
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
महोत्तरी, २ भदौ । महोत्तरीको रामगोपालपुरमा विनयतारा फाउन्डेशनले अर्बुद रोगको उपचार गर्न थालेको छ । अमेरिकास्थित विनयतारा फाउण्डेशन, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपालपुर नगरपालिकाको सहकार्यमा ‘क्यान्सर स्क्रिनिङ’ सेवा शुरु गरेको अस्पतालले केही वर्षमै सुविधासम्पन्न अर्बुद रोग उपचार केन्द्र पनि निर्माण गर्ने लक्ष्य लिएको छ । पूर्वी नेपालमा अर्बुद रोगको उपचार नभएका कारण उक्त अस्पतालबाट सो सेवा शुरुवात गरिएको ट्रष्टका अध्यक्ष डा राकेश साहले बताउनुभयो । अब क्यान्सरपीडितलाई काठमाडौँ वा भरतपुर धाउनुपर्ने अवस्था अन्त्य हुने उल्लेख गर्दै उहाँले सामुदायिक अर्बुद अस्पतालको परिकल्पना गरेर सेवाको शुरुवात गरिएको हो भन्नुभयो । हाल भाडाको घरबाट ओपिडी सेवा थालिए पनि केही वर्षमै सुविधासम्पन्न अस्पताल…
मान्छे कतिसम्म निर्दयी बन्न सकेको हँ ? चीनमा एक महिलाले निर्दयीपनाको पराकाष्ठा प्रस्तुत गरेकी छिन् । ती महिलाले आफ्नै लोग्नेलाई मारेर मासु पकाएकी छिन् । अनहुइ प्रान्तको लुआन सहरकी ती महिलाले आफ्नो लोग्नेलाई मारिन्, उनको जिउ पानीमा पकाइन् अनि प्रहरीमा उजुरी गर्न गइन् । लोग्नेको जिउ शव काटेर पकाएपछि हत्या गरेको प्रमाण नभेटियोस् भन्ने उनको आकांक्षा थियो । ती महिलाले वास्तवमा बदला लिनको लागि लोग्नेलाई मारेर मासु पकाएकी रहिछन् । लोग्नेले ५६ दिनकी छोरीको जिउमा अन्धविश्वासी भएर सियो रोपेको प्रति क्रुद्ध रहेकी उनले लोग्नेले आफुलाई पनि वर्षौँदेखि पीडा दिँदै आएको बताइन् । प्रहरीमा उनले दिएको बयान अनुसार लोग्नेमाथि आक्रमण गरी…
पानी मानिसको शरीरका लागि जरुरी तत्व हो । शरीरको ७० प्रतिशत भाग नै पानीबाट बनेको हुन्छ । यो कमी भयो भने शरीरबाट विषाक्त पदार्थहरु बाहिर निस्कन पाउँदैंन । यसका अलावा शरीरका लागि जरुरी अक्सिजन पनि प्राप्त हुँदैंन । यसैले गर्मी होस् या चिसो, हरेक मौसममा पर्याप्त पानी पिउनु पर्छ । गर्मीको समयमा शरीरमा पानीको कमी हुने समस्या भइरहन्छ । गर्मीमा शरीरको तापमान नियन्त्रित गर्न पसिनाबाट प्रशस्त पानी बाहिर निस्कन्छ । यसैले यो मौसममा पानी अझ बढी आवश्यक हुन्छ । पानीको कमीका कारण मिर्गौलाको समस्या निम्तने सम्भावना हुन्छ । सबैभन्दा बढी समस्याचाहिँ ‘डिहाइड्रेशन’ नै हो । पानीको कमीबाट शरीरमा बोसोको मात्रा…
पर्वत, २ भदौ । आफैँले अध्यापन गराउने बालिकामार्थि अप्राकृतिक मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुुुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो । थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । फलेवास नगरपालिका–६ मा रहेको माझीगाउँ प्राविमा अध्ययनरत सातदेखि बाह्र वर्ष उमेरका तीन बालिका र अर्को एक विद्यालयमा अध्ययनरत सोही उमेर समूहकी अर्की बालिकालाई पटक–पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते उनलाई पक्राउ गरिएको थियो प्रअ पौडेलले करीब एक वर्षअघिदेखि…
बलिउडकी बोल्ड अभिनेत्री प्रियंकाको इन्गेजमेन्टको क्रममा भेटघाट राम्रोसँग नभएको भन्दै निक तथा उनको परिवार भारत आउँदै छन् । भारतीय सञ्चार माध्यमका अनुसार यही अगष्ट १८ तारिखमा प्रियंका चोपडाले इन्गेजमेन्टको खुशियालीमा भब्य पार्टीको आयोजना गर्न लागेकी छिन् । यही पार्टीमा प्रियंका र निकका परिवारले उनीहरुको विवाहको घोषणा गर्न सक्ने अनुमान गरिएको छ । केही दिन अगाडि अभिनेत्री रविना टण्डनले निकले प्रियंकालाई इन्गेजमेन्टमा लगाइदिएको औंठी सहितको फोटो शेयर गरेकी थिइन् । उक्त औंठीको मुल्य २ करोड रुपैयाँ बराबरको रहेको बताइएको छ । प्रियंका भारतीय परम्परा अनुसार नै विवाह गर्न चाहान्छिन् । सबैकुरा योजना अनुरुप भएमा प्रियंका छिट्टै नै निक जोनसकी बेहुली बन्नेछिन्…
