झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ८ भदौ । इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत भलिबलतर्फ आज भएको दोस्रो खेलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको छ । समूह ‘डी’ मा रहेको नेपाल आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियासँग २५–१६, २५–१३ र २५–१४ मा पराजित भएको जकार्तामा रहनुभएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो । दुवै खेलमा पराजित नेपाल समूह चरणबाटै बाहिरिएको छ । नेपाल यसअघि बुधबार भएको पहिलो खेलमा चाइनिज ताइपेइसँग पराजित भएको थियो । एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन् । नेपालले ३२ वर्षपछि एशियाली खेलकूदमा भलिबलमा सहभागिता जनाएको हो । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४मा दक्षिण…

Read More

सन्तोष खनाल, फर्मासिष्ट क्यान्सर रोकथामको लागि प्रयोग हुने औषधि अर्थात् एन्टी क्यान्सर ड्रग्स ‘केमो’ औषधिहरु अन्य औषधिको तुलना धेरै असर तथा दुष्प्रभाव गर्ने हुन्छन्। क्यान्सर भएको व्यक्तिले एक वा एक भन्दा बढी औषधिहरु क्यान्सर निदानको लागि प्रयोग गरिरहेका हुन्छन्। ती औषधिको प्रयोग गर्ने प्रविधीलाई ‘केमोथेरापी’ भनिन्छ । यी औषधिको लापरवाहीपूर्ण सेवन गर्ने र गराउनेलाई धेरै जोखिम छ । अहिले बिभिन्न प्रकारका केमोथेरापी बनेका छन् । हरेक औषधीको प्रयोग गर्ने तरिका फरक हुन्छ– साथै केमोथेरापी फरक हुन्छन् । केमो औषधीहरू सुर्इबाट नशामा लगाइन्छ , केही केमो मुखबाट सेवन गर्नुपर्छ। कुन केमोथेरापी प्रयोग गर्ने निर्णय क्यान्सरको प्रकार, बिरामीको अवश्था र उमेरको आधारमा…

Read More

भीमदत्तनगर, ८ भदौ । कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर आज आत्महत्या गरेका छन् । आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान्-श्रीमती अलग-अलग चुन्नीमा झुण्डिएको अवस्थामा भेटिएको बताउनुभयो । मृतकका भाइले झ्यालबाट दाइ-भाउजु झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकहरुको गत जेठमा विवाह भएको थियो ।

Read More

बिर्तामोड, ८ भदौ । नेपाल सुनचाँदी व्यवसायी सङ्घ झापाको अध्यक्षमा राजु विश्वकर्मा निर्वाचित भएका छन् । व्यवसायी सङ्घको विर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनबाट निकटम प्रतिद्वन्दी गोपाल ल्वागुनलाई ३३ मतले हराउँदै विश्वकर्मा विजयी हुनुभएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा राजुकुमार गुप्ता तथा उपाध्यक्षमा धीरेन विश्वकर्मा, टोलबहादुर सुनार, तुलसी विमली र रमेश पोर्तेल चयन भएका छन् । महासचिवमा राजन कालीकोटे, सचिव राजेशकुमार सोनी, सहसचिव वृहस्पति पाण्डे र कोषाध्यक्षमा विजय सराफ निर्विरोध चयन हुनुभएको निर्वाचन अधिकृत एकराज गिरीले जानकारी दिनुभयो । सङ्घमा आठ सदस्यसमेत निर्वाचित भएका छन् ।

Read More

बिर्तामोड, ८ भदौ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुखी र समृद्ध मुलुक निर्माणका लागि सरकार अघि बढेको बताउनुभएको छ । झापाको बिर्तामोड नगरपालिकालाई खुला दिसामुक्त नगर घोषणा गर्न आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले समृद्ध नेपाल निर्माणका लागि कार्ययोजना बनाएर सरकार अघि बढेको बताउनुभयो । ‘मुलुक समृद्धिको यात्रामा छ’, उहाँले भन्नुभयो, ‘धेरै समस्या आइरहेका छन्, तर यो यात्रा रोकिनेवाला छैन ।’ उहाँले सरकार कछुवा गतिमा नभई चितुवाको गतिमा अघि बढिरहेको बताउनुभयो । ‘सरकार किस्ताबन्दीमा होइन, तीव्र गतिमा अघि बढिरहेको छ’, उहाँले भन्नुभयो, ‘विकासको गतिमा गुणात्मक फड्को मार्नुपर्छ ।’ सरकारले जनताको ढाँस सेक्ने गरी…

Read More

पछिल्लो समय नेपाली फिल्मका निर्माता महत्वाकांक्षी बन्दै गएका छन् । बजारमा आएका फिल्महरु एकपछि अर्को फ्लप भइरहँदा पनि फिल्ममा लगानी निरन्तर बढिरहेको छ । एउटा फिल्ममा २–३ करोड बजेट सामान्य हुन थालेको छ । यही बीचमा एउटा खबर सार्वजनिक भयो, बलिउड अभिनेत्री सन्नी लियोनीलाई लिएर नेपाली फिल्म ‘पासवर्ड’ बन्ने । यो फिल्मको बजेट सुन्दा जिभ्रो टोक्न बाध्य हुनुपर्छ । ५० लाखमा बनेको फिल्मले पनि लगानी उठाउन नसकिरहेका बेलामा यस फिल्ममा ३० करोड लगानी गर्ने घोषणा गरिएको छ । सन्नी लियोनीले अभिनय गर्ने भनिए पनि पछिल्लो खबरअनुसार उनले आइटम डान्स मात्र गर्नेछिन् । र, एउटा आइटम डान्सका लागि उनलाई २ करोड…

