
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ मंसिर । सरकारले देशभरका १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा रहेको सीमित स्रोत, साधन, जनशक्ति र पूर्वाधार बीच असीमित सेवा दिने सङ्कल्प लिएर देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाउने कार्य अन्तर्गत १४ वर्ष मुनिका १६ लाख बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा प्रारम्भ भएको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको सहयोग र अन्य निकायहरूको समन्वयमा नपुग स्रोत नेपाल सरकारले व्यवस्था गर्ने गरी सो सेवा सुरु भएको मन्त्री पौडेलले बताउनुभयो ।…
इलाम, ५ मंसिर । इलामको माईजोगमाई–१ लप्सीबोटेमा ट्रयाक्टर दुर्घटनामा परी तीन जना घाइते भएका छन्। तीमध्ये एकजनाको अवस्था गम्भीर छ । आज दिउँसो १.३० बजे माईजोगमाई –१ लप्सीबोटेस्थित नयाँबजार–फिक्कल पक्की सडकखण्डमा नयाँबजारबाट गुप्तीतर्फ आउँदै गरेको प्र–१–०१–००१ त ९९५२ नं. को ट्रयाक्टर आफै अनियन्त्रित भई पछाडीको डाला पल्टिई दुर्घटना भएको हो । ट्रयाक्टरको डालामा सवार व्यक्तिहरु घाइते भएका हुन् । दुर्घटनामा माईजोगमाई –३ नाम्सालिङ बस्ने अन्दाजी ४० वर्षीय गिरिराज श्रेष्ठ (टाउको, दाहिने हातको पाता र हत्केलामा चोट, अवस्था मध्यम), सोही ठाउँ बस्ने अन्दाजी ३६ वर्षीय योगेन्द्र पाठक (टाउको र अनुहारमा सामान्य चोट, अवस्था सामान्य) र अन्दाजी ३० वर्षीय रबिन काफ्ले (…
झापा, ५ मंसिर । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो चौमासिक अवधिमा करिब रु ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ प्रतिशत नाघेको हो । “चालु आवको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा कात्तिक मसान्तसम्ममा रु ८३ अर्ब ९५ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण रु २५ खर्ब १८ अर्ब पाँच करोड पुगेको छ”, कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, “जुन कुल जिडिपीको ४४ दशमलव १४ प्रतिशत हुन आउँछ ।” विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण गत…
झापा, ५ मंसिर । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । काठमाडौँ जिल्ला अदालतले प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । प्रसाईँले प्रधानमन्त्री केपी ओलीविरुद्ध सामाजिक सञ्जालमा दुष्प्रचार गरेका थिए । हिजो पक्राउ परेका प्रसाईँमाथि साइबर क्राइम, कीर्ते र मानहानि लगायतको मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
सुनसरी, ५ मंसिर । सुनसरीको विभिन्न स्थानबाट प्रतिवन्धित लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीको संयुक्त प्रहरी टोलीले मंसिर ५ गते सुनसरी कोशी गाउँपालिका–१ छोटी भन्सार कार्यालय अगाडीबाट भोक्राहा नरसिंह गाउँपलालिका–२ का १९ बर्षीय साजन सदालाई १ ग्राम ९० मिलिग्राम लागुऔषध ब्राउनसुगर, सुनसरी बराहक्षेत्र नगरपालिका–९ का २२ बर्षीय शिव चन्द्रवंशी र २० बर्षीय अभिशेक चन्द्रवंशीलाई २ ग्राम लागुऔषध ब्राउनसुगर, भारतबाट नेपाल तर्फ को १४ प १९१७ नम्बरको मोटरसाईकलमा आउँदै गरेका भोक्राहा नरसिंह–५ का १९ बर्षीय नजाम मन्सुरीलाई ८३ मिलिग्राम लागुऔषध ब्राउनसुगर र प्रदेश १–०१–०१३ प ७६१५ नम्बरको मोटरसाईकलमा…
झापा, ५ मंसिर । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा तथा बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा रहेकामा आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । मङ्गलबार युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण भएकामा आजका लागि…
रोसन काफ्लेइलाम, ५ मंसिर । इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रुपमा लाग्दै आएको बालाचर्तुदशी मेला यो बर्ष पनि लाग्ने भएको छ । आगमी मंसिर ९ गते देखि मेला लाग्ने भएको हो । गाउँपालिकाको आयोजना र मेला व्यवस्थापन समितिको व्यवस्थापनमा बर्षेनी धार्मीक रुपमा लाग्दै आएको बालाचर्तुदशी मेला यो बर्ष पनि लाग्ने आयोजक समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । बालाचतुर्दशीको दिन नयाँबजारमा अवस्थित शिवालय धाम , २०११ सालमा नयाँबजार बसाउन महत्त्वपूर्ण योगदान दिने सन्त श्री बालागुरुको प्रतिमाको दर्शन , उत्तरे पोखरिको दर्शन , आफ्ना पित्रीहरुको सम्झनामा सतबिँउ पलबिँउ छर्ने साथै भाकल पूरा गर्ने दर्शनार्थीहरुको बिहानै देखि भिड लाग्ने…
झापा, ५ मंसिर । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा…
सरोज भट्टराईशिवसताक्षी, ५ मंसिर । झापाको पर्यटकीय स्थल दोमुखामा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाएको छ । शिवसताक्षी नगरपालिका वडा न.१० पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोर्ट तथा स्वीमिङ पुल जाने सडकमा पार्केटिङ्ग ब्लक लगाएर चिटिक्क पारेको हो । नगरले आन्तरिक तथा बाहिय पर्यटकका लागि सडक विस्तारलाई तिब्रता दिएको छ । दोमुखा सडकको प्रवेशद्वार माइधरमा नयाँ गेट निर्माण गरिएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए । उनले दोमुखा जाने प्रमुखद्वारदेखि नै सुधार गर्दैै लगेको जानकारी दिए । गेट, सडक र हाल दोमुखा दक्षिण व्यवसायिकहरु होटल र पिकनिक स्थिल हुँदै स्वीमिङ्ग पुलसम्म जाने सडक निर्माण भइसकेको छ । उनले भने, दोमुखालाई प्राकृतिकरुपमा सुन्दर…
झापा, ५ मंसिर । भद्रपुरस्थित प्रादेशिक अस्पतालको हाड–जोर्नी विभागमा कार्यरत मेडिकल अफिसर अनिल यादवले उनीकहाँ स्वास्थ्य जाँच गराउन पुगेका सबैजसो बिरामीलाई पूरक आहारजन्य औषधि (फूड–सप्लिमेन्ट) किन्नै पनेर् बाध्यतामा पार्ने गरेका छन् । उनले गदैर् आएको त्यस्तो सिफारिश प्रायशः बिरामीलाई आवश्यक नै नपर्ने चिकित्सकहरू नै बताउने गर्दछन् । डा.यादवले आफूकहाँ पुग्ने जोकोहीलाई त्यस्तो (फोटोमा देखाइए झैं वा अरु कम्पनीका पनि) फूड–सप्लिमेन्ट किन्न बाध्य पार्ने गरेपछि बिरामीले त्यस बारेमा सोही अर्थो. विभागका सिनियर डाक्टरसँग जिज्ञासा राख्दा त्यस्तो फूड–सप्लिमेन्ट सबै बिरामीलाई आवश्यक नपर्ने जानकारी पाएको पीडित एक बिरामीले बताएका हुन् । फूड–सप्लिमेन्ट किन्नै पर्नेगरी महिनौं अघिदेखि प्रिस्क्रिाइब गर्दै आएका डा.यादवको कमाउकान्ते शैलीलाई लिएर…