
नकुल काजी
लेखक चन्द्रकान्त ढकालको प्रथम पुस्तकाकार कृति ‘विचारकुञ्ज’–को लोकर्पण समारोह विर्तामोडस्थित बीएण्डसी अस्पतालको एउटा हलमा २०७३ असोज ८ गते भएको थियो र विशिष्ट अतिथि एवम् पुस्तकको मुख्य टिप्पणीकारको रूपमा म उपस्थित थिएँ । बीएण्डसी अस्पतालको जग्गा र साझेदारी विवादका केही कुरा मैले सुनेको थिएँ तर मेरो त्यही नै त्यस अस्पतालमा पहिलो पाइलो टेकाइ थियो । त्यसपछि म फेरि त्यहाँ पुगेको छुइनँ ।

समारोहमा देखाइएको कुर्सीमा म बस्न पुगेको लगभग आधा घण्टापछि कार्यक्रम प्रारम्भ हुनैलाग्दा, एकजना खाइलाग्दा मान्छे धमाधम आएर मेरै छेउमा (साँगुरो गरी) रहेको कुर्सीमा बसे । मैले ती व्यक्तिको शारीरिक बनावट हेरेर यी प्रहरी वा सेनाका कुनै अफिसर होलान् भन्ने किन पनि सोचें भने उनी त्यहाँ आउनासाथ सीके अंकल रोस्टमबाट त्यहाँ आउनु भयो र उनीसित के–के कुरा भए र कुराकानी हुँदा ती व्यक्तिको शारीरिक हावभाव (दयमथ बिलनगबनभ) आदेशात्मक प्रतीत भएको थियो । ती व्यक्ति तुरून्तै त्यहाँबाट हिँडेपछि मैले, मिनरलवाटरको बोतल अथितिहरूका अघिल्तिर राख्तै हिँडेका एकजना स्वयम्सेवक भाइसित सोधेँ—‘अहिले मेरो छेउमा एकछिन् बसेर जाने पुलिसका कि आर्मीका अफ्सर हुन् भाइ ?’ ती किच्च हाँसे र भने,‘होइन, ह्वाँ त यो हस्पिटलका साहु दुर्गा प्रसाईं पो हुनुहुन्थ्यो त ।’ बस्, मैले हाल देशको भूगोलभरि नकारात्मक चर्चामा आइरहेका झापाकै दुर्गा प्रसाईंलाई सशरीर देेखेको त्यति नै हो ।
उही विर्तामोडको बीएण्डसी अस्पताल नामक स्वास्थोपचार व्यापारिक प्रतिष्ठानका साहु दुर्गा प्रसाईंले बंगलादेशमा स्वास्थ्य शिक्षा पढ्न जाने नेपाली चेलीहरू बारे गरेको अत्यन्त घटिया, निकृष्ट र छाडा अभिव्यक्ति अहिले नकारात्मक चर्चाको उत्कर्षमा छ । केही अघि उनै प्रसाईंले प्रधानमन्त्री तथा तत्कालीन एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएर नेपाली कम्युनिष्टका ती दुई पार्टी एकीकरणको पहल भइरहेको अवस्थालाई निष्कर्ष (ाष्लब ितयगअज) दिलाउने काम गरेको सतही चर्चा उखरमाउलो चलेको थियो, प्रसाईंको नामसँग जोडिएर । यसबाट उनी राजनीतिक कित्ताको सिङ्गो वृत्तमै वीजगणितको भाकामा उकासिन पुगेका थिए । र, त्यसैबाट उन्मादित भएर, तत्काल १५औँ अनसनरत प्रोफेसर डा. गोविन्द केसी जस्ता एक–दुई नमरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन भने जस्ता मानव अधिकार विरोधी किंवा ढुङ्गेयुगीन निर्मम अभिव्यक्ति प्रक्षेपण गदैर् हिँडेको थिए । डा. केसीको समर्थनमा देशको सेरोफेरो उर्लिरहेका बेला प्रसाईंको यस्तो अवाञ्छनीय अभिव्यक्ति आएको हुँदा प्रसाईंसँग उनका विवेकहीन अभिव्यक्तिका प्रकरणहरू जाग्रत भइ उनीमाथि खनिएका हुन्, जुन नितान्त स्वाभाविक थियो ।

