
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ पुस । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज झापा आउँदै छन् । निर्माणाधीन अवस्थामा अलपत्र रहेका केही भौतिक संरचनाको अवस्थाको स्थलगत अनुगमनलाई प्राथमिकतामा राखेर प्रचण्ड झापा आउने भएका हुन् । झापाको कन्काई पुल र आदिवासी जनजाती रंगशालाको अवस्थाको स्थलगत अनुगमनलाई पहिलो प्राथमिकता दिइने कार्यक्रम तय गरिएको माओवादी केन्द्रका झापा जिल्लाका अध्यक्ष राजु आचार्य (अग्नि) ले जानकारी दिए । त्यसैगरी, नेकपा माओवादी केन्द्र गौरीगञ्जको दोस्रो गाउँ अधिवेशन उद्घाटनसहित नवप्रवेशीलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको छ । गौरीगञ्ज गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरी करिब ७ सय बढीलाई स्वागतसहित कार्ड वितरण गर्ने कार्यक्रम तय गरिएको छ…
झापा, १५ पुस । आज बिहान मौन स्नान गरी सोमबारे औँशी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताए । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा…
झापा, १५ पुस । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । अखिल (क्रान्तिकारी) को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो । उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।
झापा, १५ पुस । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५…
भद्रपुर, १५ पुस । यहाँस्थित मेची बहुमुखी क्याम्पसको छात्रावास सञ्चालनमा आएको छ । यही पूस १० गतेदेखि पहिलो चरणमा ६ जना छात्रा सो छात्रावासमा बस्न थालेका हुन् । क्याम्पसको महिला छात्रावास व्यवस्थापन समितिका अध्यक्ष एवम् विद्यार्थी कल्याण प्रमुख उप–प्रा. डम्बर रेग्मीका अनुसार, समितिले छात्रावासमा बस्न चाहने विद्यार्थीहरूबाट आवेदन आह्वान गरेपछि २८ जनाले आवेदन दिएका थिए । त्यसमध्येका आवेदकहरू सम्पर्कमा रहेकाले अब क्रमशः अन्य छात्राहरू पनि बस्न थाल्ने उनले बताए । करीब २ वर्ष अघि नवनिर्मित २ तले छात्रावास ४२ जना विद्यार्थी बस्न सक्ने क्षमताको रहेको बताएका अध्यक्ष रेग्मीका अनुसार, एउटा कोठामा २ जनाका लागि २ वटा लो–बेड, २ वटा कुर्सी,…
बिर्तामोड नगरपालिकाको साना किसान कार्यक्रम कार्यान्वयन सम्बन्धी सूचना !
झापा, १४ पुस । भारतको महाराष्ट्र प्रदेशस्थित पुणे शहरमा आयोजित अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पियनसिपको उपाधि नेपालले हाँसिल गरेको छ । भारतको पुणेस्थित खेलकुद विभाग केन्द्रमा सम्पन्न प्रतियोगिता अन्तर्गत नेपालले विभिन्न उमेर र तौल समूहका गरि १७ स्वर्ण पदक जितेर उपाधि हासिल गर्न सफल भएको हो । नेपालको तर्फबाट विभिन्न उमेर र तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीहरूले ५ रजत र २ कांस्य पदक प्राप्त गरेका छन् । प्रतियोगितामा नेपालका खेलाडी रिमा कुमालले ६८ किलो २१ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्दा नक आउटमा भारत र श्रीलङ्काका प्रतिस्पर्धीलाई हराउँदै स्वर्ण पदक हात पार्न सफल भएकी थिइन । यस्तै नेपालका खेलाडी विपिन राना ५०…
हुम्ला, १४ पुस । हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो । हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्व अध्यक्ष विष्णु लामाले फोनमार्फत जानकारी गराउनुभयो । “गाई झोपा र जुमागोठभित्रै छन् भने चौरी गाई छाडा भएका छन् । एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठ्यारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ”, उहाँले भन्नुभयो । सिमकोट हुने सबै हवाई यातायात बन्द भएको सिमकोटस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ…
श्याम ब. गुरुङतमु ल्होसार गुरुङ जातिको मुख्य मौलिक पर्व हो । तमु ल्होसार प्रत्येक वर्ष निश्चीत दिन पुस १५ गतेका दिन मनाइने परम्परा छ । पुस १४ गते सवैभन्दा लामो रात र छोटो दिन हुने र पुस १५ गतेदेखि क्रमिक रुपमा विस्तारै रात छोटिने र दिन लम्बिने मान्यता छ । बहुजाति, बहुभाषाभाषी, बहुधार्मिक, संस्कार, संस्कृति तथा रीतिथितिको विविधता भएको हाम्रो समाजमा आपसी सद्भाव मजबुत बनाइ राख्न गुरुङ समुदायले मनाउने तमु ल्होसारले मद्दत पुगोस् भन्ने मूल आशय रहेको छ । वर्ष गणना गर्ने विक्रम संवत् प्रचलनमा आउनु भन्दा अगाडि गुरुङ जातिका पूर्वजहरुद्वारा प्रत्येक एक वर्षलाई एउटा पशु वा पक्षीको नाम दिएर…
चन्द्र बस्नेतकनकाई, १४ पुस । झापाको कनकाई नगरपालिका–६ चम्फापुर स्थित चम्फापुर माध्यमिक विद्यालले ६१ औं वार्षिकोत्सव मनाएको छ। आज विद्यालयले एक कार्यक्रमका बीच ६१ औं वार्षिकोत्सव मनाएको हो । विद्यालयले सप्ताहव्यापी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेपछि आज अन्तिम दिन मूल कार्यक्रम गरेको हो । सप्तऋषि संस्कृत विद्यापिठका नारायण अधिकारी, सौगात ढकाल, पुजन अधिकारीले स्वस्तिक वाचन र प्रमुख अतिथि विशिष्ट अतिथि सभाअध्यक्षबाट द्विप प्रजवलन गर्दै कार्यक्रमको उद्घघाटन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष खिनमाया बस्नेत (सीता)को अध्यक्षतामा आयोजित कार्यक्रममा कनकाई नगर उप(प्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले आजको पहिलो आवश्यकता नै शिक्षा…