झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ मंसिर । काठमाडौँका विभिन्न क्षेत्रमा आज तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको हो । काठमाडौँका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नरबहादुर राई, टोखा नगरपालिका–१० खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसल अगाडि मृत फेला परेका छन् । यसैगरी, दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको जङ्गलको पानी ट्याङ्की नजिक खोल्सामा आज बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्षीय ती पुरुषको पहिचान…

Read More

द्रोण अधिकारीभद्रपुर, ८ कात्तिक । झापा सदरमुकाम चन्द्रगढी स्थित ऐतिहासिक स्थल चन्द्रगढको पुरातात्विक महत्वको बारेमा अध्ययन अनुसन्धान हुन नसक्दा पहिचान गुमाउने अवस्था सिर्जना हुँदै गइरहेको छ । २ हजार वर्ष पुरानो मौर्यकालिन सभ्यतासित गाँसिएको भनिएको यस क्षेत्रको प्राचीनता बारे अध्ययन गर्न सरकारले चासो नदिँदा चन्द्रगढको पहिचान छाँयामा पर्दै गएको हो । भद्रपुर–बिर्तामोड रोड देउनिया पुल उत्तरमा रहेको यस क्षेत्रले विर्तामोड र भद्रपुर नगररको सीमासंग जोडिएर आफ्नो अस्तित्व खोजिरहेको छ । यस स्थलको उत्खन्नका लागि तीन तहकै सरकारले चासो नदिँदा आन्तरिक तथा बाह्य पर्यटकको नजर समेत पर्न सकिरहेको छैन । पछिल्लो समय रेखदेखको अभावका कारण ऐतिहासिक पहिचान बोकेको चन्द्रगढ झाडीले छोपिएको…

Read More

झापा, ८ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापा गौरादहस्थित निवासमा राखिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । गौरादह नगरपालिका–३ स्थित निवासमा आज बिहान शङ्कास्पद वस्तु भेटिएको थियो । तत्कालै नेपाली सेनाको टोली कार्की निवास पुगेको थियो । शङ्कास्पद वस्तुलाई अरिदमन गणबाट सह–सेनानी शैलेश मल्लको कमाण्डमा १/८ को नफ्री (BD टिमसहित) ले आज दिउँसो डिस्पोज गरेको हो । उक्त शङ्कास्पद वस्तुभित्र बालुवा, काँटीका टुक्राहरू भेटिएका थिए । विष्फोटक पदार्थ नभेटिएको र उक्त वस्तु होक्स रहेको ती नेपाली सेनाले जनाएको छ

Read More

बिर्तामोड, ८ मंसिर । बिर्तामोड नगरपालिकाले आयोजना गरेको कुकुर बन्ध्याकरण शिविरमा एक सय ७४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरीएको छ । दुई दिन आयोजित शिविरमा नगरका सबै वडाबाट कुकुर संकलन गरीएको थियो । नगरपालिकाले २०७५ सालदेखि हरेक वर्ष नीति तथा कार्यक्रम अनुसारनै सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता शिवाले जनधनको हुनसक्ने क्षतिबाट बच्नको लागि पनि सामुदायिक कुकुर बन्ध्याकरण शिविर उपयुक्त रहेको बताउनु भयो । सामुदायिक कुकुरकाकारण सडक दुर्घटनासमेत बढेको भन्दै उहाँले शिविरले यसको संख्या नियन्त्रणसंगै जोखिम पनि कम हुने बताउनु भयो । यस्तै नगरका वरिष्ठ योजना अधिकृत…

Read More

शिवसताक्षी, ८ मंसिर । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष बाहेक अन्य सबै पदका उम्मेद्वार विजयी भएका छन् । एमाले तर्फका उम्मेद्वार रामध्वज लावती अध्यक्षमा निर्वाचित भएका छन् । उनीे ५२८ मत प्राप्त गरी आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिवद्धन्दी नेपाली कांग्रेसको तर्फका उम्मेद्वार अमृतबहादुर कार्की ३९८ र स्वतन्त्र उम्मेद्वार सन्तोष लामाले ९९ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा पदका नेकपा माओवादी केन्द्रका रविन राई निर्वाचत भएका छन् । उनले ४७७ पद प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी…

Read More

भद्रपुर, ८ मंसिर । झापा सदरमुकाम भद्रपुरमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याइरहेका गायक तथा संगीतकार अर्जुन खरेल दोस्रो गौतम बुद्ध म्युजिक एण्ड फिल्म इन्टरनेशनल अवार्ड २०८१ को उत्कृष्ट पाँचको नोमिनेशनमा परेका छन् । भद्रपुर १० केन्द्रमोड निवासी खरेल एक दशकयता निरन्तर गीत संगीतको क्षेत्रमा कृयाशील रहेका खरेललाई बि.एस.के एक्टिभ प्रोडक्शन प्रालिको आयोजनमा भैरहेको दोस्रो गौतम बुद्ध म्युजिक एण्ड फिल्म इन्टरनेशनल अवार्ड २०८१ को उत्कृष्ट पाँच नोमिनेशनको नतिजा अनुसार पूर्वेली मौलिक गीत गायकका रूपमा सार्वजनिक गरिएको हो । उत्कृष्ट पूर्वेली मौलिक गीत गायकका रूपमा खरेललाई – दुई चुल्ठी केश गीतका आधारमा छनौट गरिएको जनाइएको छ । उनले आधुनिक, लोक…

Read More

झापा, ७ मंसिर । नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ । हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ । ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि…

Read More

झापा, ७ मंसिर । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेट, कुवेती दिनार, बहराइन दिनारको मूल्य बढेको छ । युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । यस्तै, युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७…

Read More

झापा, ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएको छ । स्रोत बिना अवैध सम्पत्ति आर्जन गरेको सूचनाको आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु भएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए । उनले भने, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी पनि अनुसन्धान गर्दैछौँ ।’ अहिले उनलाई सीआईबी मातहतको केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबारबारे अनुसन्धान गरिरहेको छ । सीआईबीले उनीविरुद्ध थप ४ वटा कसुरमा अनुसन्धान थालेको छ । प्रधानमन्त्री केपी शर्मा…

Read More

झापा, ७ मंसिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्न चापीय प्रणाली अवस्थित रहेको देखिन्छ । हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी…

Read More