
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बलिउड नायक रणवीर कपुर यतिबेला नायिका आलिया भट्टसँग अफेयरमा रमाइरहेका छन् । उनीहरुले चाँडै बिहे गर्न सक्ने अड्कल पनि काटिएको छ । तर, रणवीरको भनाई पत्याउने हो भने उनीहरुले चाँडै बिहे गर्ने सम्भावना छैन । उनले हिन्दुस्तान टाइम्ससँगको अन्तरवार्तामा बिहेको विषयमा आफ्नो धारणा बताएका छन् ।रणवीरलाई आलियासँग कहिले बिहे गर्दै हुनुहुन्छ भनेर सोधिएको थियो । जवाफमा उनले आलियाको नाम नलिइकन भने, ‘बिहे भन्ने कुरा योजनावद्ध हुँदैन । म ३५ वर्षको भएँ, अब बिहे गर्छु भन्ने खालको कुरामा म विश्वास गर्दिन । बिहे समय र परिस्थितिले निर्धारण गर्छ । मेरो हकमा यो समय र परिस्थिति अझै टाढा नै छ ।’ मिडियामा…
काठमाडौँ, ९ भदौ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकले सुत्केरी (प्रसूति) बिदा ९८ दिन पाउने व्यवस्था गरेको छ । “सरकारी, गैरसरकारी, निजी सङ्घ संस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलब सहितको प्रसूति बिदा पाउने अधिकार हुनेछ ।” विधेयकमा भनिएको छ । साथै, महिलाको स्वास्थ्यस्थिति कमजोर देखिएमा स्वास्थ्यकर्मीको परामर्शमा एक महिनाको बिदासहित तलब पाउने अधिकार पनि विधेयकमा छ । सरकारी, गैरसरकारी, निजी सङ्घ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान विधेयकले गरेको छ । पहिलो पटक स्वास्थ्य सेवा विभागले आफ्ना महिला कर्मचारीका…
आफ्नो हराएको कुनै चिज भेटिँदा खुसी अवश्य लाग्दछ । हराएको चिज चाहे भेटिने खालको नहोस् तर भेटिने आशा लागिरहन्छ । यस्तोमा यदि भेटिने आशै मारेको कुनै विशेष चिज फ्याट्ट भेटियो भने कत्तिको खुसी मिल्ला ? अमेरिकाको जर्जियामा बस्ने रोय रोट्स नामका वृद्धको हकमा यस्तै भएको छ । उनले ७७ वर्षअघि हराएको एउटा पर्स हालै फेला पारेका छन् । पर्समा होइन, ऊबेला पर्ससँग हराएका महत्वपूर्ण कागजात पनि उनले जस्ताको जस्तै फेला पारे । रोय अहिले १ सय वर्षका भए । तर जुन दिन उनको उक्त पर्स हराएको थियो, त्यो दिनका हरेक घटना उनको मनमा ताजै छन् । पर्स हराउने दिनको घटना…
विष्णु नेपाल काठमाडौँ, ९ भदौँ । प्रजनन स्वास्थ्यको कमजोरी ९रुग्णता० देखाएर श्रीमान्÷श्रीमतीमध्ये कसैले पनि एक अर्कालाई घरबाट निकाल्न, विस्थापित गर्न र सम्बन्ध विच्छेद गर्न वा गराउन नपाइने भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा दर्ता भएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकमा भनिएको छ, “प्रजनन स्वास्थ्यको रुग्णताका कारण देखाइ कसैलाई पनि सम्बन्ध विच्छेद गर्न, घरबाट निकाला गर्न, विस्थापन गर्न वा गराउनु हुँदैन । ” उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले हालै सो विधेयक दर्ता गर्नुभएको थियो । विधेयकमा सम्बन्ध विच्छेद, घरबाट निकाला, विस्थापन गरेमा एक वर्षसम्म कैद र रु एकलाख जरिवानाको प्रावधान मस्यौदा गरेको छ । विधेयकमा…
काठमाडौं, ९ भदौ । यसअघि १६ वर्ष उमेर पूरा नगरेकालाई मात्र बालबालिका मानिन्थ्यो । भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिता, २०७४ ले बालबालिकाको उमेर हदलाई दुई बढाएको छ । साथै मौलिक हक कार्यान्वयन गर्न संसदमा सरकारले ल्याएको बालबालिकासम्बन्धी कानुन संशोधन गर्ने विधेयकमा ‘१८ वर्ष उमेर पूरा नगरेकालाई बालबालिकाका रुपमा मानिने’ भनिएको छ । कसुरजन्य अभियोग लागे यस्ता बालबालिकालाई पुर्पक्षका लागि थुनाको सट्टा बाल सुधारगृहमा राखिने व्यवस्था गरिएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । यस्तै, १० वर्षभन्दा कम उमेरका बालबालिकालाई मुद्दा नलगाइने र कुनै सजाय नहुने भएको छ । १० वर्षमाथिका तथा १४ वर्षमुनिकाले कसरजन्य काम गरेका भए…
