झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

लसएञ्जलस । हलिउड पप गायक जस्टिन बिबरकी प्रेमिका तथा मोडेल हेली बाल्डविनले आफ्नै रगत प्रयोग भएको फेस क्रिम प्रयोग गर्ने गरेको बताएकी छन् । ‘फिमेलफस्ट डटको डट यूके’ नामक वेबसाइटका अनुसार २० वर्षीया मोडेल बाल्डविनले एक छाला विशेषज्ञसँग भेटिन् । उनले बाल्डविनको बायाँ हातबाट रगत निकाले अनि त्यसमा अन्य पदार्थ मिलाएर एउटा विशेष मेसिनद्वारा फिल्टर गरे । बाल्डविनले भनिन्, ‘म उनै छाला विशेषज्ञले दिएको लोसन प्रयोग गर्छु, जसमा मेरो आफ्नै रगत प्रयोग हुन्छ ।’ उनी आफ्नो छालाको विशेष ख्याल गर्छिन् । उनले प्रेमी जस्टिनसँग इन्गेजमेन्ट गरेकी छन् । हेलीले सामाजिक सञ्जालमा जस्टिनलाई किस खाइरहेको फोटो पोस्ट गरेर यसको पुष्टि गरेकी…

Read More

भीमदत्तनगर, ७ भदौ । कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित आठ जना घाइते भएका छन् । यहाँको ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोलनकारीलाई गोलीको छर्रा लागेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । घाइते हुनेमा तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का र सन्तोष कठरिया रहेका छन । बायाँ खुट्टामा गोली लागेका भण्डारीलाई थप उपचारका लागि धनगढी पठाइएको अस्पताल स्रोतले जनाएको छ । आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्ट घाइते हुनुभएको छ…

Read More

कुमार चौलागाई काठमाडौँ, ७ भदौ । इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् । भारोत्तोलनमा कमलबहादुर अधिकारीले एक र सञ्जु चौधरीले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउनुबाहेक अन्य स्पष्र्धामा नेपालको प्रदर्शन पहिलो र दोस्रो चरणबाटै समाप्त भएको छ । महिला ५३ केजी तौल समूहमा सञ्जुले स्न्याचमा ७२ र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कूल १५८ केजी तौल बहन गर्दै तीन राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सञ्जुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत भङ्ग गरेकी हुन् । अधिकारीले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कूलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा…

Read More

तेह्रथुम, ७ भदौ । तेह्रथुमको म्याङलुङ नगरपालिका–७, आम्बुङस्थित स्वास्थ्यचौकीका लागि दाताबाट भवन निर्माण भएको छ । स्थानीय दुई परिवारका सदस्यले आफ्ना स्व बुबाआमाको स्मृतिमा जग्गा खरीद गरी भवन निर्माण गरिदिएका हुन् । स्वास्थ्यचौकीका लागि ११ कोठे भवन निर्माण भएपछि अब २४ घण्टे प्रसूति सेवासमेत शुरु भएको छ । भवन निर्माणका लागि स्थानीय कृष्णबहादुर, इन्द्रबहादुर, गणेशबहादुर, हृदयमान र प्रेमबहादुर सम्बाहाम्फेले आफ्ना स्व बुबा टङ्कबहादुर र आमा मनमायाको स्मृतिमा पाँच रोपनी जग्गा आठ कोठा निर्माणका लागि रु ३९ लाख सहयोग गर्नुभएको हो । यस्तै खेलप्रसाद लिम्बूले आफ्ना बुबा मनबहादुर र आमा निमाको स्मृतिमा एक रोपनी जग्गा र तीन कोठे भवन निर्माणका लागि…

Read More

काठमाडौं, ७ भदौ । सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । मानव सुचकांकको दृष्टीकोणले पछाडी परेका र अन्य विद्यार्थीलाई लक्षित गरी विभिन्न सुविधासहित निशुल्क शिक्षा दिन लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलद्वारा संसदमा दर्ता गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा यस्तो सुविधा दिने बताइएको छ । विधेयकको २२ देखि २७ दफामा आधारभुत र माध्यामिक तहमा भर्ना भएका र पढ्दै गरेका विद्यार्थीलाई पाठ्यपुस्तक, पोशाक, दिवाखाजा, शैक्षिक सामाग्री र प्राथमिक स्वाथ्य उपचार लगायतका सेवा निःशुल्क दिने उल्लेख छ । विद्यार्थीलाई सबै सुविधा दिने जिम्मा स्थानीय…

