
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, ३१ भदौ । मोरङको विराटनगर महानगरपालिका–१४ स्थितमा सवारी दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । हिजो राति साढे १० बजे कोशी लोकमार्गमा प्रदेश १–०२–०४४ प ८०८५ नम्बरको मोटरसाइल सडक साइडमा रहेको ग्ए घट ए द्दडढज्ञ नम्बरको ट्रकमा ठक्कर लाग्दा घाइते भएका मोटरसाइकल चालक विराटनगर–१५ का १८ वर्षीय राजिव मण्डल र मोटरसाइकल पछाडि सवार रहेका विराटनगर–१० का २५ वर्षीय कृष्ण मण्डलाई घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि बिराट नर्सिङहोम बिराटनगर लगिएकोमा उपचारको क्रममा कृष्ण मण्डलको मृत्यु भएको हो । उक्त ट्रक र चालक भारत उत्तर प्रदेशका मक्सुद आलमलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई घटना…
झापा, ३१ भदौ । झापा र मोरङबाट प्रतिवन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ३० गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ताप्लेजुङ श्रीजंघा गाँउपालिका-२ का २७ बर्षीय बिशाल लिम्बुलाई १ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले बिराटनगर-१५ स्थितबाट मोरङ कानेपोखरीका २१ बर्षीय राहुल चौधरीलाई Nitrazepam Tablet २०० चक्की सहित पक्राउ गरेको छ ।
धनकुटा, ३१ भदौ । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कमुवा खोला स्थितबाट चोरीको चारवटा मोटरसाइकलसहित चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी–३ का २३ वर्षीय सबिन याख्खा, ३४ वर्षीय सन्तकुमार श्रेष्ठ, २४ वर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका–४ का १८ वर्षीय आयुस विश्वकर्मा रहेका छन् । भाद्र ३० गते सुनसरीको इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाट धनकुटाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोटरसाइकल चोरीमा संलग्न रहेका उनीहरुलाई विभिन्न मितिमा चोरी भएको को २६ प ८३७३, बा ६७ प २४१७ नम्बरको पल्सर मोटरसाइकल र को २८ प ७४७१, को १७ प ९७१८ नम्बरको स्कुटर…
झापा, ३१ भदौ । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थितमा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भई करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । हिजो बिहान सवा ९ बजे गौरीगञ्ज–२ का ३३ वर्षीय महेश राजवंशीले आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सर्ट भई करेन्ट लाग्दा घाइते भएका राजवंशीलाई तत्काल उपचारको लागी लाइफलाइन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्याटउना साथ उनको मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, ३१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारबाट बाहिरिँदा अझ आत्मविश्वास बढेको बताउनुभएको छ । माओवादी केन्द्र झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नुहुँदै निवर्तमान प्रधानमन्त्री दाहालले सरकारबाट बाहिरिँदा अझ आत्मविश्वास बढेको बताउनुभयो । “सुशासन र सामाजिक न्यायको पक्षमा काम गर्दा सरकारबाट बाहिरिनुपर्यो”, उहाँले भन्नुभयो, “जसले गर्दा पार्टीप्रति जनताको विश्वास बढेको छ, अरु सरकारबाट बाहिरिँदा निशास–हतास हुन्छन्, हामी जनताको विश्वास लिएर बाहिरिएका छौं ।” पार्टी पुननिर्माणका लागि अभियानमा नयाँ संकल्पका साथ अघि बढेको अध्यक्ष प्रचण्डको भनाइ छ । पूर्वमा आउँदा पार्टीप्रति जनविश्वास बढ्दै गएको पाएको खुसी व्यक्त गर्दै उहाँले…
झापा, ३१ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बंगाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। आज देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा अत्यधिक वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका पूर्वी भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय…
झापा, ३१ भदौ । उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जङ्गलमा मृत फेला परेका छन् । त्रियुगा नगरपालिका–४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा–११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागाईंका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए । राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
भद्रपुर, ३१ भदौ । अस्पतालमा उपचाररत रहेका झापाका एक कैदीबन्दी फरार भएका छन् । भद्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय जीवन साह अस्पतालबाटै फरार भएका हुन् । साहलाई झापा जिल्ला अदालतले १६ वर्षीया बालिकालाई जबरजस्ती करणी मुद्दाको आरोपमा पुर्पक्षका लागि भदौ ५ गते झापा कारागारमा चलान गरेको थियो । साह ओमसाई पाथीभरा अस्पताल भद्रपुरबाट आइतबार बिहान ३ बजेर ३७ मिनेटमा फरार भएको अस्पतालको सिसी टिभी क्यामराको फुटेजमा देखिन्छ । साहलाई उनीकी श्रीमतीले स्कुटर चढाएर भगाएको क्यामराको फुटेजमा प्रष्ट देख्न सकिन्छ । निमोनिया भएपछि साहलाई भदौ २५ गते बिहान मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि ओमसाई पाथीभरा…
भद्रपुर, ३१ भदौ । पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भद्रपुरस्थित विमानस्थलमा आइतबार जम्काभेट भएको छ । केही दिन अघिदेखि झापामा रहेका पूर्वराजा शाह काठमाडौं फर्कने क्रममा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित सभालाई सम्बोधन गरेर फर्कने क्रममा विमानस्थलमा भेट भएको हो । पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहाल बुद्ध एयरको दिउँसो ४ः२५ बजेको बुद्ध एयरको विमानबाट काठमाडौ फर्किन लागेका थिए । बुद्ध एयरको सेकेन्ड लास्टको ९६० विमान डिले भएर साँझ ६ः३० बजे मात्र चन्द्रगढी विमानस्थल आइपुगेको थियो । त्यस्तै, पूर्व राजा शाह बुद्ध एयरकै अन्तिम विमान ९ः२…
झापा, ३१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हत्यारा भनेको आरोपमा प्रहरीले चार जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१० धुलाबारीका २७ वर्षीय सोना गेलालसहित चार जना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चन्द्रगढी विमानस्थल हुँदै पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै काठमाडौं पर्कन लाग्नु भएको थियो । तर, खराब मौसमका कारण जहाज उड्न नसकेपछि पूर्वराजाका समर्थकले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको विरुद्ध चन्द्रगढी विमानस्थल बाहिर नाराबाजी गरेका थिए । सो क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।