
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चितवन, २० भदौ । गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको अवस्था चुस्त हुनुपर्छ । ट्राफिक नियम पालना गरी चलाउनुपर्छ । नियम पालना नगरे कारबाही भोग्नुपर्छ । अचेल छडे जाँच गर्न जुनसुकै समय र ठाउँमा प्रहरी बस्छ। त्यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ। पूर्व(पश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भएरनभएको चेक गर्न प्रहरीले छडे जाँच थाल्यो। ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिए। तर, योपटक प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद काटेन। नियम मिच्नेहरूले चकलेट पाए। अनि ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक…
काठमाडौँ, १९ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रविधि विभागसँगको सहकार्यमा स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराउने भएको छ । स्थानीय तहका सम्पूर्ण सूचना तथा जानकारी जनस्तरमा छिटो र छरितो ढङ्गले सम्प्रेषण गर्न, विभिन्न सुविधासम्बन्धी जानकारी प्रदान गर्न र गुनासो तथा समस्याको उचित व्यवस्थापन गर्न विभागले मोबाइल एप्स निर्माण गरेको हो । विभागले धुलिखेल नगरपालिकाको अनुरोधमा मोबाइल एप्स निर्माण गरेको थियो । उक्त एप्स सूचना सम्प्रेषणमा प्रभावकारी देखिएको भन्दै मन्त्रालयले अन्य स्थानीय तहलाई पनि प्रयोगका लागि अनुरोध गरेको हो । एप्समा स्थानीय तहको सङ्क्षिप्त परिचय र तथ्याङ्क, भौगर्भिक सूचना प्रणाली (जीआईएस), जनप्रतिनिधिको तस्वीरसहितको सम्पर्क विवरण,…
काडमाडौँ, २० भदौ । सरकारले कार्तिकदेखि स्थानीय तह र प्रदेशमा कर्मचारी समायोजनको प्रकृया अघि बढाउने भएको छ । कर्मचारी समायोजनको गाँठो फुत्काउन नसकिरहेको समयमा फेरी तीन महिनाभित्र कर्मचारी समायोजन गर्ने लक्ष्य लिइएको हो । कर्मचारी समायोजन गर्न नसक्दा संघीयताको कार्यान्वयनमा केन्द्र सरकार निकै बाधक रहेको प्रदेश र स्थानीय तहबाट निरन्तर आलोचना खेप्नु परिहेको अवस्थामा सो लक्ष्य लिएर गृहकार्य अघि बढाइएको बुझिएको छ । संघीय निजामती सेवा ऐन संसद्बाट पारित भएपछि कर्मचारी समायोजन थाल्ने योजनाअनुरुप सो लक्ष्य राखिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय निजामती ऐन पारित भएपछि समायोजन प्रक्रिया अघि बढाउनेछौं –मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भन्नुभयो…
झापा, २० भदौ । गैरआवसीय नेपाली सघ एनआरएनए को कार्यक्रममा दुबई आएका श्रम मन्त्रालयका उपसचिव विपीन आचार्यलाई नेपाली महिलाले घेरे । र, सोधे, लौ भन्नुहोस्, हामीलाई कुन कानुन प्रयोग गरेर घर फर्किनबाट रोक्नुभयो । आचार्य अलमल्ल परे । उनीहरुले प्रश्न बर्साइरहे, के हामीलाई सरकारले देशमै ५०—६० हजारको जागित दिन सक्छ ? सक्दैन भने किन हाम्रो मुख थुन्छ ? किन बाटो छेक्न ? किन खुसी लुट्छ ? उनीहरु रहेछन् दुवईमा कार्यरत नेपाली घरेलु कामदार । सरकारले डेढ बर्षदेखि महिलाला घरेलु कामदारको श्रम स्वीकृत रोकेको छ । पहिल्यैदेखि आएर काम गरिरहेकालाई पनि पुनः श्रम स्वीकृति दिँदैन । उक्त नियमका कारण खाडीमा कार्यरत…
काठमाडौँ, २० भदौ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको तल्ला तहको एकता एवं सरकारको काम कारवाहीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ भएको छलफलमा प्रदेश र जिल्ला तहको पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु¥याउने तथा जनवर्गीय सङ्गठनको एकतालाई टुङ्गोमा पु¥याउने विषयमा विचारविमर्श भएको थियो । प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकताका लागि गठित अधिकांश कार्यदलले प्रतिवेदन बुझाएका छन् । तर पार्टीको सचिवालय बैठक बस्न नसक्दा ती प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन । त्यस्तै छलफलमा सरकारको काम कारवाही र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत…