Read More

मोरङ, ७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना बुधबार शुभारम्भ गर्नुभयो । केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको जिल्लाको विकट मानिने सो क्षेत्रमा ऊर्जाको आवश्यकता पूर्ति गर्न जडान गरिएको सो प्रणालीबाट ७५ घरधुरीमा विद्युतीकरण भएको छ । एसियाली विकास बैंकको रु एक करोड ४५ लाख २० हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु १६ लाख र जिल्ला समन्वय समितिको रु छ लाख गरी कूल एक करोड ७५ लाख ८७ हजार ५४५ को लागतमा सो प्रणाली जडान गरिएको हो । सूर्योदय ऊर्जा प्रालिले निर्माण गरेको उक्त परियोजनामा पहिलोपटक स्मार्ट…

Read More

काठमाडौं, ७ भदौ । मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालीम आयोजना गरिएको छ । हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका बारेमा जानकारी दिन आयोजित सो तालीममा कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवं निजी बीउबिजन उत्पादक कम्पनीका विज्ञ, वैज्ञानिक र प्राविधिकलगायत ३५जनाको सहभागिता छ । नेपालमै मकैको हाइब्रिडको बीउ उत्पादन हुनसक्ने तालीममा सहभागीले जनाएका छन् । उक्त तालीम सञ्चालाका लागि चीन सरकारको वाणिज्य मन्त्रालयले नेपाल सरकारलाई सहायता प्रदान गरेकामा कृषि मन्त्रालयअन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र चीनको युआन लोङपिङ हाइटेक कृषि कम्पनीले सामूहिक रूपमा कार्यक्रम गरिरहेका…

Read More

सान नेपाल गौरादह, ७ भदौ । प्रधानमन्त्री केपी ओलीले गौरादहमा सम्बोधन गर्नुभयो । गौरादहमा नागरिक अभिनन्दन र कार्यकर्ता भेटघाटका लागि १२ बजे आउने समय तालिका बनाइएको भएता पनि वहाँ २ बजे मात्र गौरादह आइपुग्नु भएको थियो । यसअघि वहाँले कमल गाउँपालिकाको गेउरियामा स्थापना गर्न लागिएको आयुर्वेदिक हस्पिटलको सिलान्यास गर्ने कार्यक्रम रहेकोे थियो । हस्पिटल निर्माण स्थलसम्म पुग्ने सडक हिलाम्मे भएको कारण उक्त स्थान सम्म वहाँ पुग्न सक्नु भएन । सडकको मुख्य गेट बाटै बेलुन उडाएर प्रमले हस्पिटल सिल्यान्यास गर्नुभयो । वहाँको साढे ३ बजेको बिराटनगर–काठमाडौ नियमित उडानबाट राजधानी फर्किने समय तालिका थियो । समय अभावका कारण अभिनन्दन कार्यक्रम समेत छोट्याउनु…

Read More

सान नेपाल गौरादह, ७ भदौ । प्रधानमन्त्री केपी ओलीले आफु राजनीतिक जोगी भएको बताएका छन् । गौरादह नगरबासीले आयोजना गरेको अभिनन्दन समारोहमा बोल्दै उनले त्यस्तो बताएका हुन् । ‘जोगीको न घर हुन्छ, न सन्तान हुन्छन् न त कुनै व्यक्तिगत इच्छा आकांक्षा नै हुन्छन्, म त्यही बर्गको मान्छे हु’, उनले भने । आफु राजनीतिक जोगी भएकोले कुनै प्रकारको राजनीतिक बेइमानी पनि नगर्ने बताए । ‘शारीरिक रूपमा मलाई धेरै समस्या छन्, बाँकी जीवन देश र जनताको हितमा खर्चने संकल्प गरेको छु’, ओलीको सेन्टिमेन्टल भ्वाइस थियो । राजनीतिक रूपमा जोगी भएको बताउने प्रधानमन्त्रीको जीवन शैली निकै शौखिन रहेको जानकारहरु बताउँछन् । उनले दैनिक…

Read More

काठमाडौँ ७ भदौ । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको छ । नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिले युएसएआइडीमार्फत मानवशास्त्र सङ्कायका आएको रकम प्राध्यापकहरुले आर्थिक तथा नीतिगत भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न माग गरेको हो । उक्त समितिका सभापति हरि आचार्यले बुधबार आयोजित पत्रकारसम्मेलनमा विदेशी अनुदानबाट आएको करोडौँ रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीले आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाउनुभयो । “त्रिविका सम्पूर्ण विभाग विद्यार्थीको हित र पक्षमा बन्न सक्नुपर्छ, अध्ययन अनुसन्धानमा विभागहरु क्रियाशील हुनुपर्छ, त्रिविको लोगो र छापसमेत दुरुपयोग गरी वार्षिक लाखौँ रकम बुझ्ने काम भएको छ,” उहाँले भन्नुभयो ।

Read More