झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २१ असोज । नवगायक मुस्कान मुकारुङको पहिलो गीतिएल्बम ‘प्रारम्भ’ सार्वजनिक भएको छ । नेपाली वाङ्मय परिषद् र सेवा इन्टरटेग्मेन्टले आज आयोजना गरेको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा मुकारुङको सो गीतिएल्बम सार्वजनिक गरियो । “यो मेरो पहिलो एल्बम मात्र होइन, पहिलोपटक गाएको गीत पनि यसमा समावेश छ”, गायक मुकारुङले भन्नुभयो । आफूले तीन÷चार वर्षको अन्तरमा गीतिएल्बम सार्वजनिक गरेको उहाँ बताउनुहुन्छ । सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार बैरागी काइँलाले सङ्गीतमा गीतकार स्वयंलाई मात्र नभई अरुलाई पनि आनन्दित तुल्याउने क्षमता हुनुपर्ने बताउनुभयो । वरिष्ठ गायिका कुन्ती मोक्तानले गायकमा गीत रेकर्ड गर्ने र स्टेजमा गएर गाउने समयमा बाहेक अन्य समयमा आफूमा…

Read More

काठमाडौँ, २१ असोज । राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गरी पीडितलाई न्याय दिन सरकारलाई आठ बँुदे निर्देशनपत्र पठाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा गत साउन १० गते कञ्चनपुर जिल्लाको उल्टाखाममा १३ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्यामा संलग्न वास्तविक दोषी पत्ता लगाई कारवाही गर्न र पीडितलाई न्याय दिन आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आठ बुँदे निर्देशनपत्र पठाएको उल्लेख छ । घटनाका सम्बन्धमा आयोगको प्रदेश कार्यालय धनगढी र केन्द्रीय कार्यालयको टोलीसमेतले अनुगमन÷अनुसन्धान गरिरहेको र अनुगमनबाट प्राप्त प्रारम्भिक प्रतिवेदन उपर आयोगमा छलफल हुँदा उक्त घटनाको सम्बन्धमा वैज्ञानिक तथा…

Read More

काठमाडौँ, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र सुशासनको मुख्य लक्ष्य पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकार शुभशङ्कर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’को विमोचनपछि प्रधानमन्त्री ओलीले जनताको विश्वास पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले देशका जनताले बहुमतसहित स्थिर सरकार बनाउन जनमत दिएकाले विश्वासघात नगर्ने प्रण गर्नुभयो । “समाजमा जादु देखाउन खोजेको होइन, विकास गर्न खोजेको हो परिणाम निकाल्नुपर्छ”, उहाँले थप्नुभयो, “लडाईं र लडाईंको अन्त्य पनि हामीले गरेको हो, समाज परिवर्तन पनि गरेकै हो, अब विकास पनि हामी नै गर्छौं ।” शान्ति प्रक्रिया सकिएर नयाँ युगमा नेपाल प्रवेश गरिसकेकाले कुनै शङ्का नगर्न विपक्षी दललाई आग्रह…

Read More

बुधबारे, २१ असोज । संघीय लिम्बुवान मञ्च नेपाल बुद्धशान्तिको प्रथम अधिवेशनले पूर्ण तवेगुङको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन भएको छ । आइतबार बुधबारेमा भएको अधिवेशनले उपाध्यक्षमा डिल्लीनारायण श्रेष्ठ, सुजन बेघा, ज्ञानमाया लिम्बु, प्रदिप राई, मीरा योञ्जन र सन्तोष कुमार लिम्बुलाई चयन गरेका हुन् । त्यस्तै सचिवमा नन्दु राई, सहसचिवमा गजुहाङ योङहाङ, अर्थ सचिवमा देवेन्द्र लिम्बु चयन भएका छन् । सिनियर फिल्ड कमाण्डरमा पूर्ण सुहाङ चयन भएका छन् । बुद्धविर गुरुङको सभापतित्व तथा सांसद विष्णु तुम्बाहाम्फेको प्रमुख आतिथ्यमा भएको प्रथम अधिवेशनमा पहिचान सहितको १० प्रान्त र १ विशेष प्रान्त सहित ११ प्रान्तलाई संविधानले नै सुरक्षित गरिनुपर्ने जोडदार माग गरिएको छ ।…

