
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २० भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ । मन्त्रालयका सचिव खगराज बरालको संयोजत्वमा गठित पुरस्कार विद्यालय छनोट समितिले सामुदायिक र संस्थागततर्फ विभिन्न विधामा १२ उत्कृष्ट विद्यालय छनोट गरेको सहसचिव सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले सामुदायिक र संस्थागततर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९कक्षा १२० मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन÷तीन र माध्यमिक शिक्षा परीक्षा ९कक्षा १०० मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन÷तीन विद्यालय छनोट गरेको हो । यसरी छनोटमा पर्ने विद्यालयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ९कक्षा १२०मा सामुदायिकतर्फ प्रथम अमरसिंह माध्यमिक…
चितवन, २० भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन् । विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद्ध भएको छ । विश्वविद्यालयले दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेपछि दुईवटा क्याम्पसले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अदालतमा चलिरहेको मुद्दालाई सहयोग पुग्ने गरी विश्वविद्यालयका पदाधिकारीले कीर्ते प्रमाण उपलब्ध गराएको आरोप लगाउँदै प्राध्यापकले विश्वविद्यालय बन्द गराएका हुन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले संयुक्तरुपमा आन्दोलन गरेका छन् । मन्त्रिपरिषद्बाट भएको सम्बन्धन खारेजीको निर्णयको प्रतिरक्षा गरिनुपर्नेमा निजी क्याम्पसलाई बल पुग्नेगरी प्रमाण उपलब्ध गराएकाले विश्वविद्यालय बन्द गराइएको नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका सचिव डा शङ्करराज…
गाईघाट, २० भदौ । जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए । यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका साथै रु ३० हजार जरिवानाको फैसलासमेत गरेको छ ।
इलाम, २० भदौ । माइ नगरपालिकामा चट्याङ लागेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर माइ नगरपालिका–१ घर भई माइ नगरपालिका–६ पलासेमा डेरा गरी बस्ने ३६ वर्षीया कुमारी योङहाङको मृत्यु भएको हो । छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उनलाई चट्याङ लागेको हो । योङहाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर स्थानीयवासी टीकामाया योङहाङ र प्रकृति फत्र घाइते भएका छन् । उनीहरुको झापाको विर्तामोडमा उपचार भइरहेको छ ।
पाँचथर, २० भदौ । सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा मृत्यु भएको थियो । मृतकका आफन्त सन्तोष सेलिङका अनुसार सुत्केरीलाई यही भदौ १५ गते स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले समयमै उपचारमा ध्यान नदिएपछि उनको मृत्यु भएको आफन्तको आरोप छ । स्वास्थ्यकर्मीले भने थप उपचारका लागि फिदिम ल्याउने क्रममा मृत्यु भएको दाबी गरेका छन् । मृतकका श्रीमान समीर सेलिङले स्वास्थ्यचौकी इन्चार्ज…
चितवन, २० भदौ । गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको अवस्था चुस्त हुनुपर्छ । ट्राफिक नियम पालना गरी चलाउनुपर्छ । नियम पालना नगरे कारबाही भोग्नुपर्छ । अचेल छडे जाँच गर्न जुनसुकै समय र ठाउँमा प्रहरी बस्छ। त्यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ। पूर्व(पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भएरनभएको चेक गर्न प्रहरीले छडे जाँच थाल्यो। ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिए। तर, योपटक प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद काटेन। नियम मिच्नेहरूले चकलेट पाए। अनि ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक…
काठमाडौँ, १९ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागसँगको सहकार्यमा स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराउने भएको छ । स्थानीय तहका सम्पूर्ण सूचना तथा जानकारी जनस्तरमा छिटो र छरितो ढङ्गले सम्प्रेषण गर्न, विभिन्न सुविधासम्बन्धी जानकारी प्रदान गर्न र गुनासो तथा समस्याको उचित व्यवस्थापन गर्न विभागले मोबाइल एप्स निर्माण गरेको हो । विभागले धुलिखेल नगरपालिकाको अनुरोधमा मोबाइल एप्स निर्माण गरेको थियो । उक्त एप्स सूचना सम्प्रेषणमा प्रभावकारी देखिएको भन्दै मन्त्रालयले अन्य स्थानीय तहलाई पनि प्रयोगका लागि अनुरोध गरेको हो । एप्समा स्थानीय तहको सङ्क्षिप्त परिचय र तथ्याङ्क, भौगर्भिक सूचना प्रणाली (जीआईएस), जनप्रतिनिधिको तस्वीरसहितको सम्पर्क विवरण,…
काडमाडौँ, २० भदौ । सरकारले कार्तिकदेखि स्थानीय तह र प्रदेशमा कर्मचारी समायोजनको प्रकृया अघि बढाउने भएको छ । कर्मचारी समायोजनको गाँठो फुत्काउन नसकिरहेको समयमा फेरी तीन महिनाभित्र कर्मचारी समायोजन गर्ने लक्ष्य लिइएको हो । कर्मचारी समायोजन गर्न नसक्दा संघीयताको कार्यान्वयनमा केन्द्र सरकार निकै बाधक रहेको प्रदेश र स्थानीय तहबाट निरन्तर आलोचना खेप्नु परिहेको अवस्थामा सो लक्ष्य लिएर गृहकार्य अघि बढाइएको बुझिएको छ । संघीय निजामती सेवा ऐन संसद्बाट पारित भएपछि कर्मचारी समायोजन थाल्ने योजनाअनुरुप सो लक्ष्य राखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय निजामती ऐन पारित भएपछि समायोजन प्रक्रिया अघि बढाउनेछौं –मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भन्नुभयो…
झापा, २० भदौ । गैरआवसीय नेपाली सघ एनआरएनए को कार्यक्रममा दुबई आएका श्रम मन्त्रालयका उपसचिव विपीन आचार्यलाई नेपाली महिलाले घेरे । र, सोधे, लौ भन्नुहोस्, हामीलाई कुन कानुन प्रयोग गरेर घर फर्किनबाट रोक्नुभयो । आचार्य अलमल्ल परे । उनीहरुले प्रश्न बर्साइरहे, के हामीलाई सरकारले देशमै ५०—६० हजारको जागित दिन सक्छ ? सक्दैन भने किन हाम्रो मुख थुन्छ ? किन बाटो छेक्न ? किन खुसी लुट्छ ? उनीहरु रहेछन् दुवईमा कार्यरत नेपाली घरेलु कामदार । सरकारले डेढ बर्षदेखि महिलाला घरेलु कामदारको श्रम स्वीकृत रोकेको छ । पहिल्यैदेखि आएर काम गरिरहेकालाई पनि पुनः श्रम स्वीकृति दिँदैन । उक्त नियमका कारण खाडीमा कार्यरत…
काठमाडौँ, २० भदौ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको तल्ला तहको एकता एवं सरकारको काम कारवाहीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ भएको छलफलमा प्रदेश र जिल्ला तहको पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु¥याउने तथा जनवर्गीय सङ्गठनको एकतालाई टुङ्गोमा पु¥याउने विषयमा विचारविमर्श भएको थियो । प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकताका लागि गठित अधिकांश कार्यदलले प्रतिवेदन बुझाएका छन् । तर पार्टीको सचिवालय बैठक बस्न नसक्दा ती प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन । त्यस्तै छलफलमा सरकारको काम कारवाही र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत…