
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दुनियाँका मानिसहरुमा फरक फरक खाले रूचि हुन्छन् । थाइल्याण्डका एकजना पुरुषको शौखका बारेमा थाहा पाउनुभयो भने तपाइँ हैरान हुनुहुनेछ । ती पुरुष यस्ता हुन्, जसले जुन ठाउँमा गयो सो ठाउँमा कम्तीमा एकजना महिलासँग बिहे गरेकै हुन्छन् । त्यस्तो पुरुषार्थका कारण उनले अहिलेसम्म १ सय २० जना महिलासँग बिहे गरिसकेका छन् । ती व्यक्तिको नाम तम्बन प्रेजर्ट हो । पेशाले डकर्मी रहेका यी थाई पुरुषको उमेर ५८ वर्षको भयो । उनी घर बनाउनका लागि जहाँ–जहाँ जान्छन् त्यहाँबाट एकजना महिलालाई बिहे गरेर ल्याउँछन् । थाइल्याण्डमा कानूनले बहुविवाह गर्न रोक लगाएको छ । तर तम्बनलाई एक पछि अर्को गर्दै बिहे गर्नका लागि कानूनले…
भुटान, २४ साउन । आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रदैछन् । उक्त प्रतियोगिताको यो दोस्रो संस्करण हो । त्यस्तै श्रीलङ्काले भने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउदै छ । यसअघि बंगलादेशमा भएको पहिलो संस्करणको खेलमा भारत उपविजेता बनेको थियो । त्यतिबेलाको फाइनलखेलमा बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि भारत उपविजेतामा सीमित बनेको थियो । त्यस्तै समूह चरणको खेलमा भारतले भुटानलाई ३–० र नेपाललाई १०–० गोलअन्तरले पराजित…
उर्लाबारी, २४ साउन । कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उपलब्ध गराउने भएको हो । आर्थिक वर्ष ०७५÷७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताउनुभयो । यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइने छ । प्रसूतिगृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्य चौकीले अर्को अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत रु दुई हजार भाडा समेत दिइने स्वास्थ्य चौकी सञ्चालन समितिका…
तेह्रथुम, २४ साउन । तेह्रथुममा अहिलेसम्म खेतीयेग्य जमिनको ७८ प्रतिशत भागमा मात्र रोपाइँ भएको छ । साउनको तेस्रो साता बित्दासमेत जिल्लाको कुल धान खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ७८ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अहिले बजेट र कार्यक्रम नहुँदा भूमिकाबिहीन भएको कार्यालयले यो तथ्यांक पनि अनुमान मात्रै गरिएको जनाएको छ । समयमा पानी नपर्दा आकाशे पानीको भरमा रोपाइँ हुने खेतमा रोपाइँ हुन नसकेको कृषि प्राविधिक बताउँछन् । विशेषगरी तल्लो औलक्षेत्रका खेत र बेँसीमा पानी नपर्दा रोपाइँ हुन कठिन भएको उक्त कार्यालयका वागवानी विकास अधिकृत राजीव कुमारले बताउनुभयो । धान रोप्ने बेला पानी नपरेपछि…
बिर्तामोड, २४ साउन । अनुसन्धानका प्रहरी उपरीक्षक नरेन्द्र दाहालले लामो समयदेखि कार्यरत कार्यलय सहयोगीलाई कामबाट हटाएका छन् । यसअघि ६ जना प्रहरी उपरीक्षकलाई सहयोग गरेकी उमा बाँनियालाई भर्खरै झापा आएका अनुसन्धानका प्रहरी उपरीक्षक दाहालले हटाएका हुन् । करारमा नियुक्ति पाएकी बाँनियाले कामबाट हटाएपछि आफ्नो परिवारको विचल्ली भएको जानकारी दिइन् । उनले सोही ठाउँमा काम गरेर दुई छोरीलाई शिक्षा दिदै परिवार धानेको बताइन् । उनले भनिन्, ‘नयाँ हाकिमले मलाई विना कारण हटाउनु भयो । तिमि महिलाको काम छैन,तुरुन्त गइहाल्नु भन्दै काममा नआउनु भन्नुभयो ।’ २०६८ सालदेखि कार्यरत बाँनियाले यसअघि ६ जना एसपीको कपडा धुएको सुनाइन् । खाना बनाउने,सरसफाई गर्ने उनको जिम्मेवारी…