काठमाडौँ, २० भदौ । महानगरीय प्रहरी परिसर काठमाडौँले नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न हिँडिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ र राजकुमार तामाङ तथा नुवाकोटका राम तामाङ, जितेन तामाङ र वीरेन्द्र तामाङ रहेको छ । दुई किलोग्राम नक्कली सुनलाई सक्कली भन्दै हिँडिरहेको अवस्थामा चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट उनीहरुलाई आइतबार पक्राउ गरी हिजो सार्वजनिक गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिनुभयो । यस बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रेडपाण्डाको छालासहित पक्राउ यसैगरी परिसरले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।…
काठमाडौँ, २० भदौ । सरकारले पुर्वमुख्यसचिव डा। सोमलाल सुवेदीलाई दिने भनेको पदक अन्तिम समयमा खोसेको छ । उनले केही दिनअघि एसियाली विकास बैङ्क एडीबीको वैकल्पिक कार्यकारी निर्देशकबाट सरकारले आफुलाई फिर्ता गर्नुको कारणसहितको विचार अभिब्यक्त गरेका थिए । सरकारले सोही आधारमा पुर्वाग्राही भएर आफुले पाएको पदक खोसेको डा। सुवेदीले बताए । राज्यले निरन्तर प्रतिशोध लिँदै जाँदा थ्रेट महसुस भयो, अब सुरक्षा माग्नुपर्ने अवस्था आयो, उनले भने, उनी एक बर्षअघि मुख्यसचिव छाडेर एडीबी गएका थिए । आजकोअन्नपुर्ण पोष्टमा खबर छ ।
काठमाडौँ, १९ भदौ । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले गुण्डा नाइके सत्यमान लामालाई आज दिउँसो ठमेलबाट पक्राउ गरेको छ । काभ्रे तिमाल गाउँपालिका–६ का मानबहादुर तामाङ लगायतलाई फोनबाट अश्लील शब्दहरु प्रयोग गरी गालीगलौज गरेर हातखुट्टा भाँचिदिने धम्की दिएको उजुरीका आधारमा लामालाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो । पक्राउ परेका उनको आज स्वास्थ्य परीक्षण गरिएको र बुधबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने उहाँले जानकारी दिनुभयो ।
टोकियो, १९ भदौ (रासस/एएफपी) । जापानमा गएको करिब २५ वर्षपछि कै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ । ‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्ले जनाएका छन् । ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको सरकारी अधिकारीले जनाएका छन् । यसको प्रकोपले लाखौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ । तर पनि अहिले नै यसबाट भएको क्षतिको यकिन विवरण प्राप्त भएको छैन । जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धारकार्यमा खट्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सतर्कता अपनाउन नागरिकलाई अपिल गर्नुभएको जापानी सरकारी टेलिभिजन…
काठमाडौँ, १९ भदौ । राष्ट्रिय युवा परिषद्ले युवाको क्षमता विकास गर्नका लागि ‘युवा संसद्’ स्थापना गर्ने भएको छ । युवाको नेतृत्व विकास गर्न र युवालाई देशप्रति उत्तरदायी बनाउन १५ देखि २४ वर्षसम्मका युवालाई समेटेर ‘युवा संसद्’ स्थापना गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिनुभयो । परिषद्ले युवा संसद् स्थापनाका लागि ‘युवा संसद् सञ्चालन कार्यविधि–२०७५’ समेत ल्याएको छ । परिषद्ले स्थानीय तह सङ्घसम्म नै युवा संसद् स्थापना गर्न थालेको हो । चालु आर्थिक वर्षमा ७७ वटा स्थानीय तह, ७ प्रदेश र एक सङ्घीय तहमा नमूना युवा संसद् स्थापना गर्ने उहाँले बताउनुभयो । स्थानीय तहमा नगर÷गाउँ युवा संसद्, प्रदेश तहमा…