदस्यहरुलार्ई सुरक्षामा प्राथमिकता दिने अवधारणा अन्र्तगत आगलागि, बाढी, कटान, तथा घरबार विहिन भएका सदस्यहरुलाई आपतकालीन अनुदान, सदस्य मृत्यु राहत, कडा रोग र दुर्घटना भई अस्पताल भएका सदस्यहरुलाई स्वास्थ्य राहत सेवा सहित निशुल्क मनिट्रान्सफर सुविधा सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।…