काठमाडौं, ९ भदौ । घटना भएको झन्डै चार महिनापछि काठमाडौंको नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको तथ्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १० का २४ वर्षीय अनुपसिंह विष्ट पक्राउ परेका छन् । विष्टलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले तीन दिनअघि पक्राउ गरेको हो । पीडित युवतीको किटानी जाहेरीपछि प्रहरीले सिंहलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । तर, पर्याप्त प्रमाण नपुगेको भन्दै तारेखमा छाडेको थियो । दबाब बढ्दै गएपछि प्रहरीले सिंहलाई शुक्रबार पुनः हिरासतमा लिएको छ । वृत्तका प्रमुख डिएसपी गोविन्द काफ्लेले भने बलात्कारको किटानी जाहेरी परेपछि सिंहलाई पक्राउ गरिएको तर, थप तथ्य ल्याउन ढिला…
दुधे, ९ भदौ । झापा क्षेत्र नं. ४ बाट निर्वाचित सांसदले सम्पर्क कार्यलयको व्यवस्था गरेको छन् । जनताको कामलाई व्यवस्थित गर्न कार्यलय स्थापना गरिएको बताइएको छ । संघीय सांसद एलपी साँवा लिम्बू,प्रदेश सांसद हिरा थापा र झलकसिंह दर्लामीबाट जनताको लागि गरिने सबै कामको पूर्ण व्यवस्थापन गर्न कार्यलय स्थापना गरिएको सांसद लिम्बूले जानकारी दिए । जनताले विकासको धेरै अपेक्षा गरेका हुन्छन्,उनले भने– सबै काम व्यवस्थापन गर्नलाई कार्यलय राख्ने सोच बनाएका हौं । शिवसताक्षीको दुधे चोक नजिकै कार्यलय स्थापना गरिएको छ । शुक्रवार पूर्व सांसद तारा साम्याङ्याले कार्यलयको उद्घाटन गरेका हुन् । उद्घाटनमा बोल्दै उनले जनताको कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सांसदहरुले…
उर्लाबारी, ९ भदौ । मोरङको मिक्लाजुङ गाउँपालिका र इलामको चुलाचुली गाउँपालिकाबीच भएर बग्ने नुनसरी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । मिक्लाजुङ–२ र चुलाचुली–६ को कुइनेटारमा रु ३२ लाख ३९ हजार ९४० को लागतमा निर्माण गरिएको सो पुल १२० मिटर लामो छ । उक्त पुल निर्माणका लागि जिल्ला समन्वय समितिले रु २७ लाख ७२ हजार ९४०, मिक्लाजुङ गाउँपालिकाले रु दुई लाख ४ हजार, चुलाचुली गाउँपालिकाले रु एक लाख र स्थानीयबासीले रु एक लाख ६३ हजार व्यहोरेका थिए । पुल बनेसँगै प्रत्यक्ष लाभान्वित भएका १ देखि ५ नं वडाका बासिन्दालाई यसअघि उर्लाबारी हुँदै गाउँपालिका केन्द्र मधुमल्ला आउन आउनुपर्ने बाध्यता थियो ।…
काठमाडौं, ९ भदौ । दक्षिणकाली नगरपालिकाले धार्मिक संघसंस्था, भजनमण्डली, चर्च, मन्दिर र गुम्बालाई पनि करको दायरामा ल्याएको छ । धार्मिक संघसंस्थाको गतिविधिको निगरानी तथा तथ्यांक राख्न आर्थिक विधेयकमार्फत स्थानीय तहमातहत ल्याइएको नगरपालिकाको भनाइ छ । व्यवसाय सञ्चालन भएकालाई करको दायरामा ल्याउने प्रयास मात्र हो’, नगर उपप्रमुख वसन्ती डंगोल तामाङले भनिन्, ‘सुरुवातमा कम कर लगाएका छौंँ । समयअनुसार बढाउँदै लैजाने तयारी छ।’ नगरको आर्थिक ऐनमा व्यवसाय कर शीर्षकमा गुम्बामा सञ्चालित, होटल, लज, गेस्टहाउस आदिले वार्षिक ५० हजार रुपैयाँ तिर्नुपर्नेछ । सिफारिस तथा प्रमाणित दस्तुरका रूपमा धार्मिक विद्यालय चलाउने संघसंस्थालाई पनि निश्चित कर तोकिएको छ । त्यसैगरी योग र ध्यान केन्द्र खोल्न…
भद्रपुर, ९ भदौ । पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी विभिन्न निजी कम्पनी तथा संस्थाबाट राखिएका होर्डिङ बोर्डलगायत प्रचार सामग्री मेचीनगर नगरपालिकाले शुक्रबारदेखि हटाउन शुरु गरेको छ । पूर्वाञ्चल डिभिजन सडक कार्यालयले राजमार्ग क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउनका लागि सहयोग मागेपछि नगरपालिका आफँैले त्यस्ता प्रचार सामग्री हटाउन शुरु गरेको मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले बताउनुभयो । सडक ऐन २०३१ ले निर्धारण गरेको मापदण्डअनुसार राजमार्गको दायाँबायाँ २५/२५ मिटरलाई सडक क्षेत्र मानिए पनि सो क्षेत्र अतिक्रमण गरेर जथाभावी घरटहरा बनाइनुका साथै होर्डिङ बोर्ड राख्ने गरिएकाले नगरपालिकाले प्रहरी र विद्युत्का कर्मचारी परिचालन गरेर पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट होर्डिङ बोर्ड हटाउन शुरु गरेको हो ।…