
मङ्गलबारे, २१ असोज । इलामको देउमाई नगरपालिकाका अग्निपीडितलाई नगरपालिकाले रु दुई लाख ३० हजार राहत प्रदान गरेको छ ।
इलाम र पाँचथरको सीमानामा पर्ने देउमाई नगरपालिका–१ राँके बजारका चार अग्निपीडितलाई देउमाई नगरपालिकाले शनिबार उक्त राहत प्रदान गरेको हो । नगरपालिकाले विपद् व्यवस्थापनअन्तर्गत अग्निपीडित ठालुमान श्रेष्ठलाई रु ८० हजार, श्रीबहादुर विष्टलाई रु ७० हजार, तिलबहादुर बस्नेतलाई रु ७० हजार र नरबहादुर श्रेष्ठलाई रु १० हजार राहत प्रदान गरेको हो ।
नगरपालिका प्रमुख सूर्यप्रसाद पोखरेलले आगलागी पीडितलाई राहत प्रदान गर्नुभएको वडाध्यक्ष माधव बस्नेतले जानकारी दिनुभयो । एक महिनाअघि राँके बजारमा आगलागी हुँदा रु दुई करोड १० लाख बराबरको क्षति भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


