
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
धादिङ, १३ भदौ । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक मङ्गलबार राति गजुरी गाउँपालिका वडा नं ६ अन्तर्गत त्रिशूली नदी खस्दा एक जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । नदीमा परेर हराइरहेका गजुरी गाउँपालिका वडा नं ६ का २१ वर्षीय रामकृष्ण भुजेलको खोजी भइरहेको भने बाइस वर्षीय केशर पुलामी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । दुर्घटनामा अन्य तीन घाइते भएकाले उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा पठाइएको छ । नदी ठूलो भएको र पानी परिरहेकाले उद्धारमा समस्या परेको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र…
विराटनगर, १३ भदौ । प्रदेश नं १ को प्रदेशसभाको आजको वैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ०३ (२) बमोजिम प्रदेश कर तथा गैरराजश्व लाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ माथि छलफल शुरु भएको छ । छलफलमा सहभागी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारले करलाई रहर बनाउन ‘कर मैत्री वातावरण बनाउनुपर्ने’, एकद्वार नीतिले कर उठाउने सम्बन्धमा स्थानीय निकायबीच समन्वय गर्नुपर्ने, जनतालाई कर बुझाउन उत्साहित बनाउने कार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँहरुले करको दायरा फराकिलो बनाउनुपर्ने, करको माध्यमबाट सङ्घीयतामाथि प्रहार भइरहेकामा प्रदेश सरकार सचेत हुनुपर्ने धारणा राख्नुभयो । प्रदेश नं १ का १३७ स्थानीय निकायलाई कर उठाउने सम्बन्धमा एकरुपता ल्याउन प्रदेश…
बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग मिलेर बनाउन लागेका हुन् । ३ भागमा बन्ने फिल्मका लागि मुकेशले १ हजार करोड भारु लगानी गर्ने तय भएको छ । यस विषयमा दुई पक्षबीच हालै सम्झौता भएको बुझिएको छ । सम्झौताअनुसार आमिरले मुनाफाको ७० प्रतिशत लिने छन् । सम्झौता लगत्तै आमिर कलाकारहरुको चयनमा जुटेका छन् । खबरअनुसार ‘बाहुबली’ बाट ख्याति कमाएका अभिनेता प्रभासलाई आमिरले ‘महाभारत’ का लागि अफर गरेका छन् । कुन भूमिकाका लागि उनले अफर गरेका हुन् भन्ने चाहिँ खुलासा भएको छैन । तर, आमिरको प्रस्ताव प्रभासले…
काठमाडौँ, १३ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजमा हुने सबै प्रकारका हिंसा रोक्न सरकार प्रतिवद्ध भएको बताउनुभएको छ । पछिल्लो समय आएका महिला हिंसा र बलात्कारका घटनाका समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै गृहमन्त्री थापाले महिला हिंसा रोक्न सरकार कडारुपमा प्रस्तुत हुने बताउनुभयो । महिला हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष निलम बर्माको नेतृत्वमा आज गृह मन्त्रालय आएको टोलीलाई गृहमन्त्रीले महिला हिंसाका घटनालाई गम्भीरतापूवर्क लिएर तत्काल कारवाही गर्न आफूले प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । गृहमन्त्री बादलले महिला हिंसाका दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिइने स्पष्ट पार्दै यस्ता घटनामा जोसुकैको कमजोरी देखिए पनि कारवाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो । यस्ता घटनामा…
काठमाडौँ, १३ भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिंडारी हुनुहुन्छ । सभापतित्रयको प्रतिबद्धता निर्वाचनपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति बिंडारीले समितिले मुलुकभरका ऐन, कानून, नियम, नियमावलीको अध्ययन गर्ने र विज्ञको परामर्शमा कार्यान्वयन गर्ने र अभिलेख राख्ने कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयोे । उहाँले भन्नुभयो, “समितिबाट भएको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग परामर्श गर्ने, राय लिने…
काठमाडौँ, १३ भदौ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो । ओमानका लागि खवार अलीले अविजित ८४ रन बनाए । उनले ९६ बल खेल्दै ४ छक्का र ६ चौका हाने । कप्तान जीसन मक्सुदले अविजित ४५, भैभव वाटेगोन्करले ४१ तथा जतिन्दर सिंहले ३० रनको योगदान दिए । बलिङतर्फ कप्तान पारस खड्का एक विकेट लिए । त्यसअघि टस हारेरे ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो…
बनेपा, १३ भदौ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँ महानगरपालिका–१६ बालाजुबाट मङ्गलबार पक्राउ पर्नुभएकी भुजेललाई मङ्गलबार बेलुका नै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको हो । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित ब्लुसाइन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको आरोपमा भुजेल पक्राउ परेको गिरीले बताउनुभयो । उहाँलाई आज जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी आवश्यक अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मासहित केन्द्रीय…
इटहरी, १३ भदौ । सुनसरीको सदरमुकाम इनरुवाबाट धनकुटाको पर्यटकीयस्थल नमस्ते झरनातर्फ गएको पर्यटक बस साँगुरीगढीको ओरालोमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा दुई गम्भीर र १४ यात्रु समान्य घाइते भएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । दुर्घटनामा सुनसरी बराहक्षेत्र नगरपालिका–९ निवासी राजेन्द्र चन्द्रवंशीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने क्रममा मृत्यु भएको ट्राफिक प्रहरी इटहरीले जनाएको छ । सुनसरी इनरुवा नगरपालिका–६ का ६५ वर्षीय खड्गबहादुर नेपाली र २८ वर्षीय श्रवण मेहताको गम्भीर अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य घाइतेको पानि सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ । बसका चालकलाई…
रत्ननगर, १३ भदौ । दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन गरेको छ । भदौ सात गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जीतबहादुर राईलाई बाघले आक्रमण गरेर मारेको थियो । सो बाघ समस्याग्रस्त भएर बस्तीमा निस्किएको निष्कर्षसहित नियन्त्रणमा लिन टोली परिचालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा वन्यजन्तु प्राविधिकसहित ३४ जनाको टोली बाघ नियन्त्रणमा खटिएका छन् । बाघ समाउन छ वटा हात्ती प्रयोग गरिएको छ । बाघलाई डाट गरेर बेहोस बनाई नियन्त्रणमा…
काठमाडौँ, १३ भदौ । राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ । विषयगत समितिमा आज बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो । सोअनुसार सभापतिमा राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा रामनारायण बिंडारी निर्विरोध निर्वाचित हुनुभएको हो । दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन दलीय सहमतिका आधारमा केही समयपछि हुने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।