
झापा, ५ मंसिर । भद्रपुरस्थित प्रादेशिक अस्पतालको हाड–जोर्नी विभागमा कार्यरत मेडिकल अफिसर अनिल यादवले उनीकहाँ स्वास्थ्य जाँच गराउन पुगेका सबैजसो बिरामीलाई पूरक आहारजन्य औषधि (फूड–सप्लिमेन्ट) किन्नै पनेर् बाध्यतामा पार्ने गरेका छन् । उनले गदैर् आएको त्यस्तो सिफारिश प्रायशः बिरामीलाई आवश्यक नै नपर्ने चिकित्सकहरू नै बताउने गर्दछन् ।
डा.यादवले आफूकहाँ पुग्ने जोकोहीलाई त्यस्तो (फोटोमा देखाइए झैं वा अरु कम्पनीका पनि) फूड–सप्लिमेन्ट किन्न बाध्य पार्ने गरेपछि बिरामीले त्यस बारेमा सोही अर्थो. विभागका सिनियर डाक्टरसँग जिज्ञासा राख्दा त्यस्तो फूड–सप्लिमेन्ट सबै बिरामीलाई आवश्यक नपर्ने जानकारी पाएको पीडित एक बिरामीले बताएका हुन् ।
फूड–सप्लिमेन्ट किन्नै पर्नेगरी महिनौं अघिदेखि प्रिस्क्रिाइब गर्दै आएका डा.यादवको कमाउकान्ते शैलीलाई लिएर धेरैले केही साता अघि अस्पतालका मेडिकल सुपरिंटेन्डेन्ट डा. रामबाबु खड्का समक्ष शिकायत गरेपछि निज यादवले केही दिन त्यस्तो फूड–सप्लिमेन्ट प्रिस्क्राइब गर्न छोडे पनि अहिले फेरि ‘अरुले भनेको को मान्छ, आफ्नो बानी को छोड्छ ?’ भन्ने आहान चरितार्थ गरिरहेको पाइएको हो ।
उनले जहिल्यै र जोसुकैलाई (आवश्यक नभएका बिरामीहरूलाई समेत) त्यस्तो फूड–सप्लिमेन्ट किन्नै पर्ने, किनेपछि ल्याएर बट्टा आफूलाई देखाउन, कुन फार्मेसीबाट किनेको भनेर सोध्ने समेत गरेको र कसै–कसै अर्थात् सोझासाझालाई त ती डाक्टरले २ वटासम्म पनि फूड–सप्लिमेन्ट भिडाउने गरेको मारमा परेका एक सेवाग्राहीले बताए ।
त्यस्तो फूड–सप्लिमेन्ट एउटा बट्टाको मूल्य करीब एक हजार रुपैयाँ हाराहारी पनेर् फामेर्सीले जनाएको छ । सरकारी अस्पतालको ड्युटी समयमै ती डा.यादवले महिनौं अघिदेखि त्यस्तो अवैधानिक कमाउ धन्दा चालू राखेको बारे अस्पताल प्रशासनमा निकैै शिकायत पुगेपछि उनलाई अनावश्यक त्यस्तो काम तुरुन्त रोक्न चेतावनी पनि दिइसकेको अस्पताल स्रोतले जनाएको छ । तर, अझै पनि चिकित्सा जस्तो मानवीय सेवामूलक पेशामा रहेका ती चिकित्सकको त्यस्तो बनियाँ व्यवहार नरोकिनुको अन्तर्य के हो ? ती डाक्टर किन अटेरी बनेका हुन् र तिनले कसको आडमा त्यस्तो कुकर्म चालू राखिरहेका हुन् भन्ने सोधिखोजी हुन थालेको छ ।
सरकारी अस्पताललाई फर्जी काम गरेर कमाउने अड्डा बनाइरहँदा अब अस्पताल प्रशासनसँगै अस्पताल विकास समिति र स्थानीय नगरपालिकाको पनि गम्भीर ध्यानाकर्षण जरुरी भएको ठानिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



