
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
धनुषा, १९ भदौ । नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जयगोविन्द यादव १५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लक्ष्मिनियाँ गाउँपालिका–३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँपालिकाको जग्गा नापी हुँदा सच्याउनका लागि १५ हजार घुस मागेको भन्दै रङ्गे हात पक्राउ गरेको आयोग बर्दिवासका प्रमुख पुरुषोत्तम ढकालले बताउनुभयो ।
विराटनगर, १९ भदौ । प्रदेश नं १ को प्रदेशसभाको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमत कार्कीद्वारा प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १०८ बमोजिम विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो । यसअघि बैठकको शून्य समयमा प्रदेशसभाका सदस्य सावित्रा रेग्मीले नेपाल भारतकै बिरामीलाई सेवा प्रदान गर्ने कोशी अञ्चल अस्पताललाई सत्तरोन्नति गर्नुपर्ने बताउनुभयो । उहाँले ४० वर्षअघि तत्कालीन आवश्यकतालाई हेरेर बनाइएको यो अस्पताल अहिले आवश्यकता पूरा गर्न नसक्ने भएकाले यसको सुधारको कुरा उठाउनुभएको हो । सोही अवसरमा प्रदेशसभाका…
बिर्तामोड, १९ भदौ । झापाको बिर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले ‘छैठौँ वार्षिक प्रगति प्रतिवेदन’ सार्वजनिक गरेको छ । संस्थाले आज कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल र संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले संयुक्त रुपमा प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभयो । हाम्रो नेपालको यही भदौ २२ हुने साधारणसभा हुने भएको छ । ‘साधारणसभाकै दिन प्रतिवेदन सार्वजनिक गर्दा सदस्यले प्रतिवेदन राम्ररी अध्ययन गर्न पाउँदैनन्’, अध्यक्ष दंगालले भन्नुभयो, ‘सदस्यले बेलैमा प्रतिवेदन अध्ययन गरेर संस्थाको अवस्थाका बारेमा थाहा पाउन् र साधारणसभाका दिन छलफल गर्न सहज होस् भन्ने हाम्रो…
सन्तोष शर्मा बनियानी, १९ भदौ । झापाको कचनकवल गाउँपालिकामा आयोजित एक कार्यक्रमका सहभागीले कृषक अनुदानमुखी नभई प्रविधिमुखी हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकई (धान सुपरजोन) कार्यालय बनियानीले आज यहाँ आयोजना गरेको ‘योजना तर्जुमा तथा कार्यक्रम सार्वजनिकीकरण गोष्ठी’का सहभागीले त्यस्तो बताएका हुन् । कृषकले अनुदानको मुख ताक्नुभन्दा आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरेर खेती गर्नुपर्नेमा उनीहरुको जोड थियो । सरकारले सिँचाइ र आधुनिक कृषि औजार खरीदमा ठूलो लगानी गरेको छ । तर, कृषक आधुनिक कृषि औजारको खरीदका लागि प्राप्त हुने अनुदानभन्दा व्यक्तिगत रुपमा प्राप्त हुने अनुदानमा बढी आकर्षित देखिएको सहभागीको भनाइ छ । सरकारले कृषिमा यान्त्रिकीकरण…
विराटनगर, १९ भदौ । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले करलाई जनताको सेवासँग जोड्न आग्रह गर्नु भएको छ । प्रदेश नं १ को प्रदेशसभामा कर तथा गैरकर लगाउने सम्बन्धमा प्रस्तावित विधेयकमा प्रदेशसभाका सदस्यले उठाउनुभएको प्रश्नको जवाफमा आज उहाँले सो कुरा बताउनुभएको हो । उहाँले हाम्रो बजेट कर तथा राजश्वमुखी भएकोले इमान्दारीपूर्वक कर तिरेमा मात्र राष्ट्रको विकास हुने कुरामा जोड दिनुभयो । कर क्षमताअनुसार लाग्ने र लगाउने भएकाले सेवा विस्तार तथा ढुवानीमा कर नलाग्ने जानकारी दिँदै मन्त्री आङ्बोले संविधानको धारा २३६ मा प्रदेश सरकारले लगाएको कर आकर्षण नहुने बताउनुभयो । योजनामन्त्री आङ्बोले प्रदेश सरकारले बनाएको राजश्व परामर्श…