अर्जुनधारा, २४ साउन । अर्जुनधारा–६ मा निर्माण गरिएको प्राथमिक स्वास्थ्य तथा बाह्य खोप केन्द्रको बुधबार उद्घाटन गरिएको छ । अर्जुनधारा नगरपालिकलाको उपप्रमुख कमला आचार्यले एक कार्यक्रमका विच खोप तथा गाउँघर क्लिनिकको उद्घाटन गरेकी हुन् । स्थानीयबासीको अगुवाईमा निर्माण गरिएको सो गाउँघर क्लिनिकमा विर्तामोड क्षेत्रका केहि भाग सहित अर्जुनधाराको वडा–६,९ र ११ का नागरिकले सेवा लिने स्थानीय अगुवा रमेश काफ्लेले जानकारी दिए । कार्यलयको उद्घाटन गर्दै उपप्रमुख आचार्यले स्थानीय सरकार नागरिकको स्वास्थ्योपचारमा गम्भीर भएको बताइन् । उनले नागरिककै पहलमा व्यवस्थित भवन निर्माण गरेको धन्यवाद दिइन् । स्वास्थ्य उपचार नागरिकको मौलिक हक भएकाले योजना निर्माणमा स्वास्थ्यलाई महत्वका साथ समावेश गरिएको उनको भनाई…
शिवसताक्षी, २४ साउन । सहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा बुधबार शिबसताक्षीमा एक दिने एकीकृत सहरी विकास योजना अन्तरगत परिचयात्मक अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । गोष्ठिमा एकीकृत सहरी विकास योजना अन्तरगत सहर भनेको के हो ? विकास भनेको के हो ? योजना कसरी छनौट गर्ने र कस्तो योजना आवश्यक भन्ने बारेमा जानकारी गराइएको थियो । गोष्ठीमा डा.प्रदिप पौडेल, विर्ख क्षेत्री, उज्वल घिमिरे, अधिवक्ता विष्णु अधिकारी र इन्जिनियर दिनेश अधिकारीले सहजीकरण गरेका थिए । नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा भएको कार्यक्रममा नगरको ११ वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर स्तरीय विषयगत शाखा कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो…
शिवसताक्षी, २४ साउन । वर्षाको समयमा हुने कटान र डुवानबाट भौतिक तथा मानवीय क्षति नियत्रण गर्न शिबसताक्षी नगरस्तरीय विपद् व्यवस्थापन समितिले बुधबार सरोकारवालासंग छलफल गरेको छ । समितिका अध्यक्ष नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नगर क्षेत्रका साना–ठूला खोलाहरुबाट हुन सक्ने भौतिक तथा मानवीय क्षतिलाई नियन्त्रण गर्न सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी शिबसताक्षी उपशाखाका सभापति नारायण प्रसाद दाहालले शिबसताक्षी नगरको दक्षिणी क्षेत्र नदीको उच्च जोखिममा रहेको बताए । उनले दक्षिणी क्षेत्र बाहेक नगरको उत्तरीक्षेत्रमा जङ्गली जनवार हात्तीको अतिक्रमण हुने भएकोले स्थानीयलाई आवश्यक तालिम र जोखिमबाट बच्ने उपायहरुको बारेमा जानकारी गराउनु पर्नेमा जोड दिए । उनले…
विराटनगर, २३ साउन । प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा यही साउन २४ गते सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज यहाँ सूचना जारी गर्दै बिहीबार बिदाको घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार उल्लिखित बिदा दिने निर्णय भई सोको सूचना नेपाल राजपत्र खण्ड ९१० विराटनगर, नेपाल, चैत २९ गते २०७४ (पूर्व अतिरिक्ताङ्क १ (अ) मा प्रकाशन भएको समेत जानकारी दिएको छ । सूचनामा साउन २४ गते विश्व आदिवासी दिवस, भदौ १० गते…
काठमाडौँ, २३ साउन । सरकारले मौलिक हकअन्तर्गत विभिन्न विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सुरक्षासम्बन्धी विधेयक र अपराधबाट पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एव्म सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । त्यसैगरी जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्ने निर्णय बैठकले गरेको पनि उहाँले बताउनुभयो । बैठकले प्रदेश नं ५ का कायममुकायम प्रमुख सचिव तीर्थराज ढकाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव आनन्दराज ढकाल र गृहमन्त्रालयका…