
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुर्खेत, २२ भदौ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हरेक नागरिकले प्राप्त गरेको शिक्षा व्यवहारमा अनुवाद हुनुपर्ने बताउनुभएको छ । शिक्षामा रुपान्तरण संस्था काठमाडौँको सहयोग तथा नेपाल राष्ट्रिय मावि सुर्खेतद्वारा वीरेन्द्रनगरमा बिहीबार आयोजित ‘क्रियाकलापमा आधारित शिक्षण सिकाइ’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानूनमन्त्री भण्डारीले यो कुरामा जोड दिनुभएको हो । उहाँले बदलिँदो समाजमा व्यावहारिक शिक्षा कार्यान्वयन गर्नु अपरिहार्य रहेको बताउनुभयो । “कर्णाली प्रदेश सरकारले सुसंस्कृत, समृद्ध र समुन्नत प्रदेश बनाउने उद्देश्यसाथ चालु आवमा २४ वटा डिजिटल विद्यालय निर्माण गर्ने अभियान थालेको छ,” उहाँले भन्नुभयो, “जसमा सिकाइ उपलब्धि हासिल गर्न प्रविधिको प्रयोगसाथै सफल अभ्यास गरिनेछन् ।” प्रविधिमैत्री विद्यालय…
भीमदत्तनगर, २२ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताउनुभएको छ । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका प्रहरी महानिरीक्षक खनालले रासससँगको कुराकानीमा अपराधीलाई कानूनी दायरामा ल्याएरै छाड्ने बताउनुभयो । महानिरीक्षक खनालले घटनाको सुक्ष्म रूपमा विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । “प्रहरीप्रति अविश्वास राख्नु हुँदैन ।” उहाँले भन्नुभयो, “चाँडो नतिजा ल्याउनेमा सक्रिय छौँ ।” अनुसन्धानमा समय लागे पनि दोषीलाई कारबाही हुनेमा ढुक्क हुन उहाँले आग्रह समेत गर्नुभयो । सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगसित नेपाल प्रहरीले समन्वय गरेर आजबाट…
काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिनुभएको छ । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सकेसम्म आधा खर्चमा अहिलेको भन्दा दोब्बर काम गरेर जनतामा सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “दुई हप्तामा गर्ने काम एक सातामा गर्न सकिन्छ । कर्मचारी सङ्ख्या पनि पर्याप्त छ । विषयगत कर्मचारीको अभाव हुनसक्छ तर मुलुकको उत्पादकत्व बढाउने गरी कर्मचारीले काम गर्ने ठाउँ छ । ढिलासुस्ती र अनियमितताको गुनासो सुन्नु नपरोस् । अब हामीले सुशासन दिनैपर्छ…
अच्युत रेग्मी काठमाडौँ, २२ भदौ । मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दो छ । सामाजिक सञ्जालमार्फत नयाँ खाता खोलेर अपरिचित व्यक्तिको विस्तृत विवरण लिने, अन्य व्यक्तिको प्रतिष्ठामा आँच ल्याउने तथा महिला तथा बालबालिका बेचबिखन गर्ने घटनासमेत बढेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार साइबर अपराधमा आर्थिक वर्ष २०७१÷७२ मा ३५, आव २०७२÷७३ मा ४३, आव २०७३÷७४ मा ३२ र आव २०७४⁄७५ मा सयजना व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ…
सान नेपाल गौरादह, २२ भदौ । फर्निचर व्यवसायीहरुको संस्था गौरादह फर्निचर व्यवसायी संघले पछिल्लो समय सामाजिक क्षेत्रमा अतुलनीय योगदान गर्न थालेको छ । १५ दिन भित्रमा तीन जना पिडितहरु लाई उक्त संघले महत्ववूर्ण आर्थिक सहयोग गरेको हो । गौरादह ९ दहगाउँ घर भएका मृगौला पिडित बोधराज खनाललाई गत हप्ता मात्र २० हजार नगद आर्थिक हस्तान्तरण गरेको संघले शुक्रवार बिहान मृगौला पिडित रिता कार्कीलाई १५ हजार सहयोग गरेको छ । गौरादह ९ को वडा कार्यालयको चिसो भुइँमा रात बिताउन बाध्य झम्की दिदिको स्वास्थ्य अवस्था अत्यन्तै जटिल रहेको, लडेर खुट्टा भाचिएकोले घोपामा उपचार गराइरहेकी बृद्धअबश्थाकि एक्ली महिला झम्की दिदिलाई संघले नगद ५…