अर्जुनधारा, १९ भदौ । सामाजिक उत्तरदायित्व र संस्थागत सवलीकरण दिगो विकास लक्ष्यहरुका हाम्रो प्राथमिकरण भन्ने मूल नाराका साथ अभियान नेपालले १५ औं साधारण सभा अर्जुनधारा–११ स्थित सालबाडीमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी रहेका प्रदेश सासद बृख बहादुर प्रधानले ग्रामीण क्षेत्रमा अभियानले सामुदायिक शसक्तिकरण र गरीवीको रेखामुनी परेका नागरिकलाई आवास निर्माण लगायत थुप्रै काम गर्ने सफल भएको बताए । सासद प्रधानले आयश्रोत हुनेले कर तिर्ने बताउँदै कर करको होइन रहरको विषय बन्नु पर्नेमा जोड दिए । विदेशबाट ऋण सहायता लिएको विषयमा नागरिकलाई चासो छैन् उनले भने–मुलुक समृद्ध हुनको निम्ति कर तिरेर मात्र विकास हुनेछ । विकसित देशहरु नागरिकले कर…
गौरादह, १९ भदौ । गौरादह वडा ३ स्थित अन्तर पार्टी महिला सञ्जालले तीज विषेशकार्यक्रमा सञ्चालन गरेको छ । जगदिश्वर शिवालय मन्दिरको प्राङ्गगणमा आयोजना गरेको तिज विषेश कार्यक्रममा यस क्षेत्रका महिलाहरु सहभागी भएका थिए । त्यस अवसरमा गाउँविकास कार्यक्रम अन्तर्गतका १५ वटा सामुदायिक संस्थाहरु बीच नृत्य प्रतियोगिता गरिएको थियो । कार्यक्रममा अप्रतियोगितात्मक रुपमा गीत गाउनुका साथै नृत्य प्रस्तुत गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट हुने टोलीलाई पुरस्कार र सहभागी टोलीहरुलाई सान्त्वना पुरस्कार गरिएको सञ्जाल वार्ड नं. ३ की सचिव कल्पना अधिकारीले जानकारी गराइन् । सञ्जालकी अध्यक्ष चामुण्डा दाहालको सभापतित्वमा तिज विषेश कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वार्ड नं. ३…
सान नेपाल गौरादह, १९ भदौ । झापाको दक्षिणी क्षेत्रमा विगत वर्षहरु भैmँ यस वर्ष पनि श्री कृष्ण जन्माष्टमी धुमधाम सँग मनाइएको छ । दक्षिणी क्षेत्रका गौरादह, ग्वालडुब्बा, गौरीगञ्ज र खजुरगाछीका साथै अन्य चोकहरुमा भगवान श्रीकृष्णको मन्दिर बनाई मुर्ती स्थापना गरी पुजा अर्चना गरेका छन् । गए राति भजन किर्तन गरी जाग्राम बसेका भक्तजनहरु आज सोमवार मनोरञ्जनात्मक खेलहरु आयोजना गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा खेलिने खेलहरु मध्ये नरिवल खेल निकै लोकप्रिय मानिन्छ । गौरादह नगरपालिका–७ को ग्राममारा चोक कृष्ण जन्माष्टमी पुजा समितिले त्यस अवसरमा विभिन्न मनोरञ्जनात्मक खेल तथा भजन किर्तन प्रतियोगिता आयोजना गरेको छ । समितिका संयोजक भुपालसिंह ताजपुरियाका अनुसार…
गौरादह, १९ भदौ । गौरादह नगरपालिका वार्ड नं. ४ मिलनचोक स्थित थामी डाडामो आश्रम भवनको सिलान्यास गरिएको छ । मेची अञ्चल प्रभारी महात्मा तुलसी वाइजीले बैदिक कार्यक्रमका बिच मानव धर्म सेवा समिति आश्रम भवनको शिलान्यास गरेका हुन् । भवनको लक्ष तिन तलाको भए पनि तत्काल एक सत्सङ्ग हल र ३ कोठाको भवन बन्ने संस्था सचिव कर्णबहादु श्रेष्ठले जानकारी गराए । त्यस स्थानमा पहिले पनि सत्सङ्ग गर्नको लागी टिनको छाना भएको सानो घर रहेको र सत्सङ्ग घरमा साधुसन्तहरु बस्दै आएका थिए । सो घर सानो र भुकम्पका कारण जिर्ण भएकाले नयाँ भवन बनाउन लागिएको श्रेष्ठले बताए । आगामी पौष महिना सम्ममा…
भद्रपुर, १९ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले भद्रपुर नाकालाई अन्तर्राष्ट्रिय व्यापारको नाका बनाउन सकिने बताउनुभएको छ । आज भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले वस्तु व्यापार मात्र नभई तेस्रो मुलुकसँग बिजुलीको व्यापार गरेर अन्तर्राष्ट्रियस्तरको नाका बनाउन सकिने बताउनुभएको हो । बङ्गलादेशसँग नेपालको विद्युत् व्यापार सम्झौता भइसकेको बताउँदै उहाँले भन्नुभयो, “नेपालसँग विद्युत् किन्न बङ्गलादेश तयार छ तर भारत सरकारको सहयोग पनि आवश्यक रहेको छ ।” उहाँले भारत सरकारको सहयोग लिएर नेपालले तेस्रो देशलाई विद्युत् बेच्न सक्यो भने वस्तुको मात्र होइन यो नाकाबाट सेवाको व्यापार पनि गर्न सकिने बताउनुभयो । मन्त्री डा खतिवडाले छिमेकी देश भारतसँग पनि यो नाकालाई सुचारु…