
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १७ भदौ । सर्वोच्च अदालतले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय मीरा खड्का र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज वन तथा वातावरण मन्त्रालयलको नाममा सो अन्तरिम आदेश जारी गरको हो । आदेशमा भनिएको छ, “३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको नियन्त्रण तथा नियमन गर्न तथा अन्य झोलाको वैकल्पिक झोलाको प्रवद्र्धन गर्ने प्रावधान यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु ।” वन तथा वातावरणले गत जेठ २३ गते ३० माइक्रोनभन्दा कम मोटाइका झोला रोक्ने कार्यविधि निर्माण गरी ३० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला…
कुमार चौलागाईं काठमाडौँ, १७ भदौ । एशियाली महादेशको ओलम्पिकका रुपमा लिइने १८ औँ संस्करणको एशियाली खेलकूद एक हजार ५५२ पदको छिनोफानो गर्दै आज सम्पन्न भएको छ । यही भदौ २ गते जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गाशालमा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्नुभएको खेल आज सम्पन्न भएको हो । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । प्रतियोगितामा ४९ खेल समावेश गरिएको थियो । ४५ देशका ११ हजार ५०० खेलाडीले सहभागिता जनाएको प्रतियोगिता आज सकिँदासम्म ३७ मुलुकले पदक जित्दा आठ मुलुक रित्तोहात घर फर्किएका छन् । प्रतियोगितामा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धामा रजत…
चितवन, १७ भदौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले शहीदले पु¥याएको योगदानलाई देशले कहिल्यै बिर्सन नहुने बताउनुभएको छ । पश्चिम चितवनको शारदानगरमा आज साँझ आयोजित शहीद परिवारलाई सम्मान तथा नेपाल–भारत मैत्री सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले शहीदको सपना पूरा गर्नुपर्ने बताउनुभयो । धर्मोदय युवा क्लब शारदानगरसहित त्यस क्षेत्रका विभिन्न सङ्घसंस्थाले संयुक्तरुपमा आयोजना गरेको सो कार्यक्रममा देउवाले शहीदको रगतले देशमा ऊर्जा प्राप्त हुनुपर्ने भन्दै उनीहरुकै बलिदानले यो उपलब्धि प्राप्त भएको बताउनुभयो । देशको यो उपलब्धिलाई संरक्षण गर्न सके मात्र शहीदका सपना पूरा हुने उहाँको भनाइ थियो । देउवाले देशमा संसदीय बहुदलीय व्यवस्था प्राप्त हुनुमा शहीदकै योगदान रहेको बताउनुभयो । शहीदहरुले दिएको योगदानलाई…
काठमाडौँ, १७ भदौ । नेपाली काङ्ग्रेसले पार्टीको विधान समयानुकूल परिमार्जनका लागि यही भदौ २३ गतेसम्म प्रारम्भिक मस्यौदा तयार गर्ने जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रारम्भिक मस्यौदालाई मूल समितिले भदौभित्र एकीकृत गरी सातै प्रदेशमा मस्यौदामाथि अन्तक्र्रिया गरिने जानकारी दिइयो । पत्रकार सम्मेलनमा काङ्ग्रेस नेता एवं समितिका प्रवक्ता रमेश लेखकले प्रदेशस्तरमा अन्तक्र्रियापछि प्रारम्भिक मस्यौदामा प्राप्त सुझावका आधारमा अन्तिम मस्यौदा तयार गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेश गरिने बताउनुभयो । समितिले गठन भएयता आफ्नो कार्यविधि स्वीकृत गरी विधान संशोधनका आधारहरु तय गर्नुका साथै पार्टीका विभिन्न निकाय, भातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव सङ्कलन गरिरहेको जनाएको छ ।…
विराटनगर, १७ भदौ । विराटनगर महानगरपालिकाभित्र वम विष्फोटन गराउने कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले आज सार्वजनिक गरेको छ । गत साउन २७ गते महानगरपालिकाको कार्यालयको परिसरभित्र प्रमुखको कार्यकक्ष बाहिरपट्टि सोफामुनि राखिएको वम विष्फोटन भई मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिमा क्षति पुगेको थियो । अपराह्न २ बजे भएको सो घटनास्थल पुगेका प्रहरीले लगातार छानबिन र अनुसन्धान शुरु गरेपछि सिसिटिभीको माध्यमबाट तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुरपतार गाउँपालिका–३ निवासी अभिमनु गिरी, मोरङ जहँदा गाउँपालिका–२ हरिनगर निवासी मनोजकुमार सिंह र सिरहा सुखिपुर नगरपालिका–५ निवासी रामरिझन यादव छन् । उनीहरुविरुद्ध कर्तव्य ज्यान तथा सार्वजनिक ठाउँमा…