म झापा जिल्लावृतमै रहेर पत्रकारिता र साहित्य सेवामा लगभग ५४ वर्षदेखि, विषयान्तर नगइकन, प्रवृत्त रहेको र हालसम्मै क्रियाशील रहेको व्यक्तिको हैसियत राख्दछु । झापाको सञ्चार कित्तामा नजिकबाट यसरी नै परिचित छु, म । तर, मैले दूर्गा प्रसाईं नाम वीएण्डसी. अस्पतालसँग लहरिन अघि कहिल्यै सुनेको थिइनँ न त कुनै राजनीतिक दलभित्र यो नाम क्रियाशील रहेको जानकारी नै थियो, ममा । पार्टीका नेता अनुकुल चलखेल गनेर् तिघ्रे–पाखुरेहरू त प्रयोग भएपछि फ्याँकिने (गकभ बलम तजचयु) मा पनेर् गथेर् । यदि प्रसाईं त्यसस्तरकै पात्र थिए भने त अहिले सरकारको पुठ पाइरहेका हुने थिएनन् होला ! अन्योल यहाँनेर रूमालिएको छ । यद्यपि, सबै कुरा मेरो जानकारीमा हुन पर्दथ्यो भन्ने मेरो अभिप्राय पटक्कै होइन, तर कुनै व्यक्ति राजनीतिक पार्टीका शक्तिशाली स्तम्भको नजिक हुँदैमा उसले आफूलाई संवैधानिक हकदारको जस्तो व्यवहार बर्ताउँदै जथाभावी बोल्न पाउँछ भन्ने पनि मलाई थाहा नभएको कुरो पयोर् । एउटा स्वास्थोपचारको व्यापारिक प्रतिष्ठानका साहु मात्रको हैसियतले मात्र दुर्गा प्रसाईंले नेपाली राजनीतिक एवम् शैक्षिक र स्वास्थ्य आदि जस्ता संवेदनशील तप्कामा बुर्कुसी मारेको नहुनु पनेर् मेरो ठम्याइ छ । झापाका केही, हाल सत्ता निकट, पत्रपत्रिकाले डा. केसीसँग सरकारले अन्ततः झुकेर गरेको सम्झौताको स्वरूप, सम्पूर्ण प्रसंग र प्रकरी (भउष्कयमभ) एवम् उपसंहार कतै नछोइकन सम्झौताका बुँदा दुर्गा प्रसाईंको हित सम्बद्र्धनमा भएको समाचार मुख्य शीर्षकमा राखेर, चुरोटको बट्टामा ‘सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुम्रपानले ज्यान लिन्छ’ लेखे जस्तो, दुर्गा प्रसाईं विरूद्ध आधा दर्जन बढी संस्थाहरूले लगाइरहेको आरोपका समाचार छापेका मैले पढेको छु । यसै जिल्लामा कतिपय दलीय (वाममार्गी) आस्था–संपृत सूचनासेवीहरूद्वारा सम्प्रेषित दललिनपेक्ष एवम् सत्य–तथ्य संयोषित समाचार–टिप्पणीहरू पनि प्रकाशमा आएका छन् र तिनले दुर्गा प्रसाईंलाई कसरी प्रस्तुत गरेका छन् भन्ने थप उदाहरण लिन साउन १० को ‘बरूण’ र साउन ११ को ‘स्वाधीन सम्वाद’ हेरे हुन्छ । यी दुई प्रकाशन झापा सदरमुकामका हुन् । कम्यूनिष्टहरू अन्धाधुन्ध दलीय पक्षपाती हुन्छन् र पार्टीपंक्तिभित्रका कमी–कमजोरी देखादेखी ढाकछोप गर्छन् भन्ने परम्परागत आरोप यी दुई सूचना माध्यमले, प्रस्तुत प्रसंगमा चिरेर, पत्रकारिताको सर्वमान्य सिद्धान्तको सम्मान गरेका छन् । दुर्गा प्रसाईं विवाद प्रसंगमा, यसकारण पनि, उपयुक्त दुई एमाले निकट प्रकाशन यस समय उल्लेख्य बन्न आएका हुन् ।
