
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० पुस । झापाको बिर्तामोडमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । पूर्वेली यातायात मजदुर प्रालिको आयोजना र बन्दगी युवा परिवारको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । एक दिवसिय कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय झापाको समन्वय रहेको थियो । पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको गुनासो आउने गरेकाले त्यसको न्युनिकरणमा सहयोग पुगोस भनेर यो कार्यक्रमको आयोजना गरिएको पूर्वेली यातायात मजदुर प्रा।लि।का सचिव गणेश कोइरालाले बताउनु भयो । कार्यक्रममा ट्राफिक सचेतनाको बिषयमा बोल्दै विशिष्ट अतिथी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गणेश पौडेलले विभिन्न कारणले सवारी दुर्घटना हुने गरेको बताउनु भयो । उहाँले केही दुर्घटना आफैँले हतार गर्दा र लापरवाही गर्दा हुने…
तेह्रथुम, १० पुस । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ ९लिम्बू० संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढु्ङ्गा बिछ्याएर बनाइएका फलैँचा र बिसौनीले लिम्बू संस्कृति मात्र झल्काउँदैन पार्क पुग्ने पर्यटकको मन पनि लोभ्याउँछ । गुराँसे जङ्गलको बीचमा रहेको पार्कमा फुन्जिङ्बा पैंयू, सिङ्चाङ्गो याम्चाङ्गो ९धसिङ्गरे०, ते लासे ९केरा०, लि सिङ्फा ९मलिबाँस० जस्ता मुन्धुममा वर्णित वनस्पति रोपिएका छन् । मुन्धुममा वर्णन गरिएजस्तो अग्लाअग्ला ढुङ्गा गाडिएका छन् र तीनको फेदमा दुबो रोपिएको छ । पार्कमा मुन्धुमी सभ्यता प्रतिविम्बित भएको अनुभूत हुने चोत्लुङ पार्कमा घुम्दै भेटिएका इलामका पर्यटक…
झापा, १० पुस । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसको प्रभावले हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले मंगलबार देशका धेरै जसो स्थानमा प्रभाव पारेको थियो । पश्चिम न्यूनचापीय प्रणालीका कारण आकाशमा बादल टम्म लागे पनि वर्षा भने न्यून पर्यो । यद्यपि काठमाडौँ उपत्यकालगायत केही स्थानमा हिजो साँझ सामान्य वर्षा भएको थियो ।…
टीका खतिवडामङ्गलवारे, १० पुस । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन प्रतिबन्ध छ । लिम्बु समुदाय बाहुल्यता रहेको माङ्सेबुङमा शाकाहारी भोजन मात्रै चल्छ । चुरोट, बिडी, खैनी र मदिराको सेवन निषेध छ । यो स्थानीय सरकारले बनाएको कानुन भने होइन, स्थानीय आफैले यसको पालना गरिरहेका छन् । “कसैले बाहिर गएर खायो भने उनीहरू नै जानुन् तर गाउँमा भने चल्दैन”, स्थानीय अग्रज केहेरसिंह योङहाङले सुनाउनुभयो । उहाँका अनुसार यहाँका होटल तथा रेष्टुरेन्टमा पनि मासु पाक्दैन र मदिरा बिक्रीका लागि राखिँदैन । माङ्सेबुङ गाउँपालिका ३ र ५ नम्बर वडामा पर्ने सो गाउँका मानिसले बाहिर जाँदा समेत निषेधित वस्तु सेवन…
झापा, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताउनुभयो । उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उहाँले…
झापा, ९ पुस । नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ । उद्धार गरी ‘टाक इमिग्रेसन अफिस’ मेसोट हुँदै थाइल्यान्ड ल्याइएका पाँच नेपाली नागरिकमध्ये चार पुरुष र एक जना महिलालाई नेपाल फर्काइएको दूतावासले जनाएको छ । यसैबीच नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने चाहना राखेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउन दूतावासले अनुरोध गरेको छ ।
झापा, ९ पुस । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित माछा पोखरीमा एक महिला मृत फेला परेकी छन् । गत पुस ७ गते दिउँसो अर्जुनधारा–११ लक्ष्मप्धापकी ५१ वर्षीया बिमला दर्जी कोही कसैलाई नसोधी घरबाट हिँडेकोमा खोजतलास गर्दै जाँदा सोही वडाको भुपाल गिरीको माछा पोखरीमा डुबि मृत अवस्थामा फेला परेको हुन् । आज दिउँसो मृतककै छोरा बिमल दर्जीले इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी गराउन साथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि सो सम्बन्धमा थप अनुसन्धान कार्य गरिरहेको छ ।
द्रोण अधिकारीभद्रपुर, ९ पुस । उमेरले नौ दशकको छेऊ पुग्दै गर्दा पनि निरन्तर श्रम र पसिना बगाइ रहेका कनकाई ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८८ वर्ष) जीविकोपार्जनका लागि ४१ वर्षयता सडक किनारमा दाम्ला डोरी बाटिरहेका भेटिन्छन् । अहिलेसम्म आफ्नो घर नभएका अर्काको घरमा भाडातिरेर बस्ने गरेका दाहाल छोराको कमाइले मात्र घर चल्न नसकेपछि आफैं श्रम गरेर नून तेलको जोहो गर्न ४१ वर्षयता निरन्तर दाम्ला डोरी बाटेर त्यसलाई बिक्री गर्दा आउने पैसाले जीवनयापन गरिरहेका हुन् । पूर्व—पश्चिम राजमार्गको लक्ष्मीपुर चौकमा दैनिक दाम्ला डोरी बाटिरहेको भेटिने दाहालले जीवनयापनका लागि यही कार्यलाई पेशा बनाएको पनि एकचालीस वर्ष पूरा भइसकेको छ । घाम—पानी, जाडो—गर्मी सहेरै…
बिर्तामोड, ९ पुस । नेपाल पत्रकार महासंघ झापा शाखाको पद हस्तान्तरण भएको छ । बिर्तामोडमा आज ३६ औं स्थापना दिवस, सञ्चारकर्मी डायरी विमोचन साथै १४ औं पद हस्तान्तरण समारोह सम्पन्न भएको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक शिरो सान्दाई खतिवडा, निर्वाचन अधिकृत अधिवक्ता दीपेन्द्र भट्टराई, निर्वाचन अधिकृत लक्ष्मी खनाल कोइरालाले निर्वाचित महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यलाई पदहस्तान्तरणसँगै प्रमाणपत्र वितरण गरेका थिए । गत मंसीर २८ गते भएको महासंघको निर्वाचनबाट आगामी तीन बर्षे कार्यकालका लागि पुनः एकराज गिरीकै नेतृत्वमा निर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यलाई प्रमाणपत्र बितरण गरिएको थियो । महासंघको अघिल्लो कार्यकालमा उत्कृष्ट शाखा बनाउन प्राविधिक सहयोग गर्ने सन्तोष शर्मा,…
झापा, ९ पुस । हाम्रो ढुवानी सेवाका सञ्चालक तथा युवा व्यवसायी पदम श्रेष्ठले आफ्नो जन्म दिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’लाई सहयोग गरेका छन् । संघको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच श्रेष्ठले २१ हजार एक सय २१ रुपैयाँ सहयोग गरेका हुन् । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका थिए । संघले स्थापना गरेको कोष अत्यान्त राम्रो रहेको र कोषमा एक करोड रुपैयाँ मात्र होइन त्यो भन्दा धेरै रकम जुटाएर व्यवसायीलाई आपत विपत परेको बेला सहयोग गर्नु पर्ने उनको भनाई छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलको विशेष आतिथ्यमा आयोजित…