Read More

गौर, २१ असोज । मधेशलाई छुटै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत आज अपराह्न गौरमा पक्राउ परेका छन् । स्वतन्त्र मधेशको वकालत गर्दै आएका डा राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियोे । राज्यविरुद्ध अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिनुभएको छ । अदालतमा डा राउत करीब १०० समर्थकसहित उपस्थित भएका थिए । राउतलाई राज्यविरूद्घको अपराधमा मुद्दा चलाइने बताइएको छ ।

Read More

गौरादह, २१ असोज । गौरादह १ मा रहेको जनसहभागि कृषि सहकारी संस्थाको ९औं वार्षीक साधारण सभा सम्पन्न भएको छ । मोति मा.वि.गौरादह १ सीतापुरीको सभाहलमा आयोजना गरिएको साधारण सभामा संस्थाका अध्यक्ष मिन प्रसाद भण्डारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका लेखा संयोजक जीवन कार्कीले ६५ लाख ७० हजार १ सय ५३ वासलात रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले १५ जना ज्येष्ठ शेयर सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गरेको थियो । त्यसअवसरमा नियमित बचतकर्ता ३ जना, उत्कृष्ट ऋणि ३ जना, बालबचत तर्फ २ जनालाई पुरस्कृत गरिएको थियो । वार्षिक साधारण सभा कार्यक्रममा अन्तिम समय सम्म सहभागि हुने…

Read More

गौरादह (झापा), २१ असोज । भी.भी.आई.पी.हरुको नगरपालिकाको रुपमा चिनिने गौरादह झापाको दशौं स्थानीय तहको रुपमा आइतबार खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह मुलुकका अर्थमन्त्री, महान्यायाधिवक्ता, सरसफाइ दूत, प्रदेश आन्तरिक मामिला मन्त्री लगायतका विशिष्टहरुको गृहनगर हो । १२ हजार १ सय ४८ घरधुरी रहेको गौरादह नगरपालिकामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा सहारा नेपालले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेको हो । अभियानअघि ७ हजार ७ सय ५१ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा ४ हजार ३ सय ९७ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरी खुल्ला दिसामुक्त घोषणा गरिएको हो । खुल्ला दिसामुक्त घोषणा समारोहमा नगर…

Read More

विराटनगर, २१ असोज । प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रदेश नं १ प्रदेशसभाबाट नियमावली, २०७४ नियम ९२ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रस्ताव राख्नुभएको थियो । यसअघि मन्त्री घिमिरेले खेलकूद स्वास्थ्य प्रवद्र्धन र अनुशासनका लागि भएकाले ४४ वटा दफासहितको यो विधेयकले खेलकूदमा उल्लेखनीय प्रगति हुने विश्वास गर्नुभयो । प्रदेशसभामा प्रदेश खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य ज्योति सुब्बा, बिमल कार्की, बिन्दिया कार्की, सरीता थापा र राजकुमार ओझाले आ–आफ्नो विचार राख्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने…

Read More

मङ्गलबारे, २१ असोज । इलामको देउमाई नगरपालिकाका अग्निपीडितलाई नगरपालिकाले रु दुई लाख ३० हजार राहत प्रदान गरेको छ । इलाम र पाँचथरको सीमानामा पर्ने देउमाई नगरपालिका–१ राँके बजारका चार अग्निपीडितलाई देउमाई नगरपालिकाले शनिबार उक्त राहत प्रदान गरेको हो । नगरपालिकाले विपद् व्यवस्थापनअन्तर्गत अग्निपीडित ठालुमान श्रेष्ठलाई रु ८० हजार, श्रीबहादुर विष्टलाई रु ७० हजार, तिलबहादुर बस्नेतलाई रु ७० हजार र नरबहादुर श्रेष्ठलाई रु १० हजार राहत प्रदान गरेको हो । नगरपालिका प्रमुख सूर्यप्रसाद पोखरेलले आगलागी पीडितलाई राहत प्रदान गर्नुभएको वडाध्यक्ष माधव बस्नेतले जानकारी दिनुभयो । एक महिनाअघि राँके बजारमा आगलागी हुँदा रु दुई करोड १० लाख बराबरको क्षति भएको थियो ।

Read More

रामसुन्दर आचार्य काभ्रे, २१ असोज । पछिल्लो समय एकपछि अर्को गर्दै बलात्कारका घटना सार्वजनिक भएका छन् । नैतिक शिक्षाको अभावमा बलात्कारका घटना बढेको टिप्पणीसमेत हुने गरेको छ । तर, काभ्रेमा भने सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक नै दुई बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो । पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका रविराज खड्काले जानकारी दिए । अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको छ । ‘पीडितहरुको…

Read More