अतः उस्तै अभिव्यक्ति दिएका सजायस्वरूप कानून मन्त्री शेरबहादुर तामाङले प्रधानमन्त्रीको आदेश बमोजिम मन्त्री पद त्याग्नु परेको घटना दुर्गा प्रसाईंको अवाञ्छित अभिव्यक्तिकाप्रति राज्यको आश्चर्य लाग्ने ‘मौन’ जोडेर हेर्दा यी घटनाक्रमहरू राज्य–सञ्चालक शिविरभित्रैको आर्थिक स्वार्थबाट जन्मिएको कमजोर गुरूयोजना (ाचबष् िनचबलम मभकष्नल) त थिएन ? भन्ने संन्देहात्मक प्रश्न पनि खडा हुन्छ । जुन देशमा भारतीय गुरूयोजनाबाट जनसंख्या अतिक्रमण जस्तो दूरगामी दुष्परिणामदायी थिचोमिचो निर्विघ्न विकसित भइराख्न पाउँछ, जुन देशको लिपुलेकमा अकोर् छिमेकीले उसको गुरूयोजना अन्तर्गत उसको निकट शत्रुसँग अंकमाल गर्न पुग्छ, जुन देशमा निर्वाचन पर्यवेक्षक बनी आएका यूरोपेली गोरा–गोरीहरू उनका धर्मको प्रभुत्व बढाउनतिर निर्वस्त्र लाग्छन्, जुन देशमा हिन्दू बालबालिकालाई ‘राम्रो अंग्रेजी भाषा सिकाउने’ भावनात्मक प्रलोभनमा लोभ्याएर इस्लाम धार्मिक शिक्षा प्रदायक ‘मदरसा’–मा भर्ना गराई अंग्रेजीमा अनुदित कुरान (कतेब) रटाएर भावी पिँढीसम्मका हिन्दूका मनमस्तिष्कबाट सनातन हिन्दूत्वभाव नै स्खलित तुल्याउने गम्भीर षड्यान्त्रिक प्रपञ्च रच्ने छुट प्राप्त हुन्छ इत्यादि, त्यस देशको स्पन्दनमा राम्रा–नराम्रा गुरूयोजना बनाउने सर्वव्यापी फेसन संक्रमण त हुने नै भयो नि ! त्यसो त अब नेपालका निजी विद्यालयमध्ये कतिपयबाटै वृटिश गुरूयोजना प्रवेश गरेर बेलायतीहरू क्रमशः निजी विद्यालयहरुलाई नै आफ्नो धर्म र विचार घुसपैठ गराउने थलो बनाउने सुरसार पो मिलाउँदैछन् कि भन्ने आशंका खडा हुँदैछ । अनेकका आकर्षक सम्मान–पुरस्कारका ललीपपमा व्यापारिक चारित्रिक सञ्चालकलाई पल्काएर र कृतज्ञताको भार (भलअगmदभचबलअभ या यदष्निबतष्यल)–ले वशमा ल्याई आफ्नो लक्षित स्वार्थसिद्ध गनेर्ेर् बेलायती हरकतका नमूना झापामै पनि देखिन थालिसकेका छन् । यो प्रसंग यहाँ किन उठाइयो भने— नेपालमा वैदेशिक गुरूयोजनाको दुव्र्यसन यस्ता–यस्ता तरिकाबाट पनि संक्रमित छन् भन्ने नमूना हुन्, यी सबै ।
दुर्गा प्रसाईं अर्थात् बीएण्डसी अस्पताल नाममा उनले स्थापित गरेको स्वास्थोपचारको व्यापारिक प्रतिष्ठानका साहू । उनकहाँ नुन–भूस चाट्न पुग्ने चाटुकारहरू पनि अवश्यै होलान्, ‘पुल बनाउनेको भन्दा पुल भत्काउनेको बढी नाम चल्छ’ भन्ने उखान शौलीमै भए पनि यत्रो नाम चलेका मनुष्यका अघिपछि पुच्छर डोल्याउने कोही नहोला भनेर अहिलेको स्थितिमा मान्न म सक्तिन । अथवा, त्यस्ता तत्वबाहेक अरूहरू के भन्दैछन्–के यर्थाथ औँल्याइरहेका छन् भन्ने मेरो चासोको विषय हो । अर्थात् दुर्गा