Read More

विभा झा ‘बालिकामाथि अप्राकृतिक मैथुन गर्ने प्रधानाध्यापक थुनामा,’ ‘गौरिगंज बाट फर्कदै गरेकी ६ वर्षिया बालिका माथि यस्तो हर्कत,’ ‘बाबुले नाबालक छोरीलाई बलात्कार,’ ‘एक माइक्रोबसमा सामूहिक बलात्कार’ जस्ता कैयन उदाहरणहरु केवल समाचार होइनन् यी त पुरुषप्रधान समाजका महिलाप्रतिको सोच र व्यवहार पनि झल्काएका हुन् । आज महिला हुनु नै काफी छ पुरुषको लागि । महिलाको उमेर र नाताले पनि उनी सुरक्षित छैनन् । आफ्नै घर भित्र आफ्नै नातेदार ले के गर्ला भन्ने पिडा छ । कुनै पनि नाता यस काण्डबाट उच्छिटीएका छैनन् जसमाथि महिलाले निसंकोच विश्वास गर्न सकोस्। हजुरबुबा, बुबा , काका , मामा , फुपा हुदाँहुदै आफ्नै दाजुभाइ समेतले पनि…

Read More

एकजना महिलाले आफ्नो पति मरेको ३ वर्षपछि सोही लोग्नेको  गर्भ रहेको  बच्चा पाएकी छिन् । सुन्दैमा अचम्म लाग्दछ र पत्यार नलाग्न पनि सक्छ । तर यो भारतमा भएको सत्य घटना हो । समाचार अनुसार ती महिलाका पतिको तिनवर्ष अघि कार दुर्घटनामा मृत्यु भएको थियो । त्यसको तीनवर्ष पछि मृतककी पत्नी सुप्रियाले मुम्बइको एक अस्पतालमा बच्चा जन्माइन् । गौरब नामका पुरुष र सुप्रिया नामकी महिलाबीच बिहे भएको ५ वर्ष बितिसक्दा पनि उनीहरुका बालबच्चा नभएपछि टेष्टट्युब विधिबाट बच्चा पाउने प्रक्रिया सुरु गरेका थिए । डाक्टरले उक्त प्रक्रियाका लागि गौरवको शुक्रकिट संकलन गरी भण्डारण गरिसकेका थिए । तर दुर्भाग्य यसैबीच सन् २०१५ को…

Read More

अमेरिका, ८ भदौ (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनले राष्ट्रपति ट्रम्पले आफ्ना यौन साथीहरुलाई रकम दिएर चुनावी वित्तीय नियमको उल्लंघन गरेको आरोप लगाएका छन् । करिब एक दशकसम्म ट्रम्पको वकिलको रुपमा काम गरेका कोहेनले अमेरिकी म्यानहटन अदालतमा राष्ट्रपति ट्रम्पले वित्तीय नियम उल्लंघनको आरोप लगाएका हुन । तर यो आरोपको ट्रम्पले खण्डन गरेका छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पसँग यौन सम्बन्ध रहेका दुई प्रेमिकालाई मौन बस्न लगाउन रकम दिएको आरोप लाग्दै आएको छ । कोहेनले उम्मेदवार ट्रम्पले भनेकाले आफूले रकम दिएको स्वीकार गरेका छन् । त्यसको उद्देश्य राष्ट्रपति निर्वाचन प्रभावित पार्ने उद्देश्य रहेको उनले बताए…

Read More

धरान, ८ भदौ । धरान उपमहानगरपालिकाले कर वृद्धि गरेपछि नेपाली कांग्रेसले टोलटोलमा करविरुद्धको आन्दोलन सुरु गरेको छ । कर वृद्धि गरिएको विषयमा कांग्रेस धरानले बिहीबारदेखि टोलटोलमा आन्दोलन सुरु गरेको हो । कर वृद्धि फिर्ताको माग गर्दै उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारीलाई हप्तादिनको अल्टिमेटम दिएको कांग्रेसले कर वृद्धि फिर्ता नहुने छाटकाट देखेपछि आन्दोलनलाई थप शसक्त बनाउन टोलटोलमा कर वृद्धि विरुद्धको आन्दोलन सुरु गरेको कांग्रेस धरानका सभापति तिलक राईले बताए । उनले जनताको ढाड सेक्ने गरी वृद्धि गरिएको कर फिर्ता नभए कांग्रेस धरानले उपमहानगरपालिका विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। कांग्रेस धरानले बिहीबारदेखि धरान १८ बुद्ध चोकबाट कर विरुद्धको आन्दोलनस्वरुप…

Read More