
झापा, ८ बैशाख । झापाको भद्रपुर नगरपालिका–४ स्थित मन्त्रिचोकमा सोमबार राति ९ः३० बजे अष्टजाम हेर्न जादा दुई समुह बीच झगडा भएको छ । उक्त झगडामा एक जना घाइते भएका छन् भने चार जना पक्राउ परेका छन् ।
झगडा भएर कुटपिट हुँदा कचनकवल गाउँपालिका–४ का १७ को बिक्रम माझी घाइते भएका छन् । उनको अवस्था बोल्न सक्ने अवस्था मध्यम टाउँकोमा र कानमा चोट लागेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिर्एको प्रहरी टोली घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भद्रपुर–७ बोक्तोबारीका १८ वर्षीय आदित्य सहनी, १९ वर्षीय रोमन मिस्त्री, १८ वर्षीय विवेक राजबंशी र भद्रपुर–६ फुटानीचोकका १८ वर्षीय प्रल्हाद राजबंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box



