झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पाँचथर, १२ असोज । पाँचथरको दुई स्थानमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन । अरिवल बर्षातको कारण असोज १२ गते बिहान पाँचथरको फिदिम नगरपालिका-१ साँगेबोट स्थितमा रहेको राज कुमार नेम्वाङको घर पहिरोले बगाउँदा उक्त घरमा डेरा लिई बस्दै आएका फुरुङ्गा हाईड्रो पावरका कर्मचारी फिदिम नगरपालिका-१ का ५० बर्षीय गोपी बिश्वकर्मालाई पहिरोले किच्दा घटना स्थलमा नै मृत्यु भएको थियो भने हाईड्रोपावरकै कर्मचारी फिदिम-१ का ५१ बर्षीय कृष्ण दास र उनको श्रीमती ४२ बर्षीय कमला दाश, फिदिम-१ का ५५ बर्षीय धन कुमार तुम्वापो र फिदिम-१ की २१ बर्षीय सरस्वता तुम्वापो पहिरोमा परी बेपत्ता भएका छन ।…

Read More

झापा, ११ असोज । सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको संस्थाले मंगलबार (आज) बाह्रदशी–५ स्थित फुलबारीको कभर्ड हलमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तदेबी शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाकी उपाध्यक्ष रञ्जु प्याकुरेल बरालले गरेको कार्यक्रमको सञ्चालन सचिव कमल पराजुलीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, बिशिष्ठ अतिथि बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, बाह्रदशी–५ का वडाध्यक्ष वीरबहादुरसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोड नगर सहकारी अधिकृत तथा सहकारी…

Read More

अर्जुनधारा, ११ असोज । झापाको बिर्तामोड–४ स्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभाको सन्दर्भमा विभिन्न सेवाकेन्द्रमा इकाइगत साधारण सभा शुरु भएको छ । गत असोज ९ गते धुलाबारी सेवाकेन्द्रबाट शुरु भएको इकाइगत साधारण सभा अन्र्तगत शुक्रबार शनिश्चरे सेवाकेन्द्रमा सभा सम्पन्न भएको छ । अर्जुनधारा–७स्थित सामुहिक उद्धार तथा उपकार संघको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षतामा आयोजित उक्त सभाको सल्लाहकार समितिकी संयोजक सावित्राकुमारी लिम्बूले उद्घाटन गरेकी थिइन् । सभामा अध्यक्ष न्यौपानेले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी तीन करोड…

Read More

बुधबारे, ११ असोज । बुद्धशान्ति प्रेस क्लब झापाले आयोजना गर्ने झापा मिडिया कप २०८१ को मुख्य प्रायोजक बुद्धशान्ति गाउँपालिका वडा नं -१ रहने भएको छ । शुक्रबार वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले र बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले हस्ताक्षर गर्दै सम्झौता गरेका हुन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै वडा अध्यक्ष वाग्लेले झापाली सञ्चारकर्मीहरु एउटै मैदानमा खेलका लागि उतार्न पाउँदा खुसी भएको बताए । उनले खेल सफलताको शुभकामना व्यक्त गर्दै सञ्चारकर्मी सञ्चार कर्ममा मात्रै रहीरहँदा तनाब, थकान भइरहेको अवस्थामा दुई दिनको छोटो खेलले केही भएपनि मनोरञ्जन प्रदान गर्नेमा विश्वास व्यक्त गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर पश्चात…

Read More

इलाम, ११ असोज । इलामको माई नगरपालिका-८ स्थित सेते खोलाले बगाउदा वर्ष ६८ का मैत बहादुर लिम्बुको मृत्यु भएको छ । खोलाले बगाउँदा घाइते भएका लिम्बुको प्रादेशिक अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शुक्रबार बिहान साँढे ११ बजे खोला तर्ने क्रममा खोलाले बगाइरहेको अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरि लिम्बुलाई उपचारको लागि स्थानीय माई नगर अस्पताल दानाबारी तर्फ पठाएका थिए । लिम्बुको थप उपचारको लागि झापा लगिएको थियो ।

Read More

झापा, ११ असोज । झापा लगायत कोशी प्रदेशमा तीन दिनदेखिको जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । भारी वर्षाका कारण प्रदेशका कतिपय स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका छन् । निजी विद्यालयको छाता सङ्गठन प्याब्सन, एन प्याब्सनले पनि विद्यालय बन्द गराएका छन् । अविरल वर्षाका कारण इलाम, पाँचथर, ताप्लेजुङ लगायतका हिमाली तथा पहाडी जिल्लाका सडकहरू अवरुद्ध बनेका छन् । कतै कतै सडक भत्किएका कारण यातायातका साधन चल्न सकेका छैनन् । कोशी प्रदेशअन्तर्गत तराईका झापा, मोरङ र सुनसरीको जनजीवन पनि निकै प्रभावित बनेको छ । पूर्वपश्चिम राजमार्गमा अविरल वर्षाका कारण यातायातका साधन खासै चल्न सकेका छैनन्…

Read More

झापा, ११ असोज । झापाका दुई भिन्न स्थानमा खोलाले बगाउँदा बालिकासहित दुई जना बेपत्ता भएका छन् । आज दिउँसो कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेको सोही स्थानका पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिका राजवंशीलाई जमुवा खोलाको कज्वेबाट खोलाले बगाएको हो । प्रहरी चौकी घेराबारीको प्रहरी र सप्रबल नेपालको टोलीले उनको खोजी कार्य तीव्र बनाएको छ । यसैबीच, आज झापा कमल गाउँपालिका–१ का ३५ वर्षीय टिकाराम चौधरीलाई स्थानीय किश्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका छन् । स्थानीयबासीले इलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी टोली खटिएको छ । उनको खोजी कार्य तीव्र…

Read More

झापा, ११ असोज । यस्तो छ एसएमएसअसोज ११, बिहान ९ः३० बजेपछिल्लो ३ घण्टामा झापा जिल्लाको गौरादह, चन्द्रगढी,केचना, अनरमनी बिरता, इलाम जिल्लाको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको, सो क्षेत्र भइ बहने कन्काई, मेची, विरिङ, निन्दा र अन्य स–साना खोलाहरुमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुवानको जोखिम रहेकोले सतर्कता अपनाइराखौँ ।जल तथा मौ.वि.वि.

Read More

सन्तोष शर्माझापा, ११ असोज । झापाको अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूती सेवा लिनेको संख्या दोब्बर बृद्धि भएको छ । नगर अस्पतालमा आमा सुरक्षाका कार्यक्रमसँगै शल्यक्रियासहितको प्रसूति सेवा शुरु भएपछि यहाँ प्रसूती सेवा लिनेको संख्या दोब्बर बृद्धि भएको हो । नगर अस्पतालमा चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्म ७६ जनाले प्रसूती सेवा लिएको अस्पतालका अभिलेख शाखा प्रमुख किरणकुमार खरेल जानकारी दिनुभयो । गत आव २०८०/०८१ मा ८३ जनाले सेवा लिएका थिए । आमा सुरक्षा कार्यक्रम अन्तरगत नमूना कार्यक्रम अन्तरगत संघीय सरकारबाट आवश्यक अत्याधुनिक उपकरण प्राप्त भएपछि प्रसूती गराउने आउने संख्या उल्लेख्य बृद्धि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. योगेश चेम्जोङले बताउनुभयो ।…

Read More

झापा, ११ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्ने भएका छन् । शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने संवाद सचिव डा। फणीराज पाठकले जानकारी दिए । त्यस क्रममा उनले भुटानका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

Read More