
झापा, १९ जेठ । झापाको कचनकवल गाउँपालिका–६ बनियानीबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।
सोमबार साँझ करिब ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा शंकास्पद अवस्थामा रहेका भारतको किशनगञ्ज जिल्ला, दलेगाउँ पञ्चायत–१ निवासी अन्दाजी २० वर्षीय युबेद राजालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको शरीर तथा साथमा रहेको सामान जाँच गर्ने क्रममा प्लास्टिकबाहेक ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको जनाएको छ। साथै BR32V6909 नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


