
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवलमा कार्यरत मेकानिकल इञ्जिनियर सरोजकुमार शाहलाई रु २० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नयाँ सवारी साधन दर्ताका क्रममा साहले सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने अभियोगमा आयोगको टोलीले पक्राउ गरेको हो । आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले आजै धोविनी गाउँपालिका पर्सामा कार्यरत नायब सुब्बा एनामुल अन्सारी र लेखापाल कृष्णनन्दन राय यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उहाँहरु विरुद्ध सडक ढलान र नाला निर्माण सम्पन्न भएपश्चात् रकम भुक्तानी दिँदा रु एक लाख १० हजार घुस मागेको अभियोग लागेको…
झापा, २८ साउन । सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ । सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं। ७ को धनगढीमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण यसै वर्षबाट शुरु गर्ने उल्लेख छ । रंगशाला निर्माणको थालनी गर्न जग्गा पहिचान भइसकेको जनाएको छ । यस वर्ष जग्गाको पहिचान गर्ने र अर्को वर्षदेखि निर्माण शुरु गरिने कार्यप्रगतिमा उल्लेख छ । त्यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका–९ र १० तथा सोही स्थानसँग जोडिएको चाँगुनारायण नगरपालिकाको वडा नं…
मेचीनगर, २८ साउन । अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको कुखुरा आज प्रहरीले नष्ट गरेको छ । भारतबाट मेचीनगर–५ नकलबन्दातर्फ अबैध रुपमा लुकाई छिपाइ ल्याउँदै गरेको दुई/दुई किलो दरको ३६ वटा बोइलर कुखुर क्वारेन्टाइन कार्यालय काँकरभिट्टाको रोहवरमा नष्टक गरिएको प्रहरीले जनाएको छ ।
बिर्तामोड, २८ साउन । झापा गौरादह नगरपालिका–५ का ६० वर्षीय अग्निप्रसाद भट्टराई करेन्ट लागेर घाइते भएका छन् । घरदेखि करिब ५० मिटर पश्चिम बारीमा रुखको घाँस काट्ने क्रममा फोरफेस तारबाट करेन्ट भट्टराई घाइते भएका हुन् । उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झापा, २८ साउन । झापाको मेचीनगरबाट जबरजस्ती करणी गरेको आरोपमा आज एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जीलिङका ६० वर्षीय कर्णबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार लिम्बूले मेचीनगर–९ स्थित मागुरमाडीकी २१ वर्षीया बोल्न नसक्ने (लाटी) एक युवतीलाई जबरजस्ती गरेका हुन् । लिम्बूलाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरिएको छ भने पीडित युवतीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गौरादह, २८ साउन । झापाको गौरादहमा नगरपालिकामा एक किशोरी डोरीको पासो लगेर झुण्डिएको अवस्थामा फेला परेकी छन् । गौरीगञ्ज–४ कदमगाछीका गोपाल गिरीकी छोरी १५ वर्षीया मनिषा गिरी आज झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । मृतक किशोरी गौरादह–१ डिपुचोककी लक्ष्मी ढकालको घर डेरा गरी बस्ने दिपक राईको परिवारसँग विगत डेढ वर्षदेखि सहयोगीको रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ । किशोरीलाई आज बिहान ११ः४० बजे तीनतले घरको माथिल्लो तलाको बन्द कोठामा मृत्यु भइसकेको अवस्थामा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।
विराटनगर, २८ साउन । नेपाली कांग्रेस प्रदेश नं १ को सचेतकमा प्रदेशसभा सदस्य सूर्यमाराज राई नियुक्त भएको छ । प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई सचेतकमा आज नियुक्त गर्नुभएको हो । राई मोरङ क्षेत्र नं ३ (क) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो । नवनियुक्त सचेतक राईले प्रदेशसभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउदै आफूले यो नियुक्तिलाई ठूलो अवसरका रुपमा लिएको धारणा व्यक्त गर्नुभयो ।
गौशाला, २८ साउन । मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा आज बिहान महोत्तरी जिल्ला अदालतमा हाजिर हुनुभएको छ । विसं २०७२ भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरका निरीक्षक विकको आन्दोलनकारीद्वारा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको घटनामा शर्मासमेत अभियुक्त रहनुभएको थियो । विभिन्न सञ्चारमाध्यममा उहाँ सो मुद्दामा फरार रहेको समाचार आएपछि आफू आज निवेदन दिएर आफैँ अदालतमा हाजिर हुनुभएको उहाँले अदालतमै सञ्चारकर्मीसँग बताउनुभयो । जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर उहाँ हाजिर हुनुभएको हो । उहाँका वकिल रमेशकुमार पाण्डेले उहाँ सशस्त्र…
केरला, २८ साउन । भारतको केरलामा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । यस बाढी पहिरोको कारण करिब भा।रु। ८,३१६ करोडको नोक्सानी भएको केरलाका मुख्यमन्त्री पिनारायी भिजायनले बताउनुभयो । उहाँले उद्धार र पुनस्थापनाका लागि थप ४००० करोड आवश्यक रहेको जनाउँदै केन्द्रीय गृहमन्त्रालयसँग अनुरोध गरिएको बताउनुभयो । गृहमन्त्री राजनाथ सिंहले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरी पीडितको तत्काल राहतका लागि भा।रु। १०० करोड उपलब्ध गराउने घोषणा गर्नुभएको छ । वर्षासँगैको बाढीका कारण केरलाको कैयौं जिल्लामा जनजीवन तहसनहस भएको छ । बाढीका कारण काननुर, वायानाद कोझिकोडे र इदुक्कि र मल्लापुरम जिल्लामा परिस्थिति अत्यन्त जटिल बनेको…
उर्लाबारी, २८ साउन । ग्रामथान गाउँपालिका–३ स्थित जुडी खोलाले बगाएर बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात छ । पौडी खेल्ने क्रममा रङ्गेली नगरपालिका– २ का ३५ वर्षीय गोपाल मुडियारी र जहदा गाउँपालिका– ३ का १७ वर्षीय मिथुनकुमार मण्डल आइतनबार अपराह्न खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निशान थापाले जानकारी दिनुभयो ।