काठमाडौँ, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उपभोगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूलनारासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको सूचना प्रविधि क्षेत्रमा आइसिटी अवार्डले नयाँ सम्भावना प्रदान गरेको उल्लेख गर्दै सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पु¥याउने बताउनुभयो । विकासका हरेक क्षेत्रमा सूचना प्रविधि प्रयोग गरिने बताउँदै उहाँले मुलुकमा सुशासन स्थापनाका लागि सूचना प्रविधि माध्यम महत्वपूर्ण छ भन्नुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिभिङ विथ आइसिटीको तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड…
सुर्खेत, २ भदौ । एक वर्षअघि संसद्बाट पारित ऐनबारे सरकारले प्रचारप्रसार नगर्दा कार्यान्वयनमा अन्योल देखिएको छ । कान्तिपुरको कर्णाली प्रदेश ब्युरोको समाचारअनुसार, मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता शुक्रबारदेखि लागू भए पनि पहिलो दिन मुद्दाका सरोकारवाला पक्ष नै अनभिज्ञ देखिए । नयाँ कानुनअनुसार शुक्रबार सुर्खेत जिल्ला प्रहरी कार्यालय र अदालतमा कुनै मुद्दा दर्ता भएनन् । अदालतमा नयाँ सफ्टवेयरसमेत भित्रिसकेको छैन । नयाँ मुलुकी ऐन लागू भएको पहिलो दिन शुक्रबार कानुन व्यवसायीका ‘ल फर्म’, प्रहरी कार्यालय र अदालत सुनसानजस्तै देखिए । कानुन व्यवसायीले नयाँ कानुनबारे सरोकारवाला अनभिज्ञ रहेकाले सम्पर्कमा आएजति सबै मुद्दा बिहीबारै प्रहरी र अदालत पठाइसकेका थिए । नेपाल…
मोरङ, २ भदौ । विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर–१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मनोज केसीले बताए । ‘घिमिरेको अनुहार, घाँटी, टाउकोलगायत शरीरका विभिन्न भागमा काटेर नहरको डिलमा फालिएको थियो,’ उनले भने, ‘शव चिन्नै नसकिने गरी अनुहारमा धारिलो हतियारले काटिएको छ ।’ प्रहरी उपरीक्षक केसीका अनुसार दुबैबीच प्रेमसम्बन्ध रहेको तर युवतीले बिवाह…
काठमाडौं, २ भदौ । विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको छ र सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । हाल विप्लवलगायत उनले नेतृत्व गरेको नेकपाका केन्द्रीय नेताहरु भूमिगत छन् । सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्ने बारे आफूलाई जानकारी नभएको बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
इटहरी, २ भदौ । इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएकोे अभियोगमा पक्राउ परेका छन् । होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट १३ हजार घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ इटहरी–६ स्थित रोजरक मःम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नियन्त्रणमा लिन खोज्दा सचिव रेग्मीले सादा पोशाकमा रहेका प्र्रहरी निरीक्षक राजन कार्कीको नेतृत्वका टोलीसँग मलाई गोजीमा पैसा हालेर फसाउन खोजेको भन्दै विरोध जनाएका थिए । उनलाई थप अनुसन्धानका लागि इटहरीस्थित आयोगको कार्यालयमा लगिएको जनाइएको छ ।