काठमाडौँ, १७ भदौ । नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल महिला सङ्घले पार्टीको वडादेखि केन्द्रीय समितिसम्म पदाधिकारीसहित न्यूनतम् ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन माग गरेको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी निर्वाचन लड्न पार्टीलाई स्थानीय तहमा ५० प्रतिशत र प्रदेश तथा सङ्घमा न्यूनतम् ३३ प्रतिशत महिलालाई टिकट दिनुपर्ने सुझाव दिएको छ । सङ्घका अध्यक्ष उमा रेग्मीले केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक गर्दै निर्वाचनको टिकट वितरण गर्ने काङ्ग्रेसको संसदीय समितिको केन्द्रदेखि स्थानीय तहसम्म महिला सङ्घका सम्बन्धित तहका अध्यक्षलाई समावेश गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको क्रियाशील सदस्यता वितरण गर्दा पार्टीमा सक्रियरुपमा काम गरिरहेका महिलालाई प्राथमिकताका साथ सदस्य दिनुपर्ने माग गर्दछौँ”,…
बुटवल, १७ भदौ । बुटवलको एक बैँकमा कार्यालय शुरु भएको केही समयमै एक जना सेवाग्राही लुटिएका छन् । बुटवलको व्यस्त बजार बुटवल उपमहानगरपालिका–६ स्थित बिपी चोकमा रहेको एभरेष्ट बैँकबाट रकम जम्मा गर्न गएका सेवाग्राही रोहित गौतमको दुई लाख २३ हजार बिहान करीब १०ः१५ बजे लुटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । बैँकमा पैसा जम्मा गर्न गएका गौतमले पैसाको झोला छेउको कुर्सीमा राखेर भौचर बनाउँदै गर्दा सेवाग्राही बनेर आएका लुटेराले भौचर भर्न सिकाइ दिन अनुरोध गरेर भुलाएको र सोही समयमा लुटेरा समूहका अन्य दुई जनाले रकम लिएर तीनै जना फरार भएको प्रहरी नायब उपरीक्षक मल्लले…
सन्तोष शर्मा झापा, १७ भदौ । सरकारले निर्धारण गरेको न्यूनतम् पारिश्रमिक नपाएपछि चिया मजदुर आन्दोलित भएका छन् । सरकारले चिया मजदुरको न्यूनतम् पारिश्रमिक बृद्धि गरे पनि नपाएपछि उनीहरु आन्दोलित भएका हुन् । झापाको बिर्तामोडमा तीन चिया मजदुर संगठनले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी आज आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । सरकारले साउन १ गतेदेखि लागू हुने गरी चिया मजदुरको न्यूनतम् पारिश्रमिक रू २७८ बाट बृद्धि गरी रू ३८५ निर्धारण गरेको छ । तर, डेढ महिना बित्दा पनि सरकारले निर्धारण गरेको पारिश्रमिक चिया मजदुरले नपाएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले बताउनुभयो । ‘तीन वर्षदेखि हामीले कुनै आन्दोलन गरेका…
काठमाडौँ, १७ भदौ । एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि अनिलकुमार साहले ४३, दीपेन्द्रसिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्लले २९, सुवाश खकुरेल र सागर पुनले १४÷१४ तथा कप्तान पारस खड्काले ११ रन बनाए । मलेशियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने…
विराटनगर, १७ भदौ । प्रदेश नं १ मा एक घरले कम्तीमा पाँच थान बिरुवा रोप्नुपर्ने भएको छ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शनिबार लेटाङ नगरपालिकामा ‘एक घर पाँच वृक्षरोपण अभियान’ शुभारम्भ गर्दै वातावरण स्वच्छ राख्न र आम्दानी बढाउनका लागि आ–आफ्नो घर जग्गामा बिरुवा रोप्नुपर्नेमा जोड दिनुभयो । अहिले पनि हामी वन पैदावरमा आत्मनिर्भर हुननसकेका कारण विदेशबाट अर्बौ रकम बराबरको काठ आयात भइरहको जानकारी दिँदै उहाँले स्वदेशको रकम विदेश जान नदिन रुखका बिरुवा रोप्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभासद् उपेन्द्र घिमिरे र उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव बद्रिराज…