प्रसाईं, यो वर्तमानमा, एउटा स्वास्थोपचारको ठूलो व्यापारिक पसलको मालिक (साहु)–भन्दा अन्य कुनै संवैधानिक वा कानूनी महत्व वा हैसियतका नागरिक होइनन् भने उनी किन राज्यको स्वाभाविक दण्डको सूचीमा सूचिकृत हुनबाट जोगिएर दण्डित मन्त्रीभन्दा निर्दाग ओखलढुंगाका बालकृष्ण ढुंगेल र चितवनको छविलाल पौडेल जस्तै खुल्लमखुल्ला छाती खोलेर हिँडिरहेका छन् ? यो हो, जनचासोको विषय । मार्सी चामलको भात यतिविधि सम्मोहक हुन्छ भन्ने औसत नेपालीलाई जानकारी भएको कुरा पनि थिएन ।
दुर्गा प्रसाईं विरूद्धको आवाज बुलन्द भइरहेको बेला र संघीय संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा लेखिइरहेका यी पंक्तिहरू प्रकाशमा आउँदासम्म यो घटना–प्रसंग कुनै न कुनै चौतारो (टुंगो)मा बिसाइसकेको पनि हुन सक्तछ । तर, यस सम्बन्धी सवालहरूले अहिले हानिरहेको तातो आरोको घाउ त्यस अवस्थामा पनि निको भएको हुने छैन । सम्भवतः ‘इतिहासमै शक्तिशाली प्रधानमन्त्री’ भनेर नेपाली कम्युनिष्टहरूले ‘जंगबहादुरभन्दा बलिया’ ठानी जयगान फर्माइरहेको प्रधानमन्त्री ओलीले कांग्रेसको यो प्रस्तावलाई पनि डा. केसीको अनशनलाई जस्तै तन्काएर जिस्क्याउन पनि सक्लान् । उनले जो संघीय सांसदहरू र पार्टी निकट सञ्चारकर्मीहरूसँग गुहार मागिसकेका छन् । ‘बहुमतको स्थिर सरकार’ आफ्नो अभीष्ट हो भन्ने जनताको अभिमतलाई कसले कसरी व्याख्या गर्छ त्यो यो समयको खायसको विषय नहुनु नै यो समयको सबैभन्दा चोटिलो दूर्भाग्यको विषय हो । र, यसैभित्र स्वास्थोपचार व्यापारका व्यवसायी वा साहु दुर्गा प्रसाईं प्रकरण अल्झिएर साढे तेत्तीस किलो सुन तस्करी, सनम शाक्य हत्याकाण्ड जस्तै विलयका लागि शून्यतिर जान पनि असम्भव छैन । किनभने, खबरदारी गनेर् दायित्व बोकेका प्रतिपक्षी पार्टीहरू झ्यालको पर्दा अलिकति च्यातेर यो दृश्य हेर्दै रमाइरहका छन् भने प्रमुख प्रतिपक्षी आफैँभित्रको अधिनायकवादकृत छटपटीमा अस्तव्यस्त छ— विश्वकप फुटबल हेर्दा–हेर्दा ह्याङ भएको टाउकोलाई गुटबल खेलर रिलिफ गराउनमै अलमस्त छ । प्रतिपक्षको भूमिका निर्वाहमा ऊ यहाँसम्म एकदमै अक्षम देखिइरहेको छ । विरोधका एजेण्डा खोज्नु, उधिन्नु र ढुक्नुमै सीमित भइराखेका छन् । ठूला–साना सबै खाले प्रतिपक्षी पार्टीहरू विषय खोजी–खोजी दुई–तिहाईलाई जिस्क्याएर इख्याउनमै सीमित भइराखेका छन् यसबेलासम्म । र, दुर्गा प्रसाईंहरू, बालकृष्ण ढुंगेलहरू, छविलाल पौडेलहरू, गोरेहरू स्थिति–परिस्तिथिको पोखरीमा बाँकट्टे खेल्ने यो मौकामा चौका हानिरहेका छन् क्यार ! र, आजलाई यत्ति नै । शेष फेरि
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
