
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, २ मंसिर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका-६ बस्ने २१ वर्षीय श्यामकुमार दर्जीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्यामकुमारले ती किशोरीलाई कात्तिक १९ गते राति मोरङ सुन्दरहरैचा नगरपालिका–४ बाँसबारी कुटिटोल डेरा गरी बस्ने श्यामकुमारको दाइको कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापा, २ मंसिर । स्थानीय तह उपनिर्वाचन २०८१ का लागि मङ्सिर २ गते आइतबार उम्मेदवारी दर्ता हुँदै छ । स्थानीय तहमा रिक्त रहेका ४४ पदमा मङ्सिर १६ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुन लागेको हो । निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले सम्बन्धित पालिकाको केन्द्र र वडामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा मङ्सिर २ गते आइतबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयन दर्ता हुने जानकारी दिनुभयो । ४४ पदका लागि आइतबार नै मनोनयन दर्ता हुने छ । जसमध्ये पालिकाका प्रमुख र उपप्रमुख एकरएक, अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्षको ३४ पद रिक्त छन् । दुई वटा जिल्ला…
झापा, २ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७…
झापा, २ मंसिर । देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी…
झापा, १ मंसिर । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक ३० गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी र साँगुरीगढी गाउँपालिकाको बिभिन्न एरिया इलाकाहरुका साढे ३८ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका ३० हजार १ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ । यसैगरी, भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले…
विराटनगर, १ मंसिर । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङ, मोरङबाट खटिएको प्रहरीको टोलीले कात्तिक ३० गते लेटाङ नगरपालिका-३ मिलन चोक स्थितबाट लेटाङ नगरपालिका-३ का २१ बर्षीय श्याम लिम्बुलाई ५ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी प्रहरी चौकी बाङगे, सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बिष्टिनि चोक स्थितबाट बराहक्षेत्र नगरपालिका-७ का २४ बर्षीय बिबेक राई र बराहक्षेत्र नगरपालिका-१ का २३ बर्षीय अभिषेक भुजेल को साथबाट प्रतिवन्धित लागु औषध ट्रामाडोल- ७२ क्यापसुल र डिकोलिक- ८१० ट्याव्लेट फेलापारी नियन्त्रणमा लिएको हो । प्रतिबन्धित…
बिर्तामोड, ३० कात्तिक । बिर्तामोडबाट नियमित प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक आजबाट ३० औं वर्षमा प्रवेश गरेको छ । लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको ३० वर्षमा प्रवेश गरेको हो।बिर्तामोड नगरपालिका–१मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशन हुँदै आएको छ । पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २९ बर्ष पूरा गरी ३० बर्षमा प्रवेश गरेको हो । मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो । संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल ३० वर्षमा प्रवेश गरेको अवसरमा अहिलेसम्मको यात्रामा साथ…
झापा, ३० कात्तिक । झपाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बेलुका मेचीनगर नगरपालिका वडा नं. १० पुर्व पश्चिम राजमार्गमा चारआलीबाट धुलाबारी तर्फ जादै गरेको मे.६ प.३१७९ नम्बरको मोटर साईकलले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिई दुर्घट्ना हुँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ । तत्काल नाम थर वतन नखुलेको अं. बर्ष ५० को पुरुष मानिस गम्भिर घाईते भई उपचारको लागि B&C अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउना साथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको भनि घोषणा गरेको छ । मोटरसाईकल चालक जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने अं. बर्ष ५२ को गणेश राजबंशी…
शिवसताक्षी, ३० कात्तिक । नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीले शिवसताक्षी नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । शिवसताक्षी नगर भित्रका शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्नका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीले ध्यानाकर्षण पत्र बुझाएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठनका शिवसताक्षी अध्यक्ष रमेशकुमार दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिवालय सदस्य बेनुप्रसाद कार्कीलगायत शिक्षक संगठनका पदाधिकारीहरुसहितको टोलीले नगर प्रमुख मेगाहाङ थोप्रालाई ध्यानाकर्षण पत्र बुझाएको हो । शिवसताक्षी नगरपालिकाका सामुदायिक विद्यालयमा देखिएका विभिन्न समस्याहरूको समाधान गरी शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विभिन्न समयमा नेपाल राष्ट्रिय शिक्षक संगठन शिवसताक्षीले विगतमा पनि पटकपटक आवाज उठाउँदै र सहकार्य गर्दै आएको नेपाल राष्ट्रिय शिक्षक संगठन…
बिर्तामोड, ३० कात्तिक । निर्माणधिन बुट्टाबारी(प्याकुरेल चोक सडक खण्डको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अनुगमन गर्नु भएको छ । वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिना, शहरी विकास मन्त्रालयका प्रतिनिधि र नगरपालिकाका ईन्जिनियर सहितको टोलीले आज अनुगमन गरेको हो । विश्व बैंकको ५८ करोड ५४ लाख ३१ हजार दुई सय चौध रुपैयाँ लगानीमा ६।२५ किलोमिटर सडक स्तरोन्नतीको काम धमाधम भईरहेको छ । सडकको हालसम्म ३९ प्रतिशत भौतिक प्रगति भएको जनाईएको छ । निर्माण व्यवसायी मनोज उप्रेतीले समयमै काम सम्पन्न गर्ने गरी धमाधम काम भईरहेको बताउनु भयो…