नीलकण्ठ, २२ भदौ । नीलकण्ठ नगरपालिका–८ की बिन्दा श्रेष्ठ काखमा दुधे छोरो बोकेर बिहानै सदरमुकाम आइन् । काम थियो– रासायनिक मल किन्ने । सदरमुकामको नीलकण्ठ सहकारीबाट बिहीबार मल वितरण गर्ने सूचना पाएकी बिन्दा छोरालाई लिएर बिहान ७ बजेनै यहाँ आएकी हुन् । यसअघि २ पटक मल लिन सदरमुका आउँदा रित्तै फर्केकी उनी खानासमेत नखाई बिहानै लाइन बसिन् । काखमा छोरो च्यापेरै घाममा ५ घण्टा लाइनमा बसेपछि बल्लतल्ल १२ बजेतिर उनले २० किलो मल पाइन् । मल किनेपछि लामो सास फेर्दै भनिन्, ‘पाखोबारीमा कोदो रोपेको छु, मल नहालौं, उब्जनी कम हुन्छ, हालौं किन्न यत्रो सास्ती छ ।’ टन्टलापुर घाममा बिन्दासँगै सदरमुकाम…
काठमाडौँ, २२ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले आफ्नो पार्टीले महिलालाई विशेष अवसर दिएकोे बताउनुभएको छ । पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातन्त्र महिला सङ्गठनले यहाँ आयोजना गरेको तीज विशेष कार्यक्रममा अध्यक्ष राणाले भन्नुभयो, “पार्टीले महिलालाई पुरुष सरह नै अगाडि ल्याउन खोजेको छ ।” अध्यक्ष राणाले सङ्गठन बिस्तारमा महिलाको विशेष भूमिका रहेको उल्लेख गर्दै देशमा महिला तथा बालबालिकामाथि बढ्दै गएको बलात्कारका घटनाविरुद्ध पार्टीले सरकारलाई विशेषरुपमा घच्घच्याउने काम गरिरहेको बताउनुभयो । पार्टीका उपाध्यक्ष आष्टमाया लामाले देशभरका महिलालाई एकै ठाउँमा भेला गर्न तीजले विशेष भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो ।
काठमाडौँ, २२ भदौ । आमाका नामबाट पनि सहजै नागरिकता पाउने व्यवस्था गर्न सांसदहरूले नागरिकतासम्बन्धी विधेयकमाथि संशोधन दर्ता गराएका छन्। सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकमा नागरिकता लिन बाबुलाई अनिवार्य गरिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका हुन्। आमाका नामबाट नागरिकता लिन बाबुको खोजी गरिएको र पहिचान हुन नसकेको अवस्थामा त्यसको पुष्ट्याइँ गर्नुपर्ने प्रावधानप्रति उनीहरूले आपत्ति जनाएका छन्। संशोधन विधेयकको दफा ६(१) को ख खण्डमा रहेको ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजका बाबुको पहिचान हुन नसकेको पुष्ट्याइँसहित निज वा निजकी आमाले गरेको स्वघोषण’ भन्ने वाक्यमा सत्तारुढ र प्रतिपक्षी दलका नेताहरूले संशोधन हालेका…
काठमाडौँ, २२ भदौ । बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विधुत लैजाने योजना बनाएको छ । ढाकामा बिहीबार सुरु भएको उर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विधुत् लैजाने योजना रहेको उल्लेख गरेको हो । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनसमेत सहभागी सो कार्यक्रममा बंगलादेशको उर्जा र खानी स्रोत मन्त्रालयअन्र्तगतको पार डिभिजनले सार्वजनिक गरेको योजना यस्तो उल्लेख छ । आजको कारोबार दैनिकमा खबर छ ।
विराटनगर, २२ भदौ । जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको रु १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गरेको छ । जिल्ला समन्वय समितिको दोस्रोसभा बैठकले गत आवमा ढुङ्गागिटीबाट आम्दानी भएकामध्ये उक्त रकम १७ वटा स्थानीय निकायलाई रु एक÷एक करोड दरका रुपले वितरण गरेको समितिका प्रमुख नरेश पोखरेलले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिले गत आव २०७४/०७५ मा जिल्लाका खोला नालाको ढुङ्गागिटीको ठेक्काबापत कूल रु २५ करोड ३१ लाख २३ हजार ८१५ आम्दानी गरेको थियो । जिल्ला समन्वय समिति मोरङले २०७५/०७६ का लागि रु पाँच करोड ८६ लाख ७६ हजार ५०० को अनुमानित आयव्यय पारित